https://twitter.com/Chirvir

Tweet me @chirvir







Monday, December 2, 2019

पर्यटनमन्त्रीज्यूलाई खुल्ला पत्र


पर्यटनमन्त्री श्री योगेश भट्टराईज्यू
सादर नमस्कार

सबैभन्दा पहिले यो मेरो खुल्ला पत्र तपाईँको सामू पुग्ला नपुग्ला शँकामा छु तर पनि कुनै कुनै माध्यमबाट तपाईँको कानमा भएपनि पर्ने भन्ने आशाले यो खुल्ला पत्र लेख्दै छु

२४० वर्षे राजतन्त्र समाप्तीका साथै देश सँघियतामा गएपछिको पहिलो जननिर्वाचित दुई तिहाई सरकारको दोश्रो पर्यटन मन्त्री हुने मौका पाउनुहुने तपाईलाई ढिलै भएपनि हार्दिक बधाई तथा शुभकामना

यहि सरकारको पहिलो युवा तथा जोशीला मन्त्री रबिन्द्र अधिकारीको असामयिक दुखद निधनपछि रिक्त रहेको सो पदमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट तपाईलाई नेपाल सरकारले योजना तथा घोषणा गरेको भ्रमण वर्ष २०२० सफल बनाउन मनोनित गरिएको हो भन्ने सर्वविदितै यो योजना सफल बनाउन स्व. रबिन्द्र अधिकारी के कसरी लागी पर्नुभएको थियो त्यो पनि सर्वविदितै के पनि सर्वविदित भने पर्यटनमन्त्री पदमा नियुक्त भएपछि तपाईपनि यस योजनालाई सफल बनाउन कम्मर कसेर लाग्नुभएको यसमा हामी सारा नेपालीको सद्भावना साथ रहेको रहनेछ फेरि पनि शुभकामना

तर, के साँच्चै भ्रमण वर्ष सफल होला? तपाईको कम्मरकसाई हाम्रो सद्भावलेमात्र यत्रो कार्यक्रम सफल होला? भन्ने अहम् प्रश्न बेलाबेलामा कमसेकम मेरो मनमा तेर्सिने गर्दछ शायद तपाईको मनमा पनि यि प्रश्नहरु आउँदा हुन् तिनका केकस्तो उत्तर पाउनुहुन्छ तपाई नै जान्नोस् तर मलाई भने केहि कुराका साक्षी तथा प्रत्यक्षदर्शी बनेको आधारमा भ्रमण वर्ष २०२० सफल हुने कुरामा किन किन शँका लाग्न थालेको यस्तो नकारात्मक सोचकोलागी क्षमा माग्दछु तर, यस्ता विषयहरु तपाईसामू ल्याउने आँट गरेको छु अन्यथा लिनुहुने छैन अपितु, समाधान गर्नेतर्फ लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु

) हाम्रो एकमात्र अन्तर्राष्ट्रिय  विमानस्थल यति सानो अव्यवस्थित कि हामीले २०२० मा बीसलाख पर्यटक कसरी धान्न सक्छौँ? गत हप्ता चढेको कतार एयरवेजको बिमान आधाघण्टा आकाशमा होल्ड भयो विमान चालकले एयर ट्रफिक कण्ट्रोलको भनाई उधृत गर्दै दुई पटक हामी होल्डमा छौँ भन्दै हामीसँग क्षमा मागे विमान चालकले हामी अवतरण गर्दै छौँ, आआफ्ना सिटमा पेटी कसेर बस्नुहोला भन्ने अनुरोध पाएका यात्रीहरु जहाज होल्डमा परेपछि सगबगाउन थाले केहिले पेटी फुकाली यताउता गर्नथाले अरु अरु विमान परिचारिकाले हल्का पेय पदार्थ समेत बाँड्न थाले यता विमान काठमाण्डौँको आकाशमा उत्तर दक्षिण गर्दै फन्को मार्न थालेको थियो यो देखेर कैँयौ पटक विमान यात्रा गरि सकेको मेरो मन भित्रभित्र आत्तिन थालेको थियो यदि यसरी घुम्दाघुम्दा विमानको ईन्धन सिद्यियो भने के होला? अथवा अन्ततोगोत्वा जहाज डाईभर्ट भयो भने के होला? बाहिर मलाई पर्खेर बस्नेका मनस्थिति के भयो होला? उनिहरुले निश्चित समयकोलागी ल्याएको भाडाको गाडी के भयो होला? जहाजको अतिरिक्त ईन्धन खर्च भएको क्षतिपूर्ति कसले ब्यहोर्छ होला? अवतरण गर्न ढिलो भएपछि उडानमा पनि असर पर्छ ति उडान भर्ने यात्रुका अन्य कनेक्टिँग फ्लाईटहरु छुटे भने कसले जिम्मा लिन्छ होला ? जस्ता प्रश्नहरु मेरो मनमा बग्रेल्ती आईरहे तर त्यसको उत्तर भने पाईनँ अपितु, त्यसको सामान्य सरल निदान भने मेरा मनमा आईरह्यो त्यो के भने फ्लाईटहरुको चाप कम गरिदिने बरु फ्लाइट सँख्या नै घटाईदिए उडान अवतरणमा सहज हुनेछ एउटा विमानको अवतरण या उडानमा ढिला हुँदा त्यसबाट पर्नसक्ने असरहरु रिपल ईफेक्टमा पनि ध्यान दिईनुपर्छ भन्ने मलाई लाग्छ


नानीभन्दा आची ठुलो भने झैँ (यस उखानकोलागी माफ गर्नुहोला) यति सानो विमानस्थलमा अवतरण तथा उडानका चाप धान्न नसकिने अवस्था हुँदाहुँदै  किन अन्य थप फ्लाईटहरुको स्विकृती प्रदान गरिन्छ? बरु चाप कम गर्न फ्लाईटहरुमा कटौती गरि अवतरण उडानमा सहज गर्नु पो उत्तम हुन्छ अझ मैले आन्तरिक उडानको उल्लेख नै गरेको छैन यि सबैलाई ध्यान दिने हो भने हाम्रो विमानस्थलको अवस्था भयावह नै देखिन्छ

) १०.१५ बिहान अवतरण हुनुपर्ने बिमान बल्ल आधा घण्टापछि अवतरण भयो अध्यागमनको डेस्कमा पुग्न लाईनमा बसियो मेरो अगाडि रहेका चारपाँच विदेशीहरुमध्ये केहिले अध्यागमन प्रक्रिया पुरा गरे यसैबिच कुनै एक एयरलाईन्सका करिब जना क्रूहरुलाई लाईन मिचेर तिनका प्रक्रिया पुरा गरियो त्यसमा एकजना नेपाली राहदानीवाहकले पनि सँगै घुसपैठ गरे मेरा अगाडिका विदेशीहरु अचम्म मान्दै खासखासखुसखुस गर्नथालेको मैले सुनेपनि चुप लाग्नुको विकल्प थिएन मपनि आफैँमा खासखासखुसखुस गरिरहेको थिएँ ति क्रुहरुको पालोपछि मेरा अगाडि रहेको एक विदेशीको पालो के सिद्धिएको थियो, फेरि अर्काथरि क्रुहरु बेलाईनबाट अध्यागमन प्रक्रिया पुरा गर्न थाले अब भने मेरो धैर्यको बाँध फुट्यो तर पनि सँयम हुँदै मैले 'के हामी चाहिँ यसैगरि बसिरहनु पर्ने हो?' भन्ने प्रश्न गरेँ अध्यागमन डेस्कका कर्मचारी जुरुक्क उठेर क्रोधित मुद्रामा 'यो उहाँहरुको लाईन हो' भने मैले, 'यदि उहाँहरुको लाईन हो भने सोहि अनुसार किन साईन नराखेको ? हामी यस डेस्कमा लाईन नै लाग्दैन थियाँ' भनेँ तर, एकछिनको पर्खाईपछि मेरो समेत पालो आयो ति अध्यागमनका कर्मचारीले मलाई कर्के नजर लाउँदै प्रक्रिया पुरा गरे कुरा यत्ति हो अब, हामीले बीसलाख पर्यटक भित्र्याउने सपना बोकेका छौँ यस्तो सामान्य बेथितिले पर्यटकका मनमा कस्तो छाप पर्ला? के कस्तो सन्देश लिएर फर्किएलान् ति पर्यटक फेरिफेरि नेपाल आउलान् नआउलान् यि प्रश्न गम्भीर छन् यिनका स्थायी ठोस उत्तर खोजिनु समाधान गरिनुपर्छ

