https://twitter.com/Chirvir

Tweet me @chirvir







Tuesday, June 2, 2015

दूतावास चुकेकै हो त?

गत सालको डिसेम्बर महिनातिर हुनुपर्छ म सच्चिएर आएको पासपोर्ट लिन दूतावास पुगेको थिएँ | एमआरपीको महत्व बुझेर समयमै आवेदन हालेको थिएँ | पहिलो पटक गलत जन्म मितिकासाथ हाजिर भएको पासपोर्टलाइ फेरी सच्याउन पठाइएको थियो | त्यो बिचमा देश बाहिर जान अस्थायी पासपोर्टकोलागी थप पैसा तिर्नु परेको थियो | जेहोस पासपोर्ट आएको खवर पाएपछि म दूतावास गएको बेलामा त्यहाँका अधिकारी मित्र जितबहादुर कार्कीले मलाई सोध्नु भएको थियो " एमआरपीको चाप बढ्दो छ, परे हामीलाई सहयोग गर्नुहुन्छ?" मैले केहि नसोची लगत्तै जवाफ दिएँ "अवश्य" | र त्यसको केहि पछि दूतावासलाइ परे हामी सबै सहयोग गर्न तयार हुनुपर्छ भनेर एउटा लेखपनि लेखें | तर कार्कीजीबाट या दूतावासको तर्फबाट मैले व्यक्तिगत रुपमा सहयोगको अनुरोध सुनिन | किनभने सँस्थागत रुपमा एनआरएनको तर्फबाट सहयोग मिलेको थाहा भयो | हो यहि विषय नै यस लेखको रचना गर्भ हो |

एमआरपी बनाउने कार्यमा दूतावासको कार्य चापलाइ कम गर्नकोलागी एनआरएनको तर्फबाट महिनाको १५ शय डलर उपलव्ध गराउने सहमति भएको रहेछ | एक व्यक्तिलाइ भर्ति गरेर सो उपलब्ध रकम तलबको रुपमा उपलब्ध गर्ने गराउने दूतावास र एनआरएन अमेरिका सहमत भएको रहेछ | हालसालै एनआरएन अमेरिकाबाट कार्यकाल सकिएका लोकनाथ तिवारीका अनुसार यो निर्णय शायद मार्च महिनातिरको हुनुपर्छ | तर हालसम्म दूतावासले यसतर्फ पाईला नचालेको गुनासो लोक तिवारीले यस लेखकसँग गरे | म आश्चर्यमा पर्नु स्वभाविक हो | लोक भलाईकोलागी आएको यस्तो सहयोगमा दूतावासले यथाशिघ्र पाईला चाल्नुपर्थ्यो | या कुनै बाधा व्यवधान भए सोहि अनुसार जानकारी दिइनु पर्थ्यो भन्ने मलाई लाग्यो | यसकोलागी मैले दूतावासका परिचयमा रहनु भएका मित्र नारायण मैनालीसँग फोनमा सम्पर्क गरेर चासो राख्दा वहाँले सो बारेमा कुराकानी भएको स्विकार्दै 'स्थानाभावको कारणले बरु स्थानीय समुदायहरु सप्ताहन्तमा आएर सहयोग गरे बढि प्रभावकारी हुने देखेको' कुरा भन्नु भयो | त्यसकारण दूतावासबाट सहयोगकोलागी आव्हान भएको खण्डमा हामी तत्पर रहनु पर्छ भन्ने सुझाव वासिंगटन डिसी क्षेत्रमा बस्ने नेपालीहरुलाई दिन चाहन्छु |

तर कारण जे जस्तो भएपनि कामको चापलाई सकेसम्म छिटो छरितो ढंगले कम गरे दूतावासको कार्य क्षमता देखिईन्थ्यो भन्ने यस पंक्तिकारको सोचाई रहेको छ | यस मामिलामा दूतावास चुकेको भन्दै यस क्षेत्रका बुद्धिजीवीहरुले यो पंक्तिकारसँग गुनासो गरेका छन् |

त्यसैगरी नेपालमा महा भूकम्प गएको एक हप्तासम्मपनि दूतावासकोतर्फबाट कुनै सार्वजनिक सूचना या विज्ञप्ति या शोक संदेश जारी गर्न नसक्नुलेपनि अमेरिकावासीहरु आश्चर्य भएका छन् | के र कुन कारणले अमेरिका बस्ने नेपालीहरुको अभिभावकत्व दूतावासले पुरा गर्न सकेन भन्ने खुल्दुली सबै नेपालीलाइ लागेको छ | नेपालमा आफन्त या नातेदारहरुको व्यग्र चिन्ता लिएर बसेका अमेरिकावासी नेपालीहरुले समयमा या आपत पर्दा दूतावासले गहन र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न नसकेको गुनासो गरेको सुनियो |

यसैगरी अमेरिकाको संसदमा नेपालको भूकम्प र यसबारे नेपाललाइ गरिने र गर्नुपर्ने सहयोगको सुनुवाइमा दूतावासको प्रतिनिधि नहुनुलेपनि नकारात्मक प्रचार गर्न सहयोग पुर्यायो | जुन देशकोलागी कसैले सहयोगकोलागी छलफल या चर्चा चलाई रहेको छ त्यस छलफलमा त्यस देशको प्रतिनिधिको उपस्थिति नहुनुको अर्थ हुन्छ त्यस छलफलप्रति देखाएको उदासीनता | यस्तै अर्थ लगाएका छन् यस क्षेत्रका केहि वुद्धिजिविहरु | सो सुनुवाइको लिंक यहाँ छ : http://foreignaffairs.house.gov/hearing/subcommittee-hearing-everest-trembled-lessons-learned-nepal-earthquake-response

