https://twitter.com/Chirvir

Tweet me @chirvir







Saturday, January 5, 2013

बेलायती सरकारको मिचाहापन!


नेपाली सेनाका कर्नेल कुमार लामालाई बेलायती सरकारले पक्राउ गरेर कुटनैतिक सम्बन्धको मर्यादा नाघेको छ | कुमार लामालाई कारवाही गर्ने अधिकार नेपाल सरकारसँगमात्र छ या नेपाल सरकारले अनुरोध नगरेसम्म कुनै पनि देशलाई पक्राउ गर्ने अधिकार छैन |

कुमार लामा के हो, को हो मलाई केहि थाहा छैन | मलाई के मात्र थाहा छ भने उ कुनै एक देश (नेपाल)को नागरिक हो, त्यहि देशको सरकारमा बहालवाला सैनिक व्यक्ति हो | यस्तो बहालबाल...ा अधिकृतलाई बेलायतले नेपाल सरकारको पूर्व अनुमति बिना या पूर्व जानकारीविना पक्राउ गर्नु बेलायती सरकारको मिचाहापन र हेपाहापन बाहेक केहि होइन |

कतिपय व्यक्ति यस घटनाप्रति खुशी मनाएका छन् | तर देशको सार्वभौम र स्वतन्त्रतामा आँच आएको नदेख्ने बुद्धिजीवीहरुको सोचप्रति मेरो खेद छ |

नेपाल सरकारले बेलायती राजदूतसँग यस बारे गरेको विरोध गरेकोमा भने नेपाल सरकारको आँट नै मान्नु पर्छ |

उनले नेपालमा आओवादी युद्धकालीन अवधिमा पदको दुरुपयोग गरेको आरोप लगाएर पक्राउ गरिएको छ | त्यो त नेपालको आन्तरिक मामला होइन र ? के नेपालले लामाको पक्राउ गर्न बेलायती सरकारसँग अनुनय विनय गरेको थियो ? या लामाले बेलायती कानुनको अपहेलना गरेको छो या गरेको थियो ?

एक सार्वभौम नेपालको सचेत नेपाली नागरिक भएको हैसियतले  मैले या घटनाको विरोध गर्ने निर्णय गरेको हुँ |