) अध्यागमन पार गरेपछि भँसारको प्रक्रिया पार गर्न तल जानुपर्ने रहेछ ओहो...त्यो लाईन अनि अव्यवस्थित लाईन ! एकै नजरमा पर्यटकहरुमा कस्तो छाप पर्दो हो के सन्देश लिँदा दिँदा हुन् भन्ने मेरो मनमा फेरि प्रश्न खेल्न थाले घच्चम्घच्चा अनि भेँडाबाख्राका बथान जस्तो भिड छिचोल्दै आफ्नो ब्यागेज लिन सुरक्षाको ढोका भएर जानुपर्ने रहेछ भर्खर जहाजबाट ओर्लिएर आफ्नो ब्यागेज लिन किन सुरक्षाको खुड्किलो पार गर्नुपर्ने हो मैले कुरा बुझिनँ यो अत्यन्त अनावश्यक प्रक्रिया लाग्यो वारी आफ्ना फोन पेटी, घडि, ल्यापटपजस्ता व्यक्तिगत सामानहरु बास्केटमा हाल्दै, एक्सरे मेसिनमा हाल्दै मेटल डिटेक्टर ढोकाबाट छिर्दै थिए कतिबाट मेटल डिटेक्टरबाट आवाज आएपनि तिनलाई अलग राखेर मानवीय जाँच गरिएको देखिएन यसो गर्ने हो भने यो प्रक्रियाको के अर्थ रह्यो के प्रयोजन रह्यो भन्ने मेरा मश्तिष्कमा प्रश्न आईरहे प्रक्रिया पुरा गर्नै पर्यो   त्यसपछि ब्यागेज क्लेम गर्ने ठाउँमा पनि उत्तिकै भिडभाड अब्यबस्थित देखेर अर्को बैराग लाग्यो यो बैराग मेरोलागी थिएन यो बैराग भ्रमणवर्ष २०२० का पर्यटकहरुकोलागी थियो तिनले के भन्दा हुन्? के सन्देश लिँदा हुन्? भन्ने प्रश्नले बराबार हुत्ती खेलिरहे झण्डै ४५ मिनेटपछि मेरा दुबै लगेजहरु आईपुगे बाहिर निस्कँदा मध्यान्हको १२.४५ भएको थियो मलाई लिन बाहिर पर्खेर बसेका मेरा आफन्तजनहरु काकाकूल भैसकेका थिए जुन स्वाभाविक नै हो यसैगरि मसँगै विमानमा हुने सबै यात्रुका आफन्तपनि त्यस्तै पिरलोमा परे तर कसले कसलाई के भन्ने भन्ने प्रश्नको उत्तर कसैसँग छैन कम्तीमा मैले पाईनँ त्यहिँ यो खुल्ला पत्र लेख्छु भन्ने निर्णय गरेको थिएँ त्यहाँ अरु कुनै उपाय थिएन कुनै कर्मचारीको बदमासी या ठगठाग या घुस खाएको देखिएन यो एउटा व्यवस्थाको दोष थियो जाबो सामान्य प्रक्रिया पुरा गरेर बाहिर निस्कन दुईघण्टा लाग्यो के यो अति होईन ?