महाभूकम्पपछि भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीबाट ५७ जना उद्धारकर्ताहरु लगायत उद्धार र राहतका सामानहरु लिएर नेपाल गई एक हप्ता राहत कार्य सम्पन्न गरि फर्किएकालाइ स्वागत गर्ने समयमापनि दूतावासको कुनै प्रतिनिधि उपस्थित नभएको गुनासो सुनियो | तर त्यसो भन्दैमा दूतावासको प्रतिनिधि जहाँ पायो त्यहाँ पुग्ने/जाने भन्ने पनि हुँदैन | औपचारिक निम्ता र जानकारी बिना अधिकारिक रुपमा दूतावासका प्रतिनिधि पुग्नु अशोभनीय र अमर्यादित नै हुन्छ | तर त्यस कार्यक्रममा दूतावासको प्रतिनिधिको खोजि भएको थियो भन्ने जानकारी यस लेखकले पाएको थियो | दूतावासलाई औपचारिक जानकारी काउन्टीको तर्फबाट दिइएको भए पक्कै कोहि प्रतिनिधि त्यस अवसरमा पुग्ने थियो भन्ने यस लेखकको विश्वास छ | अपितु स्थानीय नेपली जनसमुदाय स्वस्फुर्त रुपमा नेपालको झण्डा लिएर तिनलाई स्वागत गर्न एका बिहानै पुगेका थिए | यत्रो जनसमुदायका विच फर्किएका ति उद्धारकर्ताहरुले दूतावासको प्रतिनिधि खोज्नु स्वभाविक थियो |

दूतावासप्रति व्यक्त गरिएको धारणा कुनै व्यक्तिगत नभई सँस्थागत कमि कमजोरीप्रति चर्चा चलाउन खोजेको हुँ | दूतावासका लगभग सबैसंग मेरो व्यक्तिगत चिनाजान र सम्बन्ध रहेको छ | त्यसकारण कसैबाटपनि यस टिप्पणीलाई व्यक्तिगत रुपमा लिइने छैन भन्ने बिश्वास गरेको छु |

सरकारको विकल्प छैन |

वैशाख १२ को भूकम्पपछि दुई सयभन्दा बढि पराकम्पनले नेपालीहरुलाई नराम्रोसँग हल्लाएको छ। भौतिक नोक्सानको वैकल्पिक उपाय छन् र त्यसकारण आज नभए भोलि क्षतिपूर्ति होला। तर मानसिक रोगको निदान कहिल्यै हुने छैन र यसलाई आर्थिक मापदण्डमा राखेर जोख्नपनि सकिन्न। सबैभन्दा अपुरणीय क्षति नै यहि हो।
 
भूकम्पको मापन अनि यसबाट भएको क्षति सुनेर उद्धार तथा सहयोगका लागि विश्व नै एक भएको छ। कुनाकुनाबाट विद्यार्थी लगायत ठूलाठूला उद्धारक संस्था अनि राष्ट्रहरुले सहयोगका हात बढाएका छन्। सहयोगमात्र होइन स्थानीय स्तरमा नै गएर सहयोग तथा उद्धार गरेका छन्। विश्वका कतिपय ठूला संस्थाहरुले आफ्नो क्षेत्रबाट हुने सहयोग उपलब्ध गराएका छन्। ठूला अमेरिकी टेलिफोन कम्पनी एटि एण्ड टि, भेराईजन, स्पि्रण्ट आदिले एक महिनासम्म निःशुल्क नेपाल फोन गर्ने सुविधा उपलब्ध गरायो। त्यस्तै कैयौँ कम्पनीहरुले आफ्ना कर्मचारीबाट सङ्कलन भएको चन्दामा शतप्रतिशत थप गरेर सदासयता देखाएका छन्। यसो भनौं संसारका सबैले सकसम्म सहयोग जुटाएका छन्। यो क्रम अझै जारी छ।
 
तर अहम् प्रश्न चाहिँ यसरी स्वस्फूर्त रुपमा उठाइएको चन्दाहरुको प्रयोग के र कसरी हुन्छ भन्ने हो। यसरी चन्दा उठाउनेहरुलाई एउटा निश्चित दायराभित्र ल्याउने कुनै प्रक्रिया वा संयन्त्र छैन। त्यसकारण यसको दुरुपयोग नहोला भन्न सकिँदैन। 
 
तर, मानवीय कारण देखाएर उठाइएको चन्दा नेपाल पुगेर सदुपयोग नै हुन्छ भन्ने सकारात्मक सोच राख्नुको विकल्प छैन। त्यसकारण विश्वव्यापी रुपमा नै नेपालको नाममा कसले कति चन्दा उठायो र त्यो कसरी उपयोग गर्याे भन्ने कुरामा कसै न कसैले अनुगमन गर्नैपर्छ भने चन्दादाताहरुलेपनि मैले यति उठाएँ, यसरी प्रयोग गर्छु भनेर अधिकारीहरुलाई सूचना प्रवाह गर्नुपर्दछ र यो सबैको उत्तरदायित्व पनि हो। 
 
त्यसैगरी नेपाल पुगेका यस्ता सहयोगहरु के कतिको रकममा र कसरी, कहाँ, क–कसले पायो भन्ने कुराको सूचनाको अभावमा भोलिका योजना बनाउन तथा कार्यान्वयन गर्न सकिन्न र सूचनाको अभावमा त्यसलाई पारदर्शी मान्न सकिँदैन। 
 
राहत कसले कसरी पायो भन्ने स्पष्ट आँकडा राख्न सरकारी संयन्त्रबाहेक अरु कुनै उपाय छैन। सरकारी संयन्त्रलाई एउटा सोलीको रुपमा लिन सकिन्छ। एउटा सिसीमा कुनै तरल पदार्थ राख्नुपर्यो भने बिना सोलीको तरल पदार्थ आधा पोखिएर नोक्सान हुन्छ। तर सोली भए खेर जाँदैन। अर्काे कुरा यसरी आ–आफ्नो ढङ्गबाट गरिएको या निर्माण गरिएको सहयोग यदि सरकारको मापदण्ड विपरित रहेछ भने त्यसको नियमन अनुगमन कसले गर्ने? 
 
