https://twitter.com/Chirvir

Tweet me @chirvir







Thursday, November 18, 2010

गीत

वेदना बोकि, तिमिलाई छोडी, गएँ म विदेश
धैर्यले बस्नु, घर सम्हाली राख्नु, आउनेछु फर्केर

तनमात्र उता, मन सँधै यता हुनेछ बुझ्नु है
सम्झना मेरो सताए तिम्लाई तस्विर हेर्नु है
वियोग सदा टिक्दैन भनि जानेर राख्नु  नि
यै अर्ति सम्झी मनमा गुनी हाँसेर बस्नु  नि

परको देशमा म कामकाजी लेखुँला चिठ्ठि है
बरोबर चिठ्ठि आएन भने धैर्यले बसे है
बाबा र आमा छोरा र छोरी छन् तिम्रै सहारा
म भने हुन्छु पराई देशमा सम्झना सहारा

धनको खेती गर्नेछु त्यहाँ साह्रै नै मन दिई
स्वदेशमै गर्ने ईक्षा त थियो कर्मैले नदिई
जाँदैछु उता बाध्यतावश केहि दिनलाई भनेर
नपुगीकनै बस्नेछु आउने दिन सँधै गनेर

वेदना बोकि तिमिलाई छोडि गएँ म विदेश
धैर्यले बस्नुघर सम्हाली राख्नु आउनेछु फर्केर

Tuesday, November 16, 2010

नमस्ते अमेरिका कार्यक्रम सहभागीता र समय


अमेरिका नेपाल सोसाईटि, पासा पुचः, नेवाः अर्गनाईजेसन अफ अमेरिकाय, अन्तर्राष्ट्रि्य कलाकार मँच, अमेरिका नेपाल चौपारी, धरान अमेरिका समाज तथा नेपाली साहित्य प्रतिष्ठान अमेरिकाको सँयुक्त प्रयासमा आयोजित 'नमस्ते अमेरिका' कार्यक्रम अगस्त १४ कादिन फल्स चर्चको एक विद्यालयको प्रेक्षालयमा सम्पन्न भयो ।

सात-सात वटा स्थानिय उल्लेखित सँस्थाहरुको आयोजनामा आयोजित सो कार्यक्रममा दर्शकहरुको उल्लेखनिय उपस्थितको अपेक्षाको विपरित रहेको थियो । नेपालको चर्चित गायिका अन्जु पन्त लगायत जगदिश समाल, मनोजराज शिवाकोटि, रँजना शर्मा, बिन्दु तामाँग, आशा कार्की, हिमगेप लामाको प्रस्तुति रहेको सो कार्यक्रममा वरिष्ठ सँगीतकार शम्भुजित बास्कोटाको समेत सहभागिता रहेको थियो । झण्डै दुईमहिना पहिले नै सार्वजनिक गरिएको यस कार्यक्रममा आशातित दर्शकहरुको सहभागिता न्यून देखिएकोले आयोजकहरुले यस न्यून सहभागीताको कारण र निराकरणतर्फ ध्यान दिनैपर्ने आभास गराएको छ । यत्तिका सँस्थाहरुका सहभागितामा 'कसो छ सातशय दर्शक नजुट्ला' भन्ने आयोजकको आशाप्रति तुषारापात भएको पाईयो ।

सातशय क्षमताको सो प्रेक्षालयमा झण्डै ३५० दर्शकको सहभागीता रहेको थियो भने २५० मात्र टिकट विक्री भएको कुरा आयोजकहरुबाट थाहा हुन आएको छ ।

.३० मा शुरु हुने भनिएको सो कार्यक्रम ८ बजे शुरु भएको थियो ।  कार्यक्रम ढिलो आरम्भ भएको कारणले समयको अभावमा दुईवटा नाच तथा दुईवटा गीतको प्रस्तुति काट्न परेको थियो । शम्भुजित बासकोटा लगायत अन्य कलाकारहरुलाई सम्मान समेत गरिएको सो कार्यक्रमको समाप्ति १०.३० बजे गर्नुपरेको थियो ।

कारणवश कार्यक्रम शुरु भईसकेपछि कार्यक्रमस्थलमा पुगेको यो पँक्तिकार प्रेक्षालयमा दर्शकको उपस्थिति देखेर अचम्म मानेको थियो । किनभने सातवटा सँस्थाहरुको तत्वावधानमा आयोजित कार्यक्रममा पक्कैपनि उल्लेखनिय दर्शक होलान् भन्ने अनुमान आयोजकले झै यसलेपनि गरेको थियो ।

किन न्यून सहभागीता  ?
बाल्टिमोर क्षेत्रलाई छोडेर मात्रपनि यस उत्तरी भर्जिनीया तथा वासिँगटन डिसी क्षेत्रमा बस्ने नेपालीहरुको अनुमानित सँख्या १५ देखि २० हजारसम्म रहेको छ । तर यसै क्षेत्रमा झण्डै घोषित अघोषित ५० वटा सँस्थाहरुको नाम सुनिन्छन् । ति मध्ये कतिपय घरेलु सँस्थाका रुपमा खडा भएका छन् । अर्थात न कुनै औपचारिक दर्ता न कुनै सदस्य तथा न कुनै निति नियम र उदेश्य भएका सँस्थाहरुपनि उल्लेखित नामावलीमा चढेका छन् । त्यसकारण सँस्थाको नाम उल्लेख गरिनु भनेको एक व्यक्तिको नाम उल्लेख गरिनु सरह भएकोलेपनि आशातित सहभागीता जुटाउन असफल भएको हो भन्ने अनुमान गर्न गाहारो छैन ।  

अर्को कुरा कार्यक्रमको भेल । सँस्थाहरु जसरी बढदै गए त्यहि अनुरुप कार्यक्रमहरुको आयोजनामा बृद्धि हुन थालेको छ । हप्तैपिच्छे गरिने कार्यक्रम कार्यक्रमको खस्कँदो स्तर तथा आपसी मनमुटाव तथा खिँचातानीलेपनि सहभागीहरुमा न्यूनता आएको भन्न सकिन्छ । एकले गरेको कार्यक्रममा अर्को सहभागी नभईदिने हुँदापनि आशातित सहभागी नजुटेको अनुभव गरिएको छ । यसरी विभाजित हुन नदिएर कार्यक्रममा सहभागीता बढाउने उदेश्यले गरिएको सो कार्यक्रमलाईपनि आशातित सफलता मिलेको देखिएन ।

