https://twitter.com/Chirvir

Tweet me @chirvir







Tuesday, March 20, 2012

फेरी चेरी फुल्यो हजुर

बासु श्रेष्ठ


















फेरि चेरी फुल्यो हजुर डि सी रमाइलो
घुम्न जाऔं त्यता लौ न मौसम घमाइलो
मोनुमोण्टको छेउछाउ जेफर्सन  मेमोरियल्
मलको पारीपट्टि त्यस्तै लिङ्कन मेमोरियल्

टाईडल बेसिन वरपर ढकमक्क चेरी
तस्विर खिचौं प्रकृतिको आसन् फेरी फेरी
चिरीविरी रुखमाथि चेरीसगैं चरी
बेसिनको सिरेटोले हान्छ घरी घरी

जल छुने कोशीस गर्छ चेरी तन्किएर   
जल भने दूर भाग्छ त्यसै मस्किएर
हार खाई चेरी हेर्छ आफ्नो रुप जलमा
पल्लव झारी घुर्क्याउँछ  हर पल पलमा

जल, वायु, चेरी सबै खेल्छन् मिलीजुली
नभपनि साथ दिन्छ तालको जलमा मिली
लाग्छ सानो स्वर्गै हो कि मन मोहित पार्ने
बादलको छाँया पर्दा भिन्न भ्रममा पार्ने

मुक्त भई जाडोबाट स्वागत बसन्तको
मुक्त हाँसो फुट्छ सबको हेर्दा अनन्तको
देह खुल्यो मन खुल्यो खुल्यो नभपनि
रङ्ग चढ्यो बसन्तको चढ्यो नशापनि

फुल्छ चेरी हरेक वर्ष चाड जस्तै आउँछ
शिशिर ऋतु विदा गरी वसन्त बोलाउँछ
फेरि चेरी फुल्यो हजुर डि सी रमाइलो
घुम्न जाऔं त्यता लौ न मौसम घमाइलो…

(२००४ को नेपाली पोष्टमा प्रकाशित)

Sunday, March 4, 2012

कुरा के हो ?