एकै व्यक्ति या परिवारले दोहोर या तेहोरो पाए नपाएको अभिलेख कसले राख्ने? एकै स्थान सबैलाई प्रिय लागेर सबै चन्दादाता त्यहाँमात्र थुप्रिए भने यस्तो असमान व्यवहार कसले रोक्ने या अनुगमन गर्ने?
 
नेपाल पुगेको विदेशी मुद्रा सटही गर्नपनि सरकारकै शरण आवश्यक छ। सरकारबिना सटही गर्छु भन्न सकिन्न। साथै सरकारलाई यसको पूर्ण विवरण नदिई सुख छैन।
 
भुकम्पपछि घरमाथिको धारणा रातारात परिवर्तन भएको छ। हिजो जुन घरमा गर्व थियो आज त्यसै त्रास छ। मनपरी घर बनाइँदा ज्यादा नोक्सान भएको थाहा भएको छ। अब सरकारले यसप्रति कडा भन्दा कडा नियम तथा भवनसंहित लागु गर्नैपर्छ। व्यावसायीक तथा आवासीय क्षेत्र तोक्नुपर्छ। यस्ता घरहरुमा बस्न सक्ने व्यक्तिको संख्या पनि तोक्नुपर्छ। आपतकालीन ढोका तथा उद्धारको व्यवस्था समेत गर्नैपर्छ। 
 
अहिले जसलेपनि घर बनाइदिने र गाउँ बनाइदिने भन्ने लहर छ, फेसनजस्तो। यसो भनेर त्यस्ता सहयोगी मनहरुको अपमान गर्न खोजेको होइन। तर, सरकारसँग समन्वय गरेर उचित निर्देशनमा घर गाउँ बनाइयोस् मात्र भन्न खोजेको हुँ। कुनै मापदण्डबिना नै जो कसैले जहाँ पायो त्यहाँ घर बनाउने काम गर्न थाले देशमा पक्कै अराजकता फैलिन्छ। त्यसकारण यस्तो अवस्था आउन नदिन सरकारको समयमै चनाखो हुनु आवश्यक छ।
 
कसैले कतै लगेको उद्धार सामाग्रीको सुरक्षापनि सरकारको मुख नताकि अगाडी बढ्न सकिन्न। अर्थात सरकारको उपस्थिति विना कुनै कामपनि गर्न गाहारो हुन्छ। तर अहिले थुपै्र सहयोगीले सरकार बिनाको देशको रुपमा व्यवहार गरेको देख्दा केटाकेटी बुद्धि जस्तो लागेको छ।
 
हो, सरकारप्रतिको यस्तो अविश्वास रातारात बढेको होईन। यो लामो समयदेखि जनताले भोग्दै आएका थिए। विगतमा पटकपटक निराश हुनुपरेको थियो। भ्रष्टाचारको सूचीमा पहिलो बन्ने तरखरमा रहेको देशका नेता र सरकारलाई कसले हतपत पत्याउँछ र? तर, राज्यको प्रवृत्ति आजको भोलि फेरिने होइन। सरकार राज्यलाई जिउँदो र जागृत राख्ने संयन्त्र हो। त्यसकारण आज खराब काम गर्याे भन्दैमा यसलाई तिरष्कार गर्नु केटाकेटीपन बाहेक अरु केहि हुनसक्दैन।
 
कतिपय दाता राष्ट्र्हरुले समेत आफ्नै संयन्त्रमार्फत् सहायता गर्छाै भन्नु सरकारलाई चडकन हान्नु हो। यो सरकारको बेकुफीपन पनि हो। सरकारले यस बारेमा ग्लानी गर्नु पर्छ। त्यसैले जनता र विश्वमा अविश्वासको पात्र बनेको नेपाल सरकारले आफ्नो धमिलो छवि सफा गर्ने मौका पनि यहि हो। अहिलेको अवसरमा सरकारी संयन्त्रलाई चुस्त, पारदर्शी र न्यायिक बनाउनु पर्छ। 
अमेरिकावासी भएको नाताले अमेरिकाको एनआरएनले यहाँबाट हुने सम्पूर्ण सहयोगको एकद्वार बनाओस् भन्ने मेरो अभिलाषा शुरु देखि नै थियो। कनिका छरिएको जस्तो छरिएका चन्दा तथा सहयोग सामग्री अझै अलमलमा परिरहेका छन्। समयमा सदुपयोग हुन सकेन भने त्यसको औचित्य रहँदैन। आफ्नो खर्च, गाँस काटेर दिएको चन्दा र सामग्रीको उचित समयमा उपयोग नभएको थाहा पाउँदा चन्दादाताको मन खल्लो हुन सक्छ। त्यसकारण, एनआरएन यस्ता अलमलमा परेका चन्दा र सामाग्रीहरुको यहाँबाट संकलन तथा नेपालमा वितरणको माध्यम बनोस्।
 