किन ढिलो शुरु र अन्त्य हुन्छ कार्यक्रम ?
आयोजकले कार्यक्रम समयमा शुरु गर्दैनन् भन्ने दोषारपणको कारणले दर्शकहरु कार्यक्रमस्थलमा ढिलो पुगिदिन्छन् । हुनपनि हो कतिपय कार्यक्रमहरुमा आयोजकहरुको अन्तिम समयको तयारी, यथेष्ट गृहकार्यको अभाव, कार्यक्रमप्रतिको अनुभवको कमी आदिको कारणले दर्शकहरु प्रेक्षालयमा प्रवेश गर्न लाईनमा बसिसकेपछि पनि प्रवेश पाएका हुन्नन भने घोषित समय घर्किइ सकेको हुन्छ । जसले गर्दा सहभागीहरुमा नकारात्मक सन्देश पुगेको हुन्छ । यसैको फलस्वरुप अर्को कार्यक्रममा दर्शकहरु ढिला पुगीदिन्छन् । जबकि यसपटक आयोजक पूर्ण तयारीकासाथ प्रस्तुत हुन खोजिरहेको हुन्छ । तर यथेष्ट दर्शकको अभावमा आयोजक कार्यक्रम आरम्भ गर्न हिच्किचाई रहेका हुन्छन् । भनाईको तात्पर्य कार्यक्रम ढिलो आरम्भ हुनुमा आयोजक तथा दर्शक दुबै उत्तिकै जिम्मेवार रहेका छन् । न आयोजकले उपस्थित दर्शक जतिभएपनि समयमा कार्यक्रम आरम्भ गर्न आँट गरेर ढिलो आउने दर्शकलाई पाठ सिकाउन सक्षम भएको छ न त उपस्थित दर्शकहरुले आयोजकलाई समयमा कार्यक्रम शुरु गर्न यथेष्ट दबाब दिन सफल भएको छ । तर समयसिमालाई ध्यानमा राखेर आफ्नो कार्यतालिका बमोजिम सहभागी हुन पुग्ने दर्शकहरुभने सँधै निराश तथा नकारात्मक सन्देश नै लिएर फर्कन बाध्य भएको पाइएको छ ।  

विगतका केहि कार्यक्रमहरुमा कलाकारहरुलाई कुदाकुद गर्नुपरेको देखेर यो पँक्तिकारको सास नै अड्किएको भान भएको थियो । कुनै अर्को राज्यमा कार्यक्रम सकिएको भोलिपल्ट नै अर्को कार्यक्रमको प्रस्तुतिकोलागी भ्याई नभ्याई गर्नुपरेको प्रत्यक्ष देखेको छुँ । फलतः कार्यक्रम आरम्भमा बाधा अनि समाप्तिमा समस्या परेको देखिएको छ । तसर्थ यसको पनि निदान गर्नेतर्फ आयोजकहरु सजग रहनुपर्ने देखिन्छ । 'नमस्ते अमेरिका'को सो कार्यक्रममापनि कलाकारहरुको आगमनमा ढिलो भएकोले कार्यक्रम आरम्भमा ढिलो भएको आयोजकहरुको भनाई रहेको छ ।

तसर्थ कार्यक्रम सफल र समयमा सँचालन गर्न तिनैथरि अर्थात आयोजक, कलाकार तथा सहभागीहरुको उत्तिकै समान रुपले दायित्व रहेको कुरा सबैले मनन गर्नुपर्छ । यसको ठिक विपरीत 'हामीले पैसा तिरेका छौ' या 'हामीले मनोरँजन प्रदान गरेका छौ' भन्ने जस्ता अहँवादी हुँकारले समुदायमा कुसँस्कार प्रवृत्तिको श्रीवृद्धि भईरहेको कुरा शायदै कसैले मनन गरेका होलान् ।

यसको साथै कार्यक्रम ढिलो शुरु भएको कारणले ढिलो समाप्त हुनु स्वाभाविकै हो । तर यसको नकारात्मक असर भाडामा लिईएको कार्यक्रम स्थलको व्यवस्थापनमा पनि पर्न गएको छ । निश्चित समयमा हल खाली गरिसक्नुपर्नेमा कार्यक्रम सँचालन भईरहँदा व्यवस्थापन पक्षले कतिपय स्थानमा जबर्जस्ती कार्यक्रम समाप्त गराउन लगाएको थुप्रै घटनाहरु हाम्रा सामु छन् । यहि 'नमस्ते अमेरिका' कार्यक्रममापनि व्यवस्थापन पक्षले सुरक्षा गार्डलाई बोलाएर कार्यक्रम समाप्त गर्न जोड गरेको थियो र त अन्जु पन्तका केहि गीत तथा दुईवटा नाचहरुको प्रस्तुतीमा कटौती गर्नु परेको थियो ।  

यसरी निश्चित समयमा हल खाली नगरिँदा तथा सम्झौता बमोजिम हल फिर्ता नगरिँदा अर्को पटककोलागी सो हल प्राप्त गर्न असम्भव प्रायः भएको अनुभव धेरै आयोजकले भोग्नु परेको छ । तर यसबाट शिक्षा लिएर सहि कदम भने कुनै आयोजकले चालेको नदेखिँदा मन खिन्न हुनु स्वाभाविकै हॊ ।

यसैगरि कार्यक्रम समयमा समाप्त हुन नसक्नु, अनावश्यक ढँगले लामो हुनु अर्को पाटो हो। किनभने माईक समातेर दुई शब्द बोल्न आउनेले अनावश्यक दुई हजार शब्द बोलिदिने, प्रस्तोता कलाकारहरुले आफुलाई सुम्पिएको जिम्मेवारीमामात्र केन्द्रित नरहि आफ्नै ओज घटाउनमा उद्यत भएर बढि बोलिदिने या लामो प्रस्तुति गरिदिनाले पनि कार्यक्रमको लम्बाई बढेको हुन्छ । दर्शकको माग र चाहनालाई ध्यानमा राखेर छोटो मीठो प्रस्तुतिमा कँजुस्याई गर्ने कलाकारहरुपनि कार्यक्रम लम्ब्याउनमा उत्तिकै जिम्मेवार छन् । यस बारेमा छुट्टै कुनै अर्को लेखमा चर्चा गरिने छ ।