यहाँ कुनै अधिकृत या तपाईको जवाफ एकैपटक फ्लाईट जुधेर त्यसो भएको हो भन्ने आउन सक्छ तर, यस्तो अवस्थाले निरन्तरता पाएको कति भयो? अनि निरन्तर थपिँदै गएका नयाँ विमान सेवाका उडानहरुले झन् यस्ता समस्यामा बृद्धि नहोला?

विमानमा मसँग रहेका अमेरिकी डाक्टर जो नशा तथा मुटु विशेषज्ञहरुको सम्मेलनमा सहभागी हुन आएका थिए उनले मलाई बडो नैराश्यजनक स्वरमा भने 'यु क्यान नट डु एनिथिँग जष्ट गो विथ फ्लो ।' एक नेपाली हुनाको नाताले यि शब्द मेरालागी लाजमर्दो थियो तपाईलाई कस्तो लाग्छ कुन्नी यि डाक्टर बर्षमा दुई पटक काठमाण्डौँ आउँदा रहेछन् होल्डमा पनि आए पिच्छे परेका रहेछन् त्यसकारण, यो होल्डिँग, भँसार अनि अध्यागमनका प्रक्रियाहरु उनकोलागी नौलो रहेनछ यि डाक्टर आफ्नो पेशा सम्बन्धि कार्यले पो नेपाल आईरहेका छन् तर के कुनै पर्यटक यसरी फेरिफेरि आईरहलान् ? तर जुन छाप यि डाक्टरका मनमा परेको त्यो चाहिँ हामी नेपालीकोलागी लाजमर्दो विषय हो भन्ने हामीले बुझ्नु पर्छ भन्ने मलाई लागेको

अस्वभाविकहरु स्वाभाविक हुनथाले भने त्यो दूर्भाग्य हो माथि उल्लेखित अनुभवहरु बारम्बार आई रहने यात्रुकालागी यस्ता अस्वाभाविकहरु स्वभाविक भएको यो साह्रै दुखद लज्जास्पद कुरा हो

पर्यटकीय दृष्टिले विश्वमा थुप्रै गन्तव्य भएका मुलुकहरु छन् ति मुलुकहरुसँग हामीले स्वच्छ उच्च प्रतिस्पर्धा गर्नु परेको त्यसकोलागी हामीले उच्चस्तरको सेवा सुविधाहरुको व्यवस्था गर्नुपर्छ मात्र हिमाल पहाडका दृश्य या कुनै झाँकिका फोटोहरु देखाएर यो हेर्न हाम्रो मुलुक आउ भन्नु यथेष्ट हुँदैन मात्र अन्तराष्ट्र्रिय उडानहरु थप गरेर हुँदैन मात्र सामाजिक सञ्जाल या सँचारमाध्यमहरुमा फुकेर हुँदैन त्यसभन्दा पहिले हामीसँग यथेष्ट पूर्वाधारहरु, उच्चस्तरका सेवासुविधाहरु तर सस्तो सुलभस्तरमा उपलब्ध हुनुपर्दछ कुनै प्रकारले आकर्षित भएर एक पटक आएका पर्यटक हाम्रालागी अपूर्ण हुन्छ हाम्रालागी ति फेरिफेरि आउन्, आईरहुन् हुनुपर्छ उल्लेखित मैले गरेको अनुभवको आधारमा मलाई कुनै तयारीबिना पाहुनालाई बिहेको निम्तो बाँडेको जस्तो लाग्यो  