भूकम्पको विनाशपछि अब देश पुननिर्माणमा जानुपर्छ। यो दीर्घकालिन काम हो। भत्किएका सम्पदा लगायत सार्वजनिक सम्पतिको पुनर्स्थापन तथा पुननिर्माणका लागि दक्ष अर्धदक्ष दुवै जनशक्तिको खाँचो पर्छ। त्यसकारण प्रत्येक देशमा रहेका एनआरएनले ती देशबाट निश्चित संख्यामा स्वयंसेवकको समूह बनाएर नेपाल सरकारसँग सहकार्य गरेर नेपालमा खटाउन सकिन्छ। यदि यस्तो व्यवस्था भएमा त्यस स्वयंसेवकका लागि नाम लेखाउने व्यक्ति म नै पहिलो हुन चाहन्छु। यो मेरो देशप्रतिको उत्तरदायित्व र प्रेम दर्शाउने माध्यम हो। 
अन्त्यमा, सरकार भनेको अभिभावक हो। राज्यको नियम कानुन जनताले मान्नै पर्छ र अहिलेको अवस्थामा पनि मान्नैपर्ने हुन्छ। त्यसैगरी नयाँ नेपाल बनाउने उद्देश्य लिएको सरकारले पनि आफ्नो भ्रष्टाचारी र मैलो छवि धुने पखाल्ने र जनताको मन जित्ने मौकापनि यहि हो। यस्तो मौका नगुमाई सबै नेपालको पुननिर्माणमा लागेर नयाँ नेपाल बनाऔं

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०७२ १३:४२:०४

Thursday, May 28, 2015

माधव घिमिरे खसखस पाहुना !

नेपालको साहित्यकला तथा सँस्कृतिको क्षेत्रमा चर्चित व्यक्तिहरुसँग खसखस राख्ने क्रममा यस पटक हामीले निम्त्याएका छौ राष्ट्र्कवि माधव घिमिरे । छयान्नब्बे वर्षको उमेरमापनि वहाँबाट हुने साहित्यिक कृयाकलापबारे हामीलाई चासो लाग्नु र रहनु स्वाभाविक हो । त्यसैले यस बारेमा जानकारी लिएर तपाईसामू प्रस्तुत गर्ने हेतुले खसखस डट कमकालागी गीतकार रमण घिमिरेले हालै कुराकानीगर्नुभएको छ ।


Tuesday, August 5, 2014

‘सैनिक मञ्चमा बुट बजार्ने माओवादीको सपना मेरो लाशमाथि टेकेर मात्र सम्भव छ।’

-रुक्माङ्गद कटवाल

आइतबार, ६ वैशाख २०६६

म ८ देखि साढे ८ बजेभित्रै अफिस पुगिसकेको हुन्छु। आज पनि बेलैमा गइरहेको थिएँ। थापाथलीको ट्राफिक लाइटले अल्मल्यायो। त्यही बेला बालुवाटारबाट फोन आयो, ‘हजुरलाई प्रधानमन्त्रीज्यूले बोलाउनुभएको छ।म हेडक्वार्टर नछिरी सरासर बालुवाटार गएँ।

मलाई बैठकमा लगेर राखियो। कफी ल्याएर दिए। कफीको एक सुर्को पिउन भ्याएको थिइनँ, प्रधानमन्त्री प्रचण्ड हात माड्दै आइपुग्नुभयो। उहाँ सधैंजस्तो हँसिलो देखिनुहुन्थेन। मसँग आँखा जुधाउन पनि सक्नुभएन।

तपाईंको जम्मा चार महिना बाँकी छ,’ उहाँले मलाई सोझे मुख नहेरी औंला भाँच्दै भन्नुभयो, ‘ एक महिनापहिले बिदा बस्नु परिहाल्यो। तीन महिना माया मार्नुस्। राजीनामा दिएर हामीलाई सहयोग गर्नुस्।

के गल्ती गरेँ र राजीनामा दिनुपर्‍यो?’ मैले भनेँ, ‘केही कारण हुनुपर्‍यो नि राजीनामा दिनलाई।

हैन हामीलाई सहयोग गर्नुपर्‍यो,’ उहाँले यस्तै लस्याङमस्याङ कुरा गर्नुभयो।

हामी दुई कुनै भूमिका नबाँधी ठाडो कुरा गरिरहेका थियौं। म आँखा नझुकाई जवाफ दिइरहेको थिएँ। उहाँ भने आँखा छलेर जिब्रो मात्र कडा बनाइरहनुभएको थियो।राजीनामा दिने वा छाड्ने कुरा तपाईंहरूले सोच्दै नसोचे हुन्छ,’ मैले प्रस्टै भनेँ।

यसअघि पनि रक्षामन्त्री थापाले धेरैपटक कारबाहीको धम्की दिनुभएको थियो। म ठट्टामा उडाइदिन्थेँ। कहिलेकाहीँ सहनै नसकेर कडा जवाफ दिन्थेँ। प्रधानमन्त्रीले त्यही पारा निकाल्नुभयो, ‘कि राजीनामा दिनुस्, हैन भने कारबाही भोग्न तयार हुनुस्।’‘मैले कुन कानुन तोडेँ? सरकारविरोधी काम के गरेको छु? कि देशद्रोह गरेँ? संविधान मिचेको छु कि?’उहाँले मेरा प्रश्नको जवाफ दिनुभएन। सीधै कुराकानी सकेर बिदा माग्दै भन्नुभयो, ‘ल त पछि भेटौंला।

म अफिस आएँ। रिपुमर्दिनीको दर्शन गरेँ। प्रसाद खाएर अफिस उक्लेँ।

सोल्टी होटलमा एउटा लन्च थियो। कुनै संघसंस्थाको वार्षिकोत्सव। त्यहाँ सूर्यबहादुर थापा, केपी ओली, अर्जुननरसिंह केसी लगायत नेतासँग भेट भयो।

के छ चिफसाप?’ उहाँहरूले सोध्नुभयो।ल हजुरहरू यता सवारी होस्,’ मैले उहाँहरूलाई एउटा कुनामा लगेँ।

आज गज्जब घटना भयो,’ मैले उहाँहरूको ध्यान तानेँ,

बिहान बालुवाटार डाकेर प्रधानमन्त्रीले राजीनामा माग्नुभयो।उहाँहरूले उत्सुक हुँदै सोध्नुभयो, ‘तपाईंले के भन्नुभयो त?’