के गरिनु पर्ला ?
कार्यक्रममा सहभागीता बढाउन बढि भन्दा बढि सँस्थाहरुको सहभागीतामा पहिलो पटक गरिएको यो कार्यक्रमको एउटा सबल पक्ष थियो भन्न कर लाग्छ । तर माथि नै भनिए झै विविध कारणले यस कार्यक्रममा उल्लेखनीय सहभागी नभए ता पनि सातवटा सँस्थाको सहभागीता भने सकारात्मक रुपले लिईनु पर्छ । तर सोहि अनुसार एउटा सटिक सन्देश दर्शकवर्गलाई दिन सकेको भए अझ सफल मानिन्थ्यो होला । जे होस् यो शुरुवात हो र आगामी दिनहरुमा यस्ता कमी कमजोरी वाधा विध्नहरु पन्छाउँदै जालान् भन्ने आशा गर्न सकिन्छ ।  
उदाहरणकोलागी वर्षमा निश्चित मितिमा तर स्तरीय कार्यक्रमको निधो गर्ने, यथेष्ट समयावधि राखेर प्रचार प्रसार गर्ने, आयोजक सँस्थाहरुको प्रचार प्रसारमा समान सहभागीता जनाउने, एकै प्रकारका तथा एकै उदेश्यका सँस्थाहरुले समान कार्यक्रम नगर्ने- जसले गर्दा दर्शकले विविध कार्यक्रमहरुको स्वाद लिने मौका पाओस्, कार्यक्रमको बारेमा जानिफकार हुने र यसकोलागी यथेष्ट गृहकार्य गर्ने-गराउने, कलाकारहरुलाई कार्यक्रम प्रस्तुतिकोलागी यथेष्ट समय प्रदान गर्ने जस्ता सल्लाहहरुले कार्यक्रमको ओज, कलाकारको सम्मान तथा आयोजक सँस्थाहरुको सफलता हात पर्ला भनेर यकिन र ठोकुवाका साथ भन्न सकिन्छ । 
त्यसैगरि दर्शकवर्गपनि समयमा सीटमा बसेर आफ्नो दायित्व पुरा गर्नुपर्ने देखिन्छ । पैसा तिरेको भन्दैमा आफुलाई पूर्ण अनुत्तरदायी बनाउनु दुखको कुरा हो । त्यसैगरि आफ्नो दायित्व पुरा गरेपछि आयोजकलाई उसको दायित्व पुरा गर्न लगाउनु या यसकोलागी बल दिन सक्नु पर्छ र सकिन्छ पनि । तर पहिले आफुले आफ्नो दायित्व बोध र पुरा गर्नुपर्छ भन्ने मेरो तर्क रहेको छ । साथसाथै आयोजकहरुले दर्शकहरुको समयसीमालाई मध्यनजर राखि उच्चकोटिको कार्यक्रम समयमा शुरु र अन्त्य गरेर आयोजक हुनुको गौरव सँगाल्न सक्नुपर्छ । कलाकार, दर्शकहरुलाई कार्यक्रम अवधिभर आफ्नो पकड र बन्धनमा राख्न सक्नु नै सफल आयोजकको ध्येय र लक्ष्य हुनुपर्छ र यो नै आयोजकको लक्षण हो । यसो भयो भने आयोजक, दर्शक, हल व्यवस्थापक सम्पुर्ण पक्ष सबल ठहरिने छ ।

अर्को कुरा नेपालदेखि कार्यक्रम प्रस्तुत गर्न आएका कलाकारहरुमाझ आफुहरु बढि भन्दा बढि सहभागी भई दिए ति कलाकारहरु स्वदेश फर्कँदा सकारात्मक सन्देश लिएर जानेछन् भन्ने कुरामा दुईमत नहोला । प्रवासी नेपालीका रुपमा रहेका हामीले बढि भन्दा बढि भेला भएर 'लौ हेर, हाम्रो भाषा र सँस्कृतिप्रतिको मोह' भनेर गौरवकासाथ सन्देश प्रक्षेपण गर्न सक्ने थियौँ । तर फेरि कसैले 'कलाकारहरुको ओइरो र सँधै जसो भईरहने कार्यक्रमहरुमा सहभागी भएर साध्य छ त?'  भन्ने तर्कपनि गर्लान् जुन ठिकपनि हो । त्यसैले आयोजकहरुले कार्यक्रमको प्रस्तुतिमा स्तर र सँख्यामा ध्यान दिनु आवश्यक छ भन्ने मेरो तर्क रहेको छ ।  
कलाकारहरुको ओइरो र कार्यक्रमको सघनताको कुरा गर्दा यहाँ निर भन्नै पर्ने अर्को कुरा के भने ति आउने कलाकारहरु साँच्चिकै कला प्रस्तुत गर्ने उदेश्यले आएका हुन् कि यो एक बहानामात्र हो ? 'नमस्ते अमेरिका'का उपरोक्त कलाकारहरुले पनि यस कार्यक्रम प्रस्तुती एक बहानामात्र थियो भन्ने सन्देश गयो भने आउँदा कार्यक्रमहरुमा दर्शकहरुको प्रतिक्रिया माथि भनेझै नकारात्मक नहोला भन्न सकिन्न । र वास्तवमा यस्तै सुनिएको पनि छ, अर्थात ति कलाकार समुहले अमेरिकी आप्रवासकोलागी आवेदन हालीसकेका छन् भन्ने सुन्नमा आएको छ ।

जे होस् 'नमस्ते अमेरिका' साँस्कृतिक कार्यक्रमले केहि मापदण्ड खडा गरेको छ र यसको निरन्तरताकोलागी शुभकामना व्यक्त गर्नैपर्छ र यसपटक सामना गर्नुपरेका कमी, कमजोरी तथा गल्तीहरुलाई नदोहोर्याई छोटो, मीठो, पृथक, आकर्षक अनि ठिक समयमा आरम्भ र समाप्तिको वचन लिएर समुदायसामु देखा परोस् भन्ने हाम्रो शुभेक्षा रहेको छ । अस्तु !

