https://twitter.com/Chirvir

Tweet me @chirvir







Saturday, January 21, 2012

तपाइंलाई पनि आयो ?

"तपाईलाई अमेरिकी सरकारले तपाईको मूल देश, तपाईले गर्नुभएको कामको प्रकृति तथा आयलाई ध्यानमा राखेर दश हजार डलर दिने निर्णय गरेको छ । यो रकम कसरी लिन चाहनुहुन्छ ? चेक पठाउने या र्बैकमा जम्मा गर्ने ? तपाईको वर्तमान ठेगाना यो यो हो?” भन्ने भनाईकासाथ आज मेरी श्रीमतिलाई कसैले फोन गर्यो । उनलाई शँका लागेको हुनाले फोन मलाई दिईन् र मैले फोन गर्ने त्यस व्यक्तिलाई सोधेको थिएँ मैले त यस बारेमा कुनै समाचार आदि थाहा पाएको छैन न त सुनेको छुँ । उसले यस्तो कुरा गोप्य राखी २०१० को जनगणनामा उपलब्ध गराईएको आधारमा छानिएको हो । तपाईले मैले दिएको फोन नम्बरमा यथाशक्य छिटो सम्पर्क गर्नु होला । तपाईले ४१२ डलर तिरेपछि उसले तपाईलाई चेक नम्बर तथा कुरियरको ट्र्याकिँग नम्बर पनि दिनेछभन्दै तपाईलाई अरु केहि प्रश्नहरु छन् भनेर सोधेको प्रश्नमा मैले छैन भनेपछि 'तपाईको दिन शुभ होस्' भन्दै फोन विच्छेद भयो । उसका भनाईहरु असाध्य लोभ लाग्दो र आफु साँच्चै नै भाग्यमानी भएको आभास मिल्दथ्यो ।

म सोच्न थालेँ अमेरिकी सरकार आफैँ अर्थको अभावमा रहेको अवस्थामा र चार वर्षदेखी काम नगरी बसेको व्यक्तिलाई के को आधारमा र किन र कसरी दश हजार डलर दिने निर्णय गर्यो ? के यो सम्भव छ ? २० डलर आय करमा कटौती गर्दा त बेस्कन ढ्वाँग फुक्ने अमेरिकी सरकारले दश दश हजार डलर घर बसी बसी कर नतिर्नेलाई दिने निर्णय उदेक लाग्दो र अपत्यारिलो थियो । र यो अरु केहि नभई देखा नपरी सोझाहरुलाई ठग्ने चाल थियो । एक घरबाट ४१२ डलरको हिसाबले दिनको दश घरमात्र ठगियो भने अमेरिकाभरिका घरहरुलाई वर्षभरिको ठगाईको रकम डरलाग्दो देखिन्छ । यस्तो ठगमेल, ठग ईमेल त खुबै आउँथ्यो अब फोनपनि आउन थालेछ । म आफु त सजग भएँ भएँ तर के मजस्तै सबै जना सजग होलान् र ? अन्यथा यो अदृश्य ठगले सोझा साझाहरुलाई ठग्नु ठग्ने छन् । त्यसकारण यो लेखले केहिलाई भएपनि सजग गराउन सफल होला भन्ने ठानेको छुँ ।

यो लेख लेख्नुभन्दा पहिले मैले केन्द्रिय सरकारको एफटिसीमा कम्प्लेन गरी सकेको छुँ । फोन गर्ने व्यक्तिको नाम पिटर ब्राउन थियो भने उसले दिएको फोन नम्बर २०२ ४३६-९६०१ वासिँगटन डिसीको थियो । त्यसकारण तपाईलाईपनि यस्तो फोन आउन थाल्यो भने आफ्नो वैयक्तिक विवरण पटक्कै नदिनु होला बरु उसको सम्पर्क नम्बर, नाम, ठेगाना आदि बटुलेर एफटिसीको नम्बरमा कम्प्लेन गर्नुहोला । यसबाट तपाई आफु ठगीबाट जोगीनुकासाथै अरुपनि जोगिन मद्धत गर्नेछ ।

यसै गरि यसभन्दा अगाडि क्यालिफोर्निया केन्द्रिय अदालतमा हालिएको मुद्धाको प्रतिलिपी हुलाकमार्फत आएको थियो । जसमा बैक अफ अमेरिकाको विरुद्ध कुनै एक तथाकथित वकिलले मुद्धा हालेको थियो । त्यस पत्रको आशय थियो बैक अफ अमेरिकाले आवेदकहरुलाई रिण दिन पक्षपाती गरेको हुनाले सो बैँक बिरुद्ध तपाईको नामपनि सँलग्न गरिनेछ । त्यसकोलागी दुईहजार पाँचशय डलर दस्तुर तिर्नुपर्ने हुन्छ । बैक विरुद्ध अदालतले फैसला गरेपछि तपाई लाखौँ डलरको भागी हुनुहुनेछ । मैले त्यो चिठ्ठि तुरुन्तै च्यातेर फालिदिएँ ।

यसरी कहिले ईमेलबाट, कहिले हुलाकबाट त कहिले फोनबाट लौ तपाईलाई यति यति रकमको चिठ्ठा पर्याे या यसो गर्नुभयो भने तपाईलाई यति ठुलो रकम पाउनुहुनेछ भनेर बिस्तारै जालमा पारेर त्यसकोलागी दस्तुरको रुपमा तपाईसँग पैसा असुल्ने काम भईरहेको छ । यस्तो फोन, ईमेल या हुलाक पाउनुभयो भने तुरुन्त दुत्कारीदिनु होला । हेक्का राख्नुहोस् Nothing is free in Aamerica । यस्तो जान्दा जान्दै अदृश्य ठगले तपाईलाई माथीकोजस्तो लोभमा पार्न सफल भयो भने यो दोष तपाईकै हुनेछ ।