'बिनाकारण राजीनामा दिइन्न,’ मैले जानकारी दिएँ, ‘प्रधानमन्त्रीले पछि बोलाऊँला भन्नुभाछ।लन्च सकेर अफिस फर्किएँ। दुईचारवटा फाइल टुंग्याउन नपाउँदै प्रधानमन्त्री कार्यालयबाट फेरि फोन आयो।

चिफसाप साढे ३ बजे आउनू,’ प्रधानमन्त्रीका कुनै कर्मचारीले भन्यो।फेरि त्यही किचलो !

एकै दिन कतिपटक भेट्ने! प्रधानमन्त्रीले बोलाएपछि जानैपर्‍यो!

तपाईं र मेरो कस्तो केमेस्ट्री मिल्छ है,’ प्रधानमन्त्रीले कुरा सुरु गर्नुभयो, ‘हाम्रो पारिवारिक सम्बन्ध पनि अति गाढा भइसक्यो। यो सम्बन्धलाई पछिसम्मै दिगो र दरिलो पार्नुपर्छ।

बिहान तर्साउन बोलाएका थिए, अहिले फकाउन!मनमनै सोचेँबिहान मेरो घाँटी अँठ्यायौ, म गलिनँ, अहिले खुट्टा समातेर लडाउन खोज्दैछौ।

प्रधानमन्त्री मसँग असाध्यै अन्तरंग सम्बन्ध भएजसरी पेस हुनुभयो।

तपाईं र म एकठाम भए यो देश गज्जब बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘तीसौं वर्ष हामी दाजुभाइको चल्छ।

वैधानिक सरकारको आदेश मान्ने हो प्रधानसेनापतिले,’ मैले आफ्नो धारणा राखेँ, ‘प्रधानमन्त्रीलाई जे सहयोग चाहिन्छ गर्न तयार छु।

महिनादिन जतिमा न्युयोर्कको राजदूत खाली हुँदैछ, फ्रान्स वा अन्त जान चाहनुहुन्छ भने पनि आजैको क्याबिनेटबाट पास गराइदिन्छु। नभए राष्ट्रिय सुरक्षा सल्लाहकार भएर बस्दिनुपर्‍यो,’ उहाँले एकै सासमा अफर गर्नुभयो, ‘जम्मा तीन महिना हो, दाइले आर्मीचाहिँ छाड्दिनुपर्‍यो।

शैली फेरिए पनि कुरा उही!म त कर्मठ सिपाही हुँ। मोर्चा छाडेर भाग्दिनँ,’ मैले इन्कार गरेँ, ‘त्यसमाथि कूटनीति जान्दा पनि जान्दिनँ।

हेत्तेरी ! ४०-४५ वर्ष देशको सेवा गरिसक्नुभयो, अब कति नै बाँकी छ र,’ उहाँले भन्नुभयो, ‘अरूलाई मौका दिन पनि तपाईंले ठाउँ छाड्दिनुपर्‍यो।

लास्ट फ्र्याक्सन अफ अ सेकेन्डसम्म आर्मीको असरदार चिफ भएरै बस्छु,’ मैले बहस टुंग्याउन खोजेँ, ‘राजदूत त के, इन्द्रको आसन दिए पनि चाहिएन।