Sunday, November 7, 2010

जनताको सर्वोच्चता एक निहुँ

नेपालको राजनीतिमासंलग्न दलहरुले एक आपसमा विष वमन गर्नुपर्यो भने सजिलैसँग जनताको नाम अगाडि सारेर माराकाट गर्छन् । एक दललाई अर्को दलले गरेको काम कारवाहिमा चित्त बुझेन भने जनताको नाममा नाराबन्दी, जुलुस, हत्या हिँसा गर्नमा नेपालका दलहरु एकदम सिपालु छन् । तर जुन विषयकोलागी यि कुकृत्य गर्छन ति कुराहरु न जनताले चाहेका हुन्छन् न त त्रि्रो नाममा हामी यसो गरौ है भनेर सोधेका हुन्छन् । फगत हामी जनताको नाममा हाम्रै दोहोलो काटिने गरि मजाक उर्डाई रहेका हुन्छन् । यसलाई एक विडम्बना नै भन्नर्ुपर्छ । किनभने जनताकोलागी भनेर लर्डाई थालिएको दशकौ भई सकेको छ तर जनताको स्तर भने झन झन खस्कँदो छ । राणा कालदेखि पँचायत र प्रजातन्त्र अनि गणतन्त्र या लोकतन्त्रको स्थापना भएको अवस्थामा समेत जनताहरुको अवस्था जहाँको त्यहिँ छ ।
१०४ वर्षे राणा शासनमा जनतालाई जति दमन गरिएपनि तिनिहरुले जनताको नाममा कुनै भाषण या नाराबाजी गरेनन् अपितु जनता सँधै तेश्रो दर्जाको नागरिक रहन बाध्य थिए । त्यसपछि तिनको विरुद्ध २००७ सालमा प्रजातन्त्रको स्थापना भयो तर च्याउ सरह उम्रेका राजनैतिक दलहरु र दरबारको आपसी शक्तिकोलागी खिँचातानीमा जनता घुन नै भई रहे । विचरा जनता मूक दर्शक । दरबार जनताको नाममा शक्ति आफ्नै पकडमा राख्न चाहन्थ्यो भने राजनैतिक दलहरु च्ााहेको शक्तिकोलागी आपसी लर्डाईमा व्यस्त रहेर राष्ट्र् र जनताको भलोलाई कुना पन्छाए अनि जनता सधै घुन नै भई रहे ।
२०१७ सालको पँचायति व्यवस्थाले देश, जनता र राजाको नाममा कठोर र निरँकुश सँविधान लादेर दरबार र दरबारीयाहरु आकास्सिएर धनि र सम्भ्रान्त बने भने बाँकि जनता या त निरिह कर्मचारी, या नाँगो शरीर र भोको पेट बोकेका किसान बनेर जिविका चलाउन बाध्य भए । दिनहुँ रेडियो या टेलिभिजनमा जनताको नाममा खाईने किरियाका भाषणमा आफ्नो नाममात्र सुनिरहे तर प्रत्यक्ष अनुभव र उपभोग भने दिवास्वप्न नै ठानिरहे ।
२०३६ सालको विद्यार्थी आन्दोलनको निहुँमा जारी गरिएको जनमत सँग्रहपनि नितान्त ठट्टा नै रहेको मान्दा अत्युक्ति नहोला । जनताको नाममा गरिएको जनमत सँग्रहको नतिजा जनताको मत विपरित नै आयो तर तथाकथित नतिजापनि जनताकै नाममा दरियो । हुन त तत्कालिन राजनैतिक दलहरुपनि पराजित हुनुमा दोषी भएपनि कसैले यसलाई स्विकार्न सक्दैनन् । यसरी एक पटक फेरि जनता स्वाथी नेता र व्यवस्थाकोलागी गोटि बने र आफु चाहिँ जहाँको त्यहिँ रहे ।
२०४६ सालको आन्दोलनमा अब त केहि होला कि भन्ने आशाले सबै मिलेर पँचायति व्यवस्थाको अवसान गरे र प्रजातन्त्रको पर्ुनर्बहाली गरियो र आशा गरिएका नेतालाई सत्ता सुम्पिइयो । तर ति तथाकथित राष्ट्र् चालकहरु उल्टै तिनै जनताको नाममा अनेक निहुँमा खेलौना बनाउँदै आफु र आफन्तमात्र आकास्सिने उद्यम गरिरहे । चप्पल लगाउने गाडि चढ्ने भए । झुपडिमा बस्ने व्यक्ति महलमा बस्न थाले । यस्तो विकास उनिहरुका मेहनत या व्यवशायबाट नभई चरम भ्र्रष्टाचार र घुसखोरी अनि काण्डहरु मच्चाएर धनि भए । तर जनता विचरा तिनका करतुत चुपचाप लाटाले केरा हेरे झै बाध्य भई रहे । पेट भोकोको भोकै, आँग नाँगोको नाँगै । टायरको धुँवा र बारुदको गन्ध सुँघेको सुँघयै ।
