https://twitter.com/Chirvir

Tweet me @chirvir







Monday, February 20, 2012

यो बाबुराम यस्तै गर्छ !

बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया

फेब्रुअरी १३ का दिन वासिँगटन स्थित नेपाली दुतावासबाट महामहिम राजदुत शँकर शर्माको तर्फबाट सदा झैँ निम्ताको एउटा ईमेल आयो । प्रसँग थियो ६२ औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राजदूत निवासमा हरेक वर्ष झैँ प्रजातन्त्र दिवस मनाउने । अघिपछि ईमेलसँगै फोनबाटपनि निम्ता आउँथ्यो आरएसभिपीकोलागी । सदा झैँ यसपाली पनि जाने मनसुवा बनाएको थिएँ । प्रजातन्त्र दिवसको निहुँमा महामहिम राजदुत, साथीभाई लगायत दुतावासका अन्य कर्मचारी मित्रहरुसँगपनि भेटघाट हुने यो राम्रो अवसर थियो । अन्य केहि मित्रहरुसँगपनि त्यतै भेटौँला भन्ने कुरा भएको थियो । सोमवार परेकोले अफिसको काम सकेर सरासर दुतावास जाने योजना मनमनै बनाएको थिएँ । प्रजातन्त्र दिवस मनाउने दिन चाहिँ फेब्रुअरी २० का दिन बेलुकी ६.३० देखि १०.०० सम्म भनिएको थियो ।

ईमेल आएको ठिक सातौँ दिन अर्को ईमेल आयो र भनिएको थियो पूर्व निर्धारित कार्यक्रम रद्ध गरिएको छ । साथै यसबाट पर्न गएको असुविधाप्रति क्षमा याचना पनि गरिएको छ । त्यस्तै फेब्रअरी १९ कादिन झण्डै एक बजे अपरान्ह पनि दुतावासका कर्मचारी मित्र उद्धवजीलेपनि कार्यक्रम रद्ध गरिएको बारे म्यासेज मेरो भ्वाईस मेलबक्समा छोड्नु भएको रहेछ । उद्धवजीलाई मौखिक रुपमा म्यासेजकोलागी धन्यवाद भन्न नपाएकोले यहाँ 'धन्यवाद' भन्न चाहन्छु ।

जे होस् अचानक मनमा केहि प्रश्नहरु उठे । के कारण परेछ त्यस्तो पूर्व निर्धारित कार्यक्रम रद्ध गरिनुपर्ने ? 'पक्कै महामहिमको अमेरिकी सरकारका पदाधिकारीहरुसँग कुनै महत्वपूर्ण बैठकको टुँगो लाग्यो होला' मनमनै सोचेँ । त्यसका अलावा स्थानिय सँस्थाका कार्यक्रमहरुमा आँखा घुमाउँदै जाँदा सोहि दिन बेलुका ल्यानहयाम मेरील्याण्ड स्थित नेपालीहरुको मन्दिरमा महाशिवरात्रीको अवसरमा पुजा आजाको कार्यक्रम राखिएको रहेछ । मेरो घैँटोमा छ्याँग घाम लाग्यो । ए...यो पो कारण रहेछ । मलाई दुतावासप्रति अपार थप श्रद्धा जाग्यो । महामहिमलाई मनमनै धन्यवाद दिएँ । स्थानिय समुदायसँग कत्रो प्रेम र अनुराग । महामहिमको समुदायमा हुने र भैरहेका विभिन्न सक्रिय सँलग्नतालाई यसले थप बल दियो भन्ने ठानेँ ।

Affiliate Program ”Get Money from your Website” तर यो भ्रम धेरै बेर टिकेन । कुरा अर्कै रहेछ । यो कार्यक्रम त नेपाल सरकारको निर्देशनमा पो रोकिएको रहेछ । ६१ वर्षदेखि निरन्तर मनाईँदै आएको प्रजातन्त्र दिवस हठात रोकिएको रहेछ । न कुनै योजना, न कुनै पूर्व सूचना । जब जब यसबारेमा थप समाचार पढ्न सुन्न पाईयो मनमा अनेक प्रश्नहरु उब्जिए स्वभावतः । यसैक्रममा प्रधानमन्त्रीले प्रतिपक्षी दलहरुलाई जवाफ समेत दिनुपरेको भन्ने समाचारपनि पढियो । प्रधानमन्त्रीले ति दलहरुलाई “कुन दिनलाई राष्ट्रिय दिवस मनाउने भन्ने बारे विवाद रहेको र त्यसको निर्क्यौल नभएसम्मकोलागी प्रजातन्त्र दिवस नमनाएको” भन्ने जवाफ दिए रे ।

Affiliate Program ”Get Money from your Website” विवादित कतिपय कुरालाई स्थगन गरिनु पर्छ भन्ने सोच रहेको मेरो मस्तिष्कले समेत यस कुरामा सकारात्मक बन्न सकेन । त्यो के भने यो प्रजातन्त्र हिजो या पोहोर या परारमात्र मनाउन थालिएको होईन । यो त विगत ६१ वर्षदेखि निरन्तर चल्दै आएको परम्परा हो । राष्ट्रिय दिवसको बारेमा विवाद छ- हो । प्रजातन्त्र दिवस र यसभन्दा निकै कान्छो लोकतन्त्र तथा गणतन्त्र दिवसका विच कुनलाई राष्ट्रिय दिवस मान्ने भन्ने कुरामा निर्क्यौल भएको छैन । तर विवाद छ भन्दैमा यति लामो परम्परालाई ठुनुक्कै पार्नुहुँदैन थियो भन्ने यो मेरो सानो मगजमा खेलिरह्यो । 'यो बाबुराम यस्तै गर्छ' भन्दै यिनि अर्थमन्त्री रहँदाको सँस्कृति र चाल चलनप्रतिको व्यवहार सम्झन पुगेँ । तर तिनि त्यतिखेर असफल भएका थिए । ति निर्णयहरु फिर्ता लिइएको थियो । तर यसपटक त्यस्तो केहि हुन पाएन । प्रजातन्त्र दिवस नमनाउने आकस्मिक निर्णय गरियो, प्रतिपक्षीहरुले विरोध गरे । खत्तम । त्यसो भए के अब प्रजातन्त्र दिवसको अवसान भएकै हो त ? आउँदो वर्ष के हुन्छ? तर यसो नगरी पूर्व नियोजित ढँगबाट र सर्व सम्मत ढंगबाट रोकिएको भए बाबुराम भट्टराईले विरोध खप्नु पर्ने थिएन कि ? यसैगरी विदेशमा रहेका सम्पूर्ण दुतावासहरुले गरेका निम्ताह रद्ध गर्दै निम्तालुहरुसँग परेको असुविधाप्रति क्षमा याचना गर्नु पर्ने थिएन कि ? अनि मन मनै भनें " यो बाबुराम यस्तै गर्छ |"