विश्वपरिक्रमाको गताँकमा आनन्दराम पौडेलको चिन्तन मनन स्तम्भअन्तर्गत प्रकाशित एक लेख पढदै जाँदा म नराम्ररी झस्किएँ र झस्किएको छुँ र कुरा प्रष्ट नभएसम्म झस्किई रहनेछु । लेखमा भनिएको थियो आनन्दजीका केहि साथीहरु जलेश्वर महात्तरी गएका रहेछन् । र ति जाने साथीहरुले नेपालको भूभागमा रहेको विजुलीका खम्बा खम्बामा भारतीय झण्डा फहराएको देखेछन् । अझ जनकपुर उद्योग वाणिज्य महासँघको कार्यालयमा नै अग्लो झण्डा पोलमा भारतीय झण्डा फहराएको देखेछन् । (यो लेख लेखुन्जेल मैले आनन्दजीसँग सम्पर्क तथा चिनाजान गरेर यसबारेमा बुझ्दा झण्डै दुईमहिना पहिला वहाँका साथी घुम्न गएको बेला देखेका रहेछन् । तर यस्तो सम्वेदनशील विषय किन मिडियामा आएन भन्ने कुराले मलाई घच्घच्याई रहेको छ)
Affiliate Program ”Get Money from your Website” जनकपुरमा मैले सोह्रवर्षसम्मका अधिकाँश भाग बिताएको छुँ । भनौँ म त्यहिँ हुर्केको हुँ । स्कूलकासाथीहरु को कहाँ छन् थाहा छैन तर जनकपुरसँग मेरो आत्मियता रहेको छ । त्यहिँ हुर्केको हुनाले कतिपटक मपनि जनकपुरबाट जलेश्वर हुँदै भारत गएको छुँ । मलाई प्रष्ट नभएपनि अलि अलि त्यस क्षेत्रको सम्झना आयो । दुबैतिर खेतै खेतको विचबाट दुगरेको सडकमा विजुलीका पोलहरु थिए । ति पोलहरु कतिवटा छन् भनेर यात्राको क्रममा गनेकोपनि छुँ । भलै दश एघार पुगेपछि गन्ने काम बन्द हुन्छ । जे होस ति पोलहरुमा अहिले झण्डा त्योपनि भारतको फहराएको छ भन्दा देश साँच्चिकै गैसकेको रहेछ भन्ने लाग्यो यदि यो कुरा साँचो हो भने । अझ सिमाना नजिकका ति बिजुलीका पोलमा फहराईनुको अर्थ के हुन सक्छ ? के यस्तो घटना त्यसै क्षेत्रमामात्र हो या सम्पुर्ण सिमाना क्षेत्रमा यस्तै छ ?
के आनन्दजीले त्यस लेखमा बकवास गर्नुभएको हो ? या वहाँलाई घुमेर आउने ति साथीहरुले बकवास सुनाएका हुन् ? कुरा पत्याई नसक्नु छ तर असम्भवपनि छैन जस्तो लाग्छ बितेका घटनाक्रमहरु हेर्दा । किनभने मधेशवादीहरु भनाउँदाहरुले गरेका बोलेका व्यवहारहरु समाचारमा पढेकै हो, सुनेकै हो । मधेश विरोधमा उठ्ने औला काटिईने धम्की होस् या तीन महिनाभित्र तराई नेपालबाट छुट्टिने भनाईका धम्की होस् । अझ त्योपनि बहालवाला मन्त्रील समेत बोल्नुको पछाडि यिनिहरुको बकवास हो भन्न सकिन्न । कसैको आड या भरोसा नपाए राष्ट्र् विखण्डित गर्ने कुरा यसरी खुलेर बोल्ने हिम्मत गर्ने थिएनन् होला भनेर कसरी आशँका नगर्नु ? त्यसमाथि यस्तैहरुको काँध चढेर बनाएको सरकारले त्यस्ता राष्ट्र् विरोधी वक्ताहरुलाई कारवाहीको कुनै छनक समेत नदिनु जस्ता घटनाले उनिहरुमा हिम्मत बढेको छ भनेर कसरी नभन्नु ?
Affiliate Program ”Get Money from your Website” ईन्दिरा गान्धिले भारतको प्रभाव बढाउन र नेपाललाई कमजोर बनाउन त्यहाँको जातियतामा हात हाल्नुपर्छ भन्ने बुझेर गोर्खा सैनिकका कुनै रिटायर्ड एक गुरुँग र गुरुँगजस्ताहरुलाई दिल्ली बोलाएर मन्त्र पढाएको निकैवर्षपछि माओवादीले जातियतालाई उरालेर अहिले देश मानसिक ढँगबाट विखण्डनमा गई सकेको छैन भनेर कसरी भन्नु ? हेर्नुहोस् http://aa.59.78ae.static.theplanet.com/nepal/article/?id=1263

जस्तोसुकै प्रजातान्त्रिक मुलुक होस् या तानाशाहि मुलुकमा होस् देश विखण्डनको माग पूर्णतया राष्ट्र्घातीको रुपमा लिईन्छ । सँसारकै सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भारतमै पञ्जावकोलागी छुट्टै राज्यकोे माग होस् या विश्वका अन्य कुनैपनि कुनामा यस्तो माग चलेको होस् लाई निरँकुशताकासाथ दबाइएको छ । यहाँ निरँकुशताको अर्थ रक्षात्मक दृष्टिले भनिएको हो । हुन त नेपालमा छुट्टै राज्यको माग लिएर कुनै हतियार उठेका त छैनन् तर भौगोलिक परिस्थितिले गर्दा हतियार नै नउठाई यसलाई पुरा गर्न नसक्लान् भन्ने पनि छैन ।
मञ्चु्रियामा जापानले आधिपत्य जमाउन दशौँ वर्ष लगाएर जापानी सेना या जासुुसहरु हजामको रुपमा पसे । जब सबै परिस्थिति आफ्नो अनुकूल भयो तब जापानले मञ्चुरिया उपर हमला गर्याे । यथेष्ट सँख्यामा जापानीहरु त्यहाँ भैसकेकोले मञ्चुरियाको केहि लागेन र सजिलै जापानको अधिनमा पुग्यो ।
लेण्डुपहरु छैनन । अहिलेको काल, समय र परिस्थितिले लेण्डुप बन्न र बनाउन सजिलो छैन । तर लेण्डुप प्रवृत्ति भने विभिन्न रुप लिएर हाम्रै वरपर घुमिरहेका छन् भन्ने अनुभुति हुन्छ । कतै यसैको परिणति त होईन नेपालको भूभागमा विदेशी झण्डा विना कारण फरफराई रहेको ? आखिर कुरा के हो ?