यिनै कारण तथा परिस्थितिलाई कारक बनाई माओवादीहरुले २०५१ सालदेखि सशस्त्र आन्दोलन चाल्यो । शुरु शुरुमा गाउँ टोल, छिमेकमा गन्हाएका तथा भ्र्रष्टाचारीमा गनिएका व्यक्तिहरु उपर तथाकथित भौतिक कारवाही गरेर जनर्समर्थन जुटाउन सफल भयो र शनै शनै यो आन्दोलन देशव्यापी भयो तर यसका साथै हत्याको सिलसिलामापनि बृद्धि भयो । अनेक बहाना तथा कारण देखाई जनताको नाममा थालिएको आन्दोलनले जनतालाई नै त्रसित र आतकिँत तुल्यायो । त्यतिमात्र नभई स्वशासित तथा स्वायत्तको नारा उचालेर एक आपसमा लड्ने र भिड्ने पनि बनायो । अनि जनता जनता नै वैमनश्यको शिकार भएर एकता र भाईचाराको नातामा स्खलन ल्यायो । हराम देखि दैवपनि डराउँछ भने झै माओवादीको अतिपनाले गर्दा अन्ततः शान्तिकामी जनताले सत्तामा पर्ुयायो माओवादीलाई । तर फेरि जनता नै शिकार भए । जनताले सँविधान बनाउन र स्ाविधानको निर्क्याैल नभए सम्म सत्तामा पर्ुयाएको माओवादीले काम कुरा एकातिर भने झै प्रधानसेनापतिको निहुँ उराल्यो । यो प्रकरण चलाउने बेला थिएन । विनासित्तिमा गुहुलाई चलाए गन्ध भने झै अस्थिर राजनितिमात्र निम्त्यायो । तर दलको स्वार्थ पुरा गर्न जनताको र्सवाेच्चताको निहुँमा यस प्रकरणले राष्ट्र उपर सिधै विदेशीको हस्तक्षेप समेत निम्त्यायो । जनताले यो चाहेको या देख्न खोजेका थिएनन् । जनताले मात्र छिटो भन्दा छिटो नयाँ नेपालको सँविधान, शान्ति, सुरक्षा अनि राष्ट्र्को त्रि्रतर विकास देख्न, भोग्न र अनुभव गर्न चाहेका थिए । तर विचरा जनता एक पटक फेरि ठगिए आफ्रनै नाममा । हरे ….।
जनताको नाममा जनताले दिएको निर्देशन पुरा गर्न नसकेर राजिनामा दिएर रिक्त रहन आएको प्रधानमन्त्री पदमा सबै दलहरुमा आपसी भागदौड र लुछाचुँडी भयो । यसै भागदौडमा जनताको नाममा रिक्त प्रधानमन्त्रीको पदमा यस्तो व्यक्तिको चयन भयो जो निर्वाचनमा जनताले नै दुत्कारेका थिए । दर्ुइ दर्ुइ स्थानबाट पराजित व्यक्ति जनताको नाममा राष्ट्र्को प्रधानमन्त्री भए र तिनै व्यक्तिले जनताकोलागी मरिमेट्ने वाचा गरेका छन् । पराजित व्यक्ति नालायक हुन्छ भन्ने छैन । तर यहाँ प्रक्रिया, मूल्य र मान्यताको सवाल हो । नवस्थापित प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रको रँगमँचमा एक पराजित व्यक्ति प्रधानमन्त्री र उनकै मातहतमा अर्काे पराजित व्यक्ति मन्त्री हुन्छ भने यो भन्दा ठुलो जनताको उपहास के हुन सक्ला र – यो भन्दा ठुलो प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रको उपहास के हुन सक्ला र – यसभन्दा ठुलो पदलोलुपता र दर्रि्रपनाको उदाहरण के हुन सक्ला र – चुनावमा तिरस्कृत व्यक्तिले कुन आधारमा आफुलाई तिरस्कार गर्नेहरुको उद्धार र कल्याण गर्छ भन्ने आशा गर्नु – अनि जनताको नाममा गरिएको सम्बोधन के को आधारमा पत्याउने – राजाको आव्हानमा प्रधानमन्त्रीको पदमा दरखास्त हाल्ने व्यक्तिले राष्ट्र्को नाममा सम्बोधन गर्दा निरकँुश राजतन्त्र भनेर उच्चारण गर्ने व्यक्तिको सपथ कुन हिसाबले पत्याउनु । उपप्रधानमन्त्रीको पदमा नियुक्त हुनेबेलामा आमाको किरिया नबसेर धर्म कर्ममा विश्वास नगर्ने तथा आधुनिक विचारका देखाउनेले प्रधानमन्त्रीको पदको सपथ र कार्यालय सम्हाल्न ज्योतिषि शास्त्र र धर्मकर्मको आड लिने ढोँगीको कसरी विश्वास गर्ने – राष्ट्र्को शक्तिशाली पदकोलागी सपथ गर्दा न त धर्मको नाममा, न त जनताको नाममा सपथ लिने व्यक्तिले राष्ट््र र जनताको हितमा काम कसरी गर्ला भन्ने चिताउने – तर जनताको नाममा प्रधानमन्त्री भएरै छोडे । भलै यस सरकारको दर्ीघायू नहोला तर अपुरै भएपनि सरकार त बन्यो जनताको नाममा । जहाँ फेरि एक पटक जनता ठगिए र दविए जनता आफ्नै नाममा । फगत उपहासित जनता भएर । तर नारा भने सँधै जनताको र्सवाेच्चता नै आकाशमा गुँजायमान भई रह्यो र यो क्रम कहिले सम्म ?