--------------------------------------------XXXXXXXXXXXXXXXXXXXXXX------------------------------------------------
माओवादीले काठमाडौंमा पहिलो आमसभा गर्दै थियो। त्यो पनि सैनिक मञ्चमा। आफ्ना कार्यकर्तालाई सैनिक मञ्चमा परेड खेलाउने र देशभरिबाट मान्छे ओसारेर टुँडिखेल ढाक्ने तयारी रहेछ।
प्रधानमन्त्री एवं रक्षामन्त्री गिरिजाप्रसाद कोइरालाले आमसभाको स्वीकृति दिनुभएछ। प्रधानमन्त्रीको लालमोहरकै भरमा सेनालाई यस्तो निर्णय मान्य हुने कुरा भएन। माओवादीले सेनाको छातीमा बुट बजारेको कुन सिपाहीलाई सह्य हुन्थ्यो र!
शान्ति सम्झौतापछि पनि राष्ट्रिय सेनाप्रति माओवादीको शत्रुतापूर्ण व्यवहार कायमै थियो। सैनिक मञ्चमा परेड खेलेर जितको सन्देश दिने माओवादी नियत मैले बुझेको थिएँ। यसमा सेनाको मनोबल घटाउने अभीष्ट लुकेको थियो।
हेडक्वाटरबाट बालुवाटार जान १५ मिनेट लाग्थ्यो। मैले त्यति धैर्य गर्न सकिनँ। फोनमै आफ्नो अडान प्रधानमन्त्रीलाई सुनाइदिएँ। ‘प्रधानमन्त्रीज्यू, दिल्लीको लालकिल्लाभित्र कुनै पार्टीले आमसभा गरेको थाहा पाउनुभएको छ?’ मैले भनें। ‘मैले चिफसापको कुरा बुझिनँ’, उहाँले मसिनो स्वरमा भन्नुभयो। ‘टुँडिखेलमा राष्ट्रिय कार्यक्रमबाहेक कहिल्यै कुनै दलविशेषको आमसभा भएको छ?’ म झोक्किएँ।
उहाँले बुझिहाल्नुभयो। ‘शान्ति प्रक्रियामा आएकालाई किन चिढ्याउनु भनेर हुन्छ भन्दिएको हुँ’, प्रधानमन्त्रीले भन्नुभयो।
‘सेनाले राज्यका समारोहबाहेक दलको झन्डा बोक्ने कसैलाई सैनिक मञ्चमा पाइला टेक्न दिंदैन’, मैले आफ्नो निर्णय सुनाइदिएँ।
‘शान्ति र संविधानको कुरा छ। राष्ट्रिय सेनाले कसैप्रति प्रतिशोध राख्नुहुँदैन’, उहाँले मनाउन खोज्नुभयो, ‘सेना अलि सफ्ट भइदिनुपर्छ।’
‘सैनिक मञ्चमा बुट बजार्ने माओवादीको सपना मेरो लाशमाथि टेकेर मात्र सम्भव छ।’
‘ल त ल, आर्मीको नियम अनुसार गर्नुस्’, गिरिजाबाबुले फोन राखिदिनुभयो। मैले प्रधानमन्त्रीसँगको संवाद उच्च सैनिक अधिकारीहरूलाई सुनाएँ। भनें, ‘माओवादीले थाहा पाऊन्, यो संवाद लिक गरिदिनू।’
म र प्रधानमन्त्री कोइरालाबीचको कुराकानीले सबैतिर चर्चा पायो। माओवादीले आफ्नो तयारी भने रोकेनन्। पम्प्लेट टाँसे। दरबार ढलेको चित्र बनाए। सैनिक मञ्चमा पसेर राजपरिवार बस्ने आसन ध्वस्त पार्ने हल्ला चलाए। ‘लोकतन्त्र आइसकेपछि पनि सैनिक मञ्चमा कार्यक्रम गर्न नपाउने?’ उनीहरूका केही नेता हामीविरुद्ध खनिन थाले, ‘राजाको सेनाले जनतालाई टुँडिखेलमा निषेध गर्न पाउँदैन।’ . . .
. . . माओवादीले लाखौं जनताका साथ टुँडिखेल छिर्ने धम्की दिइरहेको थियो। पोस्टरिङ, पम्प्लेटिङ, माइकिङ गरेर प्रोपोगान्डा मच्चाइरहेको थियो। माओवादी दूत बनेर अनुमति माग्न आउनेलाई मेरो जवाफ हुन्थ्यो, ‘सैनिक मञ्च हाम्रो छाती हो। त्यहाँ पाइला टेक्नेलाई म आफैं सिपाहीको अग्रपंक्तिमा बसेर मेशीन गनले भुटिदिन्छु।’
माओवादी सभा हुनु केही दिनअघिदेखि नै सैनिक मञ्च वरिपरि फौज तैनाथ भयो। हामीले अघिल्लो दिन राति नै हातहतियारसहित सैनिक मञ्च घेर्‍यौं। महाँकालको पुरानो अस्पताल र मन्दिरको छतमा सिभिल पोशाकमा सेना खटायौं। सञ्चार सेट र सीसीटीभी जताततै जडान गर्‍यौं। केही भइहाले मानवअधिकारवादीदेखि अन्तर्राष्ट्रिय समुदायसम्मलाई देखाउन क्यामरा जडान जरुरी थियो।
अन्ततः माओवादी पछि हट्यो।
उनीहरूले सैनिक मञ्च टुँडिखेलको सट्टा खुलामञ्चमा आमसभा गरेर चित्त बुझाए। माओवादी अध्यक्ष प्रचण्डले खुलामञ्चबाट सैनिक मञ्चतिर धारे हात लाउँदै भन्नुभएको थियो, ‘को हो त्यो कटवाल भनेको?’
जे होस्, रक्तपात टर्‍यो।
अर्कोचोटि फेरि त्यस्तै घटना भयो। रामेछापका एकजना लप्टन २०६४ चैतमा घर गएका रहेछन्। त्यहीबेला माओवादीले उनलाई नियन्त्रणमा लिएछ। मैले तुरुन्त रक्षा मन्त्रालय समेत हेर्ने प्रधानमन्त्रीलाई फोन गरें, ‘माओवादीले हाम्रो अफिसर कब्जामा लिएका छन्। तुरुन्त छाड्न भन्दिनुपर्‍यो।’