भ्रमण बर्ष २०२० आरम्भ हुन लगभग एक महिना बाँकि यो अवधिमा तपाईले केहि गर्नसक्नुहुन्न किनभने यो रातारात गर्न सकिने काम होईन तर, केहि गर्नकोलागी, यथेष्ट सुधार गर्नकोलागी तपाईसँग थुप्रै थप समय भने पक्कै तपाईका सुधारका कार्यहरुले सँसारमा कति व्यक्ति या समुह प्रभावित हुन्छन् भनिरहन पर्दैन बरु कृपया नयाँ बन्ने विमानस्थलको नाम लिएर यसो उसो गर्दैछौँ पनि नभन्नुहोला निर्माण सम्पन्न भएपछि तिनका कुरा बेग्लै हुनेछन् वर्तमानमा हामीसँग जे त्यसको उपयोग, सदुपयोग तथा सुधार के गर्ने हो त्यो मूल विषयको कुरा हो

शुभकामना सहित

@chirvir

Friday, May 18, 2018

मोदी भ्रमणःकारण र परिणाम


बासु श्रेष्ठ
भर्जिनीया

सत्र बर्षसम्म भारतीय प्रधानमन्त्रीको नभएको भ्रमणको क्षतिपूर्ति भारतका बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले चारबर्षको अवधिमा तीन पटक नेपाल भ्रमण गरेर पुरा गरेका छन् । छिमेकी पहिला भन्ने नाराकासाथ सन् २०१४ मे २६ मा भारतको प्रधानमन्त्री पदमा आसिन भएका मोदीले तेश्रो पटक हालै नेपालको भ्रमण पुरा गरे । यद्यपी यो भ्रमणलाई धार्मिक भ्रमणको नाम दिइएको थियो ।

नरेन्द्र मोदीले नेपालको पहिलो भ्रमण सन् २०१४ को अगस्तमा गरेका थिए । त्यसबेला उनले नेपालको सँबिधान सभालाई सम्बोधन गर्ने मौका समेत पाएका थिए । नेपालको आन्तरिक मामिलामा कदापी हस्तक्षेप नगर्ने, नेपालले अबलम्बन गरेको मार्गमा सदा साथ र सहयोग हुने वचन दिँदै पञ्चेश्वर आयोजना लगायत अन्य योजनाकोलागी सहयोगको थैली खोलेर स्वदेश फर्किएका थिए । नेपाली जनताको अपार समर्थन देखेर मोटरकेडबाट ओर्लिएर जनतासँग हात मिलाउन पुगेका मोदी रातारात नेपालीमाझ लोकप्रिय भएका थिए । किनभने उनले दिएका र बोलेका वचनहरु आकर्षक र बिश्वासिलो थियो ।

तर नेपालीहरुको उनीप्रतिको श्रद्धामा स्खलन त्यतिखेर भयो जब उनले नेपालले जारी गर्न लागेको सँबिधानप्रति खुल्ला हस्तक्षेप गरे । २०१५ सेप्टेम्बर २० मा जारी गरिन लागेको सँविधानमा चित्त नबुझाएर हस्तक्षेपकारी दूत पठाएका थिए । सोहि सालको अप्रील महिनामा महाभूकम्पले थलथलिएको नेपाल बिरुद्ध सँविधान जारी भएको तेश्रो दिनदेखी अर्थात सेप्टेम्बर २३ बाट नाकाबन्दी लगाएर पहिलो भ्रमणमा गरेका सम्पूर्ण वाचाहरुलाई तिलाञ्जली दिएर नेपालीको मनमा घृणाका पात्र भए । त्यस उप्रान्त आजसम्म मोदीले नेपालीको सम्मान फिर्ता पाउन सफल भएका छैनन् ।