(माइसंसार डट कममा प्रकाशित)

'माथि'

नेपालको कर्मचारीतन्त्रमा सबैभन्दा प्रिय शब्द हो 'माथि' । यो 'माथि' शब्द नेपालको कर्मचारीतन्त्रमा यति लचिलो र व्यापक छ कि जुनसुकै कामकोलागीपनि यस शब्दको प्रयोग बढो प्रिय ढँगकासाथ भएको हुन्छ । कुनै आदेश तामेल गराउनु परेमा होस् या तखतामा राख्नु परेमा यस शब्दको प्रयोग गरिन्छ । सबैले 'माथि'को शाब्दिक अर्थ बुझेपनि खास्सै 'माथि' भनेको को हो र कहिले, कसरी र किन तलकोलाई आदेश जारी गर्छ भन्ने चाहि कसैले बुझेको छैन र यो बुझने सँस्कारको वृद्धि भएको पनि छैन । भँसारमा सामान छुटाउनु परेमा होस् या रोक लगाउनु परेमा 'माथि'को आदेशमा काम फत्ते हुन्छ । अड्डा अदालतमा वर्षोंदेखि अल्झिरहेको काम 'माथि'को एक शब्दले चामत्कारिक रुपमा सुल्झिन सक्छ । कुनै अपराधमा खोरभित्र रहेको व्यक्ति 'माथि'को एक आदेशमा रिहा हुनसक्छ । 'माथि'को आदेशमा कसैको जागीर गइरहेको हुन्छ या 'माथि'को आदेशमा अयोग्य व्यक्तिको नियुक्ति भईरहेको हुन्छ । 'माथि'को आदेशमा कमाउने र गुमाउने ठाउँमा सजिलै सरुवा भई रहेको हुन्छ । भनौ 'माथि' नामक यो शब्द अति शक्तिशाली छ । 'माथि' नामक शब्द कर्मचारीतन्त्रमा कहिले र कसरी प्रिय बन्न पुग्यो भनेर ठ्याक्कै भन्न नसकेपनि यो शब्द पक्कैपनि राणाकालदेखि बढि प्रचलनमा आएको अनुमान गर्न सकिन्छ । तर पँचायतकालमा यस शब्दको झन चरम प्रयोग गरिएको अनुभव गरिएको छ ।'माथि'को आदेश कुर्ने बानी परेका हाम्रा कर्मचारी प्रहरी या सेना आफ्नो विवेक र बुद्धिले काम गर्न छोडिसकेका छन् । 'माथि'को आदेश पाएर तामेली गरेको काममा माथिबाट यश पाउने र त्यसको साथसाथै पुरस्कार, सरुवा, बढृवा आदि पाउने सम्भावना रहेकोले 'विना आदेश काम किन गर्ने' भन्ने मनशाय रहेको छ । फेरि 'माथि'को आदेशमा काम तामेली गर्नपाए माथिप्रतिको चाकडीपनि राम्रै हुने भएकोले आफुलाई आफ्नो काम, कर्त्तव्य र जिम्मेवारीको राम्रै ज्ञान या बोध भएपनि यसलाई आदेशको प्रतिक्षामा थाति राखेका हुन्छन् । यसरी 'माथि'को आदेश नआएसम्म यी निरिह र पँगु बनेका हुन्छन् र आदेश पाउनासाथ ब्याटरी राखेपछि चलेका पुतली झै एकाएक यिनिहरुमा तदारुकता र जाँगर आउँछ र आउँछन् एक्सनमा । अन्यथा 'राजाको काम कहिले जाला घाम ।' उदाहरणकोलागी केहि महिना पहिले काठमाण्डौमा भएका प्रहरीको सुरक्षाप्रतिको तदारुकता हाम्रो सामुन्ने छ । जुन गतिविधि रोक्नकोलागी वामदेव गौतमको आदेश आयो त्यहि रोक्न समाजका विभिन्न व्यक्तिहरुबाट समय- समयमा अनुनय- विनय नगरिएको होईन तर त्यसलाई न त स्थानिय प्रशासनले कुनै ध्यान दिएको थियो न त कुनै मँत्री या सरकारले । तर कारण जुनसुकै भएपनि वामदेव गौतमको त्यो आदेश सम्पुर्ण प्रहरीकोलागी 'माथि'को आदेश भयो र सम्पुर्ण शक्ति परिचालित भयो । एकाएक काठमाण्डौवासीहरुले सुरक्षित अनुभव गरे । यस्तो सदाकालागी भए हुन्थ्यो भन्ने कामना काठमाण्डौँ वासीहरूले गरेका छन् र सपना देखेका छन् । अचम्मको कुरा के भने प्रहरी सँयन्त्र त्यहि हो । प्रहरीका हाकिम तिनै हुन् । हाकिमको काम तामेली गर्न खटिएका प्रहरी जवान तिनै हुन् । त्यस्तै कारवाहीमा पर्ने आपराधिक तत्व तिनै हुन्, तिनका ठेगाना र व्यवशाय तिनै हुन अनि तिनिहरुको व्यावशायिक प्रकृतिपनि तिनै हुन् । तर जनता र समाजप्रतिको आफ्नो काम, कर्त्तव्य, अधिकार र दायित्वको बोध हुँदाहुँदैपनि जनताको आवाज र अनुरोधलाई कानमा तेल हालेर बसेका थिए । कानमा तेल होईन 'माथि'को आदेशको तामेली गर्न व्यग्रताकासाथ प्रतिक्षा गरिरहेका थिए । साथसाथै कालो धन्दामा लागेका व्यापारीहरुबाट अबैध आम्दानीपनि भई नै रहेको हुँदो हो र त 'कसले विना आदेशमा किन टाउको दुखाउने' भनेर सबै हात बाँधेर बसिरहेका थिए । वामदेवको आगमनले 'माथि'को आदेश पाएर यसरी जागरुक भएका यी प्रहरीहरुमा यो जागरुकता कहिले सम्म रहने हो प्रश्न स्वभावतः उब्जिएको छ । तर सबैलाई वामदेव सदाकालागी आएका होईनन्, एक न एकदिन मानिसको परमधाम हुन्छ भन्ने ध्रुवसत्य झै वामदेवपनि एक न एक दिन उनको पदबाट खुस्किनेछन् भन्ने पनि थाहा छ । त्यसैले के कुरामा हामी पक्का हुनुपर्छ भने यो प्रहरीको तदारुकतापनि वामदेव गौतमसँगै जाने छ । यो वामदेव गौतमको गृहमन्त्रीत्वको आयूसँग तादात्म्यता राखेको हुनाले यो सुरक्षाको अनुभूति अस्थायी हो भन्ने हामीले बुझ्न जरुरी छ । प्रहरीको यो तदारुकता मूतको न्यानो झै हो । तर यसको विपरित सुरक्षा र शान्तिकोलागी कुनै व्यक्ति विशेषको आगमन या प्रत्यागमनबाट कुनै प्रभाव पर्न नपर्ने हो । त्यसकारण हामीलाई के लाग्छ भने यो सुरक्षा वामदेव आएपनि कामदेव गएपनि या जुन मन्त्री आएपनि-गएपनि कर्मचारी प्रहरीबाट पाउने सुरक्षा र सेवामा कहिल्यै कुनै कमी नआए हुन्थ्यो । तर 'माथि'को आदेश तामेली गर्न प्रतिक्षामा बसेकाहरुबाट हामीले जे भोगी रहेका छौ त्यहि नै यथेष्ट छ भन्नु अत्यूक्त नहोला ।