गिरिजाबाबु माओवादीप्रति धेरै ‘सफ्ट’ हुनुहुन्थ्यो। उहाँ विषयान्तर गर्न खोज्नुहुन्थ्यो। म भने टसमस भइनँ। ‘माओवादीले सेनाको अफिसर नियन्त्रण गरेको घटना निकै गम्भीर हो’, मैले प्रधानमन्त्रीलाई मुखै फोरेर भनें, ‘हाम्रो मानिस तुरुन्त छाडून्, नत्र म माओवादी हेडक्वाटर ध्वस्त पार्दिन्छु।’
त्यतिबेला माओवादी मुख्यालय बुद्धनगरमा थियो। मुख्यालय हान्न सिंहदरबारमा रेन्जरसहित एक टुकडी फौज जम्मा गरें। माओवादी कब्जामा रहेका अफिसरलाई छुटाउन पूर्वको सम्बन्धित वाहिनीलाई ‘रेस्क्यु अपरेसन’ थाल्न निर्देशन दिएँ।
केहीबेरमै यो खबर संसारभर पुगेछ। राष्ट्रसंघ, दिल्ली जताततैबाट फोन आउन थाल्यो। मध्यस्थ गर्न खोज्नेलाई मैले भनिदिएँ, ‘म ज्यूँदो हुँदाहुँदै सेनाको कुनै सिपाहीलाई कसैले कोतर्न पनि पाउँदैन, खुरुक्क हाम्रो लप्टन छाड्छन् कि माओवादी केन्द्रीय कार्यालय ध्वस्त बनाइदिऊँ।’
माओवादी डराएछन्। केहीबेरमै हाम्रो लप्टन सकुशल छाडिएको खबर आयो। मैले फौज फिर्ता गरें। अर्को रक्तपात टर्‍यो।
खुला राजनीतिमा आएपछि माओवादीका चैते समर्थक बढ्दै थिए।
हिजो ‘आतंकवादीलाई पानी पिउन दिनुहुन्न’ भन्नेहरू रातारात प्रचण्डको टीका लगाउन थाले। त्यसमा राजनीतिभन्दा ‘जागिरे’ र ‘अवसरवादी’ पृष्ठभूमिवालाको बाहुल्य थियो। पूर्वजर्नेल, अञ्चलाधीश बनेर ज्यादती गरेका, प्रहरीमा बसेर अवसर छोप्दै हिंडेका तथा पूर्वसचिवहरू रङ बदल्दै माओवादी बनेको खबर सुन्न पाइन्थ्यो। दरबारका आसेपासे भएर र सुरक्षा फौजमा बसेर सहुलियत तथा मानमर्यादा पाएकामा पनि माओवादी बन्ने लहर चल्यो। बहालवाला उच्च अधिकारी माओवादीसँग नजिक हुन तँछाडमछाड गर्न थाले। विशेषगरी प्रहरी र निजामतीका हाकिमको प्रचण्ड निवासतिर ‘मर्निङ वाक्’ बढेको सूचना मसँग थियो।
नयाँ जोगीहरू माओवादीभन्दा बढी खरानी घस्थे। माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि त तिनलाई संसारै जिते जस्तो भयो। प्रचण्डको शपथग्रहण कार्यक्रममा उनीहरूले मेरो नूर गिराउने चेष्टा गरे।
प्रधानमन्त्रीको शपथग्रहण शीतलनिवासमा थियो। तयारीबारे बुझ्न म आफै शीतलनिवास गएँ। यस्तो समारोहमा कुर्सी व्यवस्थापनको आफ्नै तौरतरिका हुन्छ। राष्ट्रपतिको दायाँ गिरिजाप्रसाद कोइराला, बायाँ उपराष्ट्रपति परमानन्द झा। त्यसको दायाँ–बायाँ प्रधानन्यायाधीश, सभामुख लगायत सम्माननीय रहन्छन्। राष्ट्राध्यक्षको ठ्याक्कै पछाडि प्रमुख एडीसीलाई राखिन्छ। उनलाई बायाँ पारेर प्रधानसेनापति बस्ने चलन छ। संसद्काल, पञ्चायतकाल सधैंको परम्परा यही हो। प्रचण्डको शपथग्रहण समारोहमा पनि त्यसैगरी बस्ने व्यवस्था मिलाइएको थियो। शशिभवन फर्केर हातमुख धुन नपाउँदै फोनको घन्टी बज्यो। ‘चिफसाप नमस्कार, म मन्त्रिपरिषद्बाट।’
‘किन? भन्नुस्’, मैले सोधें।
‘शपथग्रहण समारोहमा सेनाको चहलपहल नदेखियोस् भन्ने हुनेवाला प्रधानमन्त्रीको चाहना छ। त्यही अनुसार गर्दिनुभए हुन्थ्यो’, उसले भन्यो।
‘तपार्इं धन्दा नमान्नुस्, परम्परा जे छ त्यही हुन्छ’, मैले कुरा टुंग्याइदिएँ। मेरो जवाफले सुरक्षा निकायमा हल्लीखल्ली मच्चिएछ। ‘माथिको इच्छा हजुरको कुर्सी मञ्चमा हुनुहुन्न भन्ने छ’, उहाँले भन्नुभयो।
मैले पुरानै जवाफ दोहोर्‍याएँ। लगत्तै गृहसचिव, रक्षासचिवबाट फोन आयो। उहाँहरूले पनि त्यही अनुरोध गर्नुभयो। . . .
. . . म शपथग्रहणको केही समयअगावै शीतलनिवास पुगें। केही गडबड भए दोषजति सेनाकै टाउकोमा थोपरिन्थ्यो, त्यसैले बढी सतर्क थिएँ।
त्यहाँ त के देख्छु, प्रधानसेनापतिको कुर्सी यथास्थानमा छैन। सुरक्षामा खटिएका सिपाहीहरूलाई सोधें। नराख्नू भन्ने आदेश आएपछि हटाइदिएछन्। झोंक त निकै उठ्यो, तर छुच्चो भइनँ। चुपचाप विशिष्टहरूको हारमा बसें। उद्घोषकले समारोह सकिएको घोषणा गरेपछि प्रधानमन्त्रीलाई बधाई दिनेको लाम लाग्यो।
जुन मञ्चबाट प्रधानसेनापतिको कुर्सी हटाइयो, त्यही मञ्चमा लुब्रेकान लगाएर किन गइराख्ने!