Thursday, November 4, 2010

हामी सबैको नासो: अमेरिका नेपाल सोसाईटीप्रतिको चासो

संयोग कै कुरा हो नोभेम्बर २ मा हुने अमेरिकाको मध्यावधि चुनावको ठिक दुई दिन अघि अर्थात अक्टोबर ३१ का दिन अमेरिकाकै राजधानीमा रहेको नेपालीहरुको सबै भन्दा पुरानो संस्था अमेरिका नेपाल सोसाइटीको सभापति लगायत केहि अन्य पदको निर्वाचन हुने भएको छ | फरक यत्ति हो, अमेरिकाको राष्ट्रपतिहरु (कोहि अपवादको रुपमा विशेष परिस्थितिको कारणले मनोनयनको आधारमा बाहेक) मतदानव्दारा छानिएका छन् भने अमेरिका नेपाल सोसाइटीको सभापति पदको भने मनोनयनको आधारमा छनौट हुँदै आएकोमा सौभाग्यवश ४४ वर्षको इतिहासमा दोश्रो पटक चुनाव हुँदै छ | संस्था या व्यक्तिले समुदायमा गर्ने गतिविधिप्रति टिका टिप्पणी हुनु स्ववाभिकै हो | स्थापनाकालदेखि झन्डै तीस वर्ष कुनै उल्लेखनीय काम नगरी निर्विवाद रहँदै आएको यो संस्थाले बढ्दो जनसंख्याको क्रममा जब केहि कार्यक्रमहरु गर्न थाल्यो तब यसप्रति विभिन्न प्रकारका टिका टिप्पणी हुन थाले | दशैं तिहार मेलाले संस्थाप्रति आकर्षण बढाएको क्रममा सन् २००१ पछि अमेरिकाबाट नेपालको लागि या नेपालबाट अमेरिकाको लागि राजदूतको स्वागत कार्यक्रम तथा नेपालबाट आउने मन्त्री या राजनैतिक दलका नेताहरुको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजनाले केहि सिमित व्यक्तिहरुको यस संस्थाप्रति आकर्षण बढेको पाइएको भए ता पनि कतिपय व्यक्तिहरु संस्थाले आफ्नो मूल लक्ष्य गुमाएको भन्ने आरोप लगाउन थाले | अझ पदावधिको बांडफांड पछि त यो संस्था तटस्थ व्यक्तिहरुको माझ ज्यादै नै आलोचित बन्न पुग्यो | तर अहिले आएर संस्थामा राजनीति भएको या पदकोलागि फोहरी खेल देखेका तटस्थ व्यक्तिहरुको लागिपनि शायद यही चुनावको कारणले हुनु पर्छ संस्थाप्रति केहि चासो जागेको देखिएको छ | प्रजातान्त्रिक मुलुकमा रहेर प्रजान्तान्त्रिक अभ्यास हुन नसकेको यस संस्थामा निर्वाचनको कारणले तटस्थ व्यक्तिहरुको समेत चासो जाग्नु संस्थाको लागि पक्कै सुखद तथा खुशीको कुरा हो | त्यसैको फलस्वरूप स्थानीय एक तटस्थ संचारमा ति दुइ सभापतिका उम्मेदवार एकै ठाउँमा राखेर यस्तो प्रकारको पहिलो एक छलफल कार्यक्रमपनि गरेको थियो | यति लामो ईतिहासमा अहिलेसम्म दुइ पटक बाहेक चुनाव किन भएन त भन्ने प्रश्नको उत्तर खोज्दा एउटा सहज उत्तर भेटिन्छ: एक- त्यतिबेला नेपालीहरुको सिमित संख्या र दोश्रो- स्वयमसेवक भएर संस्थालाइ नेतृत्व दिन चाहने व्यक्तिको खाँचो | त्यसै भएर आपसी सल्लाहको आधारमा यसपछि उ र उ पछी उ को आधारमा व्यक्तिहरुको चयन हुँदै संस्थाले यहाँसम्मको यात्रा तय गरेको हो | तर बढ्दो जनसंख्याको क्रममा यसप्रतिको चासोमा वृद्धि हुनुका कारणले सन् २००८-२०१० को पदावधिकोलागि संस्थाका आन्तरिक पदाधिकारीहरु नै सभापति पदकोलागि प्रत्यासी भए ता पनि प्रजातान्त्रिक ढंगबाट चुनाव हुन नदिई पदावधि बाँडफाँड गरि एक वर्ष एक जना र अर्को वर्ष एक जना सभापति हुने गरि निर्वाचनकोलागि पुगेका मतदाताहरुको खिल्ली उडाउँदै आन्तरिक निर्णय गरियो | संस्थाको ईतिहासमा दोश्रो पटक हुन लागेको चुनावलाइ यसरी टारियो भने संस्थाप्रति अलिकति आस्था या लगाव राख्नेहरुकोलागि 'कहीं नभएको जात्रा, दुखद र लाज मर्दो'को विषय बन्यो | लामो समयदेखि यस क्षेत्रमा बस्दै आएकाहरुलाई समेटेर जानु पर्नेमा ति व्यक्तिहरु टाढा हुँदै जानु यस्ता क्रियाकलापको प्रतिफल थियो | नयाँ नेपाली आप्रवासीहरुको दिनहुँ वृद्धि भै रहेको क्रममा यस संस्थाले त्यस्ता नयाँ व्यक्तिहरुको उपस्थितिमा आफुले गरेका कार्यक्रमहरु सफल भएको मान्दै पुराना सदस्यहरु पाखा लाग्दै गएको चाल नपाउनु संस्थाको कमजोरीको रुपमा लिन सकिन्छ | फलस्वरूप संस्थाको आजीवन सदस्य संख्यामा उल्लेख्य वृद्धि हुनु पर्नेमा हालसम्म कूल १२२ मात्र आजीवन सदस्य हुनु नैराश्यताको द्योतक हो भन्न सजिलै सकिन्छ | (हेर्नुहोस्) अर्को कुरा संस्थाको सदस्यता के का लागि भन्ने पनि अहम् प्रश्न रहेको छ | परिवारको २०.००, व्यक्तिको १०.०० तथा आजीवन सदस्य शुल्क १००.०० डलरमात्र हुँदाहुँदै पनि यसको सदस्य संख्या ज्यादै न्यून रहेको छ | 'कार्यकारी पदको लागि हुने चुनावमा मताधिकारकोलागि सदस्यता' भन्ने हो भने निर्वाचन नै हुन पाउँदैन | अनि संस्थाको उद्देश्य अनुरुप हुने गरेका कामहरु या त ज्यादै न्यून छ या त छंदै छैन या त राजनैतिक विचारले अभिप्रेरित भएका छन | त्यसकारण यसप्रति नैराश्यता बढ्नु स्वभाविक हो | तर यस पटक आगामी दुइवर्षे पदावधिकोलागि संस्थाप्रति बढेको आकर्षणको कारणले स्वयमसेवकको खाँचो अनुभूति भएन भने अर्को तर्फ यसैको परिणाम स्वरूप हुन लागेको चुनावले यस क्षेत्रका तटस्थ व्यक्तिहरुहरुकोपनि चासो बढेको छ | यो चासो संस्थाकोलागि सकारात्मक र सुखद संकेत हो भने नव निर्वाचित पदाधिकारीहरुले वृद्धि भएको यस्ता गुनासो तथा चासोलाई महत्व दिई निरपेक्ष संस्थाको रुपमा बढी भन्दा बढी जनसमुदायलाइ समेटेर सामुहिक नेपाली तथा नेपालको हितमा अर्थात विशुद्ध सामाजिक कार्य गर्ने छ भन्ने सबैले आशा लिएका छन् | केहि सकारात्मक कार्यहरु: अमेरिकी प्रवासमा आएका नवागन्तुक नेपालीहरुलाई विशेष गरी चाड पर्वमा आफ्ना आफन्तको सम्झनाको सहारा बनेर आउनेहरुकोलागि दशैं तिहार मेलाको आयोजना एउटा उल्लेखनीय कार्य मान्नै पर्ने हुन्छ | सेल रोटि लगायत अन्य नेपाली परिकारहरु मेलामा उपलव्ध गराउनुका साथै वर्षमा एकदिन भएपनि जमघट र भेटघाट हुने थलो उपलव्ध गराएर प्रशंसनीय कार्य गर्दै आएको छ | त्यस्तै संस्थाबाट नेपाल र अमेरिकाविच सम्बन्ध राम्रो कायम गर्ने एउटा उल्लेखनीय काम पनि भएको छ | त्यो हो नेपालकोलागि मनोनित अमेरिकी राजदूतको स्वागत कार्यक्रम | आफ्नो कार्यकालकोलागि जुन देशमा जान लागेको हो त्यसै देशका मानिसहरुले आफ्नै देशमा शुभकामना दिने तथा स्वागत कार्यक्रम गर्नुले त्यस्ता कुटनितिज्ञहरुमा पक्कै एउटा सकारात्मक संदेश दिने गर्छ | जसले दुइ देशको सम्बन्धमा केहि न केहि सुखद सम्बन्धका असर छोड्छ | हालसम्म नेपालको लागि तीन राजदूतहरुलाई स्वागत कार्यक्रम गरि सकिएको छ | तर अफसोचको कुरा, माथिका काम र विगतमा यदाकदा एक दुई सांस्कृतिक कार्यक्रमहरु बाहेक सोसाइटीको उद्देश्य अनुरुप नेपाली भाषा तथा संस्कृतिको उत्थान, संरक्षरण तथा सम्वृद्धिमा संस्थाले आफ्नो समय कहिल्यै खर्चिएको उदाहरण देखिंदैन | केहि सुझावहरु: झन्डै ५५ ५६ संस्थाहरु रहेको यस क्षेत्रमा छाता संगठनको रुपमा आफुलाई स्थापना गराउन पहल गर्नुपर्छ | ति संस्थाहरुको उद्देश्यलाइ बुझेर तिनलाई अमेरिका नेपाल सोसाइटीले के कस्तो सहयोग गर्न सक्छ भन्ने विषयमा कार्यगत योजना बनाउनु पर्छ | वर्गीय, जातीय तथा नेपालको स्थान विशेष नामको आधारमा स्थापना भएका संस्थाहरुसंग त्यस्तै अनुरुपका इक्षा बोकेका व्यक्तिहरुको सम्बद्ध हुनु आआफ्नो चासो र रुचिको विषय भए पनि त्यसबाट निरपेक्ष भएर बस्न चाहनेहरुकोलागी भने अनेसो सार्वजनिक थलो हो | त्यसकारण अमेरिका नेपाल सोसाइटीले सबै प्रकारका व्यक्ति र संस्थालाइ ओगट्ने क्षमता राख्नु पर्छ भन्ने सबैको आवाज रहँदै आएको छ | कुनै राजनैतिक आग्रह-पूर्वाग्रह बिना अन्य संस्थाहरुसंग कार्यगत एकता तथा नेतृत्व प्रदान गर्नाले समाजमा 'हामी एक छौं' भन्ने सबल संदेश दिन सफल हुने छ | निर्वाचनकोलागि आफ्नै नियम त छंदै छ | संस्थाको आय भन्नु सदस्यता शुल्क हो | तर सदस्यता बन्न कुनै सिमित अबधि तोकेर संस्थाले आफ्नै खुट्टामा बन्चरो हानेको छ | उदाहरणकोलागि यस पटकको निर्वाचनकोलागि सदस्यता लिने समय समाप्त भै सकेको छ | तर चुनाव हुने वातावरणले चुनावमा सहभागिता जनाउन चाहने तर सदस्यता लिन चुकेकाहरुकोलागि त्यस सिमित अवधिले वन्चित त गर्यो नै | यि सदस्यहरुबाट आउने सदस्य शुल्क संस्थाले गुमायो पनि | बरु चुनावकै दिनसम्म पनि चुनाव स्थलको एउटा छेउबाट सदस्यता लिएर अर्को छेउमा मतदान गर्न पाउने व्यवस्थाको सोच राखेको भए बढी भन्दा बढी मानिसको सहभागिता हुने त थियो नै, चुनाव रोचक पनि हुने थियो र साथसाथै संस्थाको आयमा पनि वृद्धि हुने थियो | यो संस्था कुनै राजनैतिक विचारधाराबाट अभिप्रेरित नभएकोले मतदाताहरु तथा उम्मेदवारहरुपनि सोहि किसिमको हुने हुनाले सदस्यता प्रदान गर्न उदारता अपनाउनु पर्छ भन्ने तर्क गरिएको हो | संस्था तथा समाजको हितमा यस्तो लचकता हुनु राम्रो हो भन्ने यस लेखको आशय हो | अमेरिकीहरुको अग्रसरतामा स्थापित यो संस्थामा अहिले नेपालीहरुको वर्चस्वमा वृद्धि भएको छ | अमेरिकी नागरिकहरुको सहभागितामा न्यूनता आएको छ | स्थानीय अमेरिकीहरुको सहभागिताले दुइ देशका जनताविच आपसी सद्भाव तथा सहयोगमा वृद्धि गराऊन मद्दत गर्दछ | त्यसकारण, कार्यकारी पद लगायत सदस्यहरुको संख्यामा अमेरिकीहरुलाई पनि सम्मिलित गराउन वृहत कार्य योजना बनाउनु पर्छ | अझ भन्ने हो भने स्थापनाकालको जस्तो स्थानीय अमेरिकीलाई नै संस्थाको केहि प्रमुख पदको भार ग्रहण गर्न दिएमा दुइ समुदायवीच राम्रो सामन्जस्यता हुने थियो भन्ने लागेको छ | स्थानीय व्यक्तिहरुलाइ नेपाली संस्थामा प्रवेश दिने या स्थान दिने यो सोचाई अमेरिकामात्र होइन संसारका जुनसुकै कुनामा बसेर संगठित भएका नेपाली संगठनहरुमापनि लागु गर्न सकिन्छ | जे होस् यो लेखक आफैं पनि यस पटक चासोकासाथ केहि लेख्ने या छलफल गर्ने गराउने कार्य गरेको छ | सोसाइटीप्रति बसेको नकारात्मक धारणा समाजबाट हटोस, नवनिर्वाचित पदाधिकारीहरुले सोसाइटीको मात्र निहित उद्देश्य र स्वार्थ अनुरुप काम गरुन् या गर्न सफल हुन् र बढी भन्दा बढी जनसमुदाय यसमा संलग्न होस् भन्ने हेतुले यो लेखको जन्म भएको हो भन्दै आउँदो तिहारको उपलक्ष्यमा सम्पूर्ण पाठकहरुमा शुभकामना ! अस्तु |