म नगएपछि अरू जर्नेल गएनन्। जर्नेल नगएपछि प्रहरीका वरिष्ठ अधिकृत पनि गएनन्। हामी सोझै ‘टी स्टल’ तिर लाग्यौं। त्यहीं डा. प्रकाशचन्द्र लोहनीसँग भेट भयो। हङकङदेखि हाम्रो सम्बन्ध थियो। ‘चिफसाप, होश पुर्‍याएर काम गर्नू है’, उहाँले भन्नुभयो।
‘ह्वाट्स रङ?’ मैले सोधें।
‘भर्खरै मिस्टर क्लाउड (हुनेवाला रक्षामन्त्री रामबहादुर थापा ‘बादल’) र मसँगै थियौं’, उहाँले हाँसीहाँसी भन्नुभयो। ‘अब कटवाललाई पाता फर्काउने बेला आयो’, उहाँले थापाको भनाइ उद्धृत गर्नुभयो।
‘ए भैहाल्छ नि, सनपाटको मोटो डोरी बाटेर पठाइदिऊँला’, मैले जवाफ दिएँ। . . . . . . एक माओवादी सभासद् र कांग्रेसका पूर्वमन्त्री म भएठाउँ आइपुगे।
‘चिफसापले प्रधानमन्त्रीलाई बधाई नै दिनुभएन भनेर हाम्रोमा हल्लीखल्ली मच्चिएको छ’, मसँग ओहोरदोहोर गरिरहने ती माओवादी सभासद्ले भने, ‘उसै त हुनेवाला रक्षामन्त्रीले कटवाललाई पाता कसेर लडाउँछौं भनेका छन्, हजुर चाहिं…।’
मैले नबुझेजस्तो गरें, ‘को हुनेवाला रक्षामन्त्री?’
ती कमरेडले भने, ‘बादल हजुर।’
‘बादल–सादल चिन्दिनँ’, म कड्किएँ, ‘मलाई पाता फर्काउने हिम्मत भएको कोही ज्यूँदो छ भने सनपाटको बीसहाते डोरी मै बाटेर दिऊँला, तपार्इंको मिस्टर क्लाउडलाई यही भन्दिनू।’
वैधानिक, अवैधानिक जस्तो हतकण्डा अपनाए पनि प्रचण्ड प्रधानमन्त्री भइसक्नुभएको थियो। सेनाले जनमतको कदर गर्नै पर्थ्यो। रुकमाङ्गदलाई जति जब्बर हुने छूट प्रधानसेनापतिलाई थिएन। भोलिपल्ट म सेनाका तर्फबाट प्रधानमन्त्रीलाई बधाई दिन जाने भएँ।
‘पौने चार बजेको समय छ’, सचिवालयका कुनै अधिकृतले मलाई खबर दिए। म जहाँ पनि निर्धारित समयभन्दा पाँच/दश मिनेट पहिल्यै पुगेको हुन्छु। समयभन्दा अगाडि नै प्रधानमन्त्रीको चेम्बर बाहिर पुगें। मलाई सरासर भित्र लगे। म आगन्तुक भेट्ने कोठामा बस्न नपाउँदै प्रधानमन्त्री आइहाल्नुभयो। ‘बधाई’, मैले प्रधानमन्त्रीलाई सलाम गरें।
उहाँले कसेर हात मिलाउनुभयो। ‘बस्नोस् न चिफसाप’, कुर्सीतिर देखाउनुभयो। ‘शीतलनिवासमा भेट भएन नि’, मसँग आँखा नजुधाई भन्नुभयो, ‘के भयो त्यस्तो?’
‘नआउनू भनेर काँडाको बार लगाएपछि किन आउनू!’ मैले जवाफ दिएँ, ‘सेनाको कोही पनि देखा नपर्नू भन्ने आदेश रहेछ। तपाईंहरूलाई किन खिन्न बनाइदिनू भनेर आदेश पालना गरें।’
‘कसले नआउनू भन्यो?’ प्रधानमन्त्री अझ् विनम्र हुनुभयो, ‘मलाई किन खबर गर्नुभएन?’
‘जे हुनु भैगयो, हिजोको शपथग्रहणको कुरा बिर्सिऊँ’, उहाँले भन्नुभयो, ‘मलाई साह्रो–गाह्रो परेको छ, सहयोग गर्नुपर्‍यो।’
‘नेपाली सेनाले गर्ने हर वैधानिक सहयोग गरिहाल्छु’, मैले भनें।
‘चीनबाट निम्तो आएको छ, जाने इच्छा छ। नजानू भनेर देशी–विदेशी र हाम्रै मन्त्रीहरूको प्रेसर छ। के गर्ने होला! खुलस्त सल्लाह चाहियो।’
मेरो मन जाँच्न यस्तो जिज्ञासा राख्नुभएको हो वा साँच्चिकै हो, ठम्याउन सकिनँ। ‘तपार्इं जे भन्नुहुन्छ, त्यही गर्छु’, उहाँको भनाइ थियो।
‘तपाईं सार्वभौम राष्ट्रको निर्वाचित प्रधानमन्त्री हो कि होइन? जनताद्वारा निर्वाचित प्रमुख कार्यकारी हो कि हैन? निर्णय लिन स्वतन्त्र हुनुहुन्छ कि हुनुहुन्न?’ मैले प्रश्न गरें।
‘बकाइदा छु।’
‘त्यसो भए कसैले दबाब दिंदैमा किन नजाने? तपार्इं ढुक्क भएर जानुस्।’
‘सेनाले यो भ्रमणको विषयमा मलाई सहयोग गर्छ त?’ उहाँले भर खोजे जस्तो गर्नुभयो।
‘यस्तो विषयमा नेपाली सेनाले तपाईंका लागि ढाड थाप्छ।’
‘चीनबाट भ्रमण शुरू गर्दा राम्रो देखिंदैन कि!’ उहाँले बल्ल कुरा खोल्नुभयो। ‘ओलम्पिकको कार्यक्रममा चीन जान लागेको सबैले बुझिहाल्छन् नि’, मैले आश्वस्त पार्न खोजें, ‘जहाँबाट पहिला निमन्त्रणा आयो, त्यहीं जाने न हो। त्यसमा कसैले चित्त दुखाउँछ, इख लिन्छ जस्तो मलाई लाग्दैन।’
‘गए हुन्छ हैन त चिफसाप?’ एकछिनपछि फेरि पुरानै प्रश्न सोध्नुभयो।
‘जानुस्, यसमा जे परे पनि सेना प्रधानमन्त्रीलाई बोक्न तयार छ।’
‘ल त चिफसाप त्यसो भए म चाइना गएँ है’, उहाँले भन्नुभयो।
(साउनको अन्तिम साता बजारमा आउन लागेको नेपाञ्लय को प्रकाशोन्मुख पुस्तक ‘रुकमाङ्गद कटवाल आत्मकथा’बाट।)