यहि घृणालाई पखाल्न या भनौँ पश्चाताप गर्नकोलागी उनले ओलीलाई स्थानिय, प्रान्तीय र सँघिय चुनावदेखि प्रधानमन्त्री पदमा नियुक्त भएसम्म पटकपटक फोन गरिरहे । मोदीको यसरी बहुधा फोन पाउने नेपालको पहिलो व्यक्ति ओली नै हुनुपर्छ । अनि सदाको झैँ ओलीलाई भारत भ्रमणको निम्ता दिए । यदि ओली नाकाबन्दीताका झैँ आफ्नो देश, जनता र वचनप्रति पक्का रहेका भए उनले यस पटक आफ्नो विदेश भ्रमण चीनबाट नै गर्ने थिए । सारा नेपालीको विश्वास पनि यहि थियो । तर उनी मोदीको अगाडि नौनी झैँ गले । जे होस्, कुनै कुटनैतिक मर्यादाको बन्धनमा परेर ओली पहिले भारत गए होलान् भन्ने हामी शँकाको लाभ दिउँ । र यसको रेसिप्रोकेटमा तेश्रो पटक मोदीले नेपालको भ्रमण गरे त्यो पनि नवसँविधानले व्यवस्था गरेको नवप्रदेश नम्बर २ को जनकपुरबाट ।

मोदीको भ्रमण जनकपुरबाट हुनुमा पहिलो कारण उनले मधेशवादीहरुलाई खुशी तुल्याउनु नै हो । किनभने नेपालको सँविधानमा शुरुमा रहेको भारतीय असन्तुष्टि भनेकै मधेशवादीहरुप्रतिको समर्थन थियो । र यसकोलागी नेपालमा नाकाबन्दी समेत लगाईयो । तर, सँविधानप्रति आफ्नो कुनै प्रभाव नपरेको तर उल्टै नाकाबन्दीबाट आफुलाई आईलागेको नकारात्मक परिणामले मोदी पछि हट्न बाध्य भए । अपितु उनी मधेशवादीहरुलाई खुशी नै राखेर आफ्नो समर्थन जारी छ है भन्ने उदेश्यले जनकपुरबाट भ्रमण थालेका हुन् भनेर अनुमान गर्न सकिन्छ भने दोश्रो कारणमा उनको जनकपुर भ्रमणको पुरानो अभिलाषा हो । तर, यो अभिलाषापनि राजनैतिक कारणबाट नै प्रेरित थियो भन्ने स्पष्ट छ ।

एक सजग नेपालीको दृष्टिकोणमा मोदीको भ्रमण जनकपुरबाट आरम्भ हुनै हुँदैनथ्यो, विशेषतः अहिलेको अवस्थामा । बिगतका केहि बर्षहरुमा तराईमा जेजति उत्पात भएका थिए र सँविधानको निहुँमा भारतको मधेशप्रतिको सदाशयता स्पष्ट हुँदाहुँदै पनि नेपाल सरकारले मोदीलाई जनकपुरबाट भ्रमण गर्ने स्विकृति दियो । स्विकृति के भन्नु, भारतले पठाएको आईटिनरीमा नेपाल सरकारले हस् भनेर ल्याप्चे ठोक्यो । ओली सरकारले चाहेको भए सुशील कोईरालाले गरे झैँ तर्कसँगत आँट गरेर भारतको यस आईटिनरीलाई अस्विकृत गर्नसक्थ्यो ।

यो स्वागतसम्म त ठिक थियो तर परराष्ट्र् मन्त्रालयले कसले के कहिले र कसरी बोल्ने भनेर प्रदेश उपर कुनै अँकुश या नियन्त्रण लगाउन सकेन । या निर्देशन जारी गर्न सकेन । जसको कारणले उनै विदेशी पाहुना मोदीको अगाडी देशको आन्तरिक मामिलालाई उचालेर लाजको पसारो बनाए मुख्यमन्त्री राउतले । मोदीमा राउतको यो एक प्रकारको उजुरी थियो । यो एक प्रकारको परालम्बनको द्योतक थियो । हामी अझै तिम्रो मुख ताक्दै छौँ है भन्ने सन्देश, अनुरोध या अनुनय विनय थियो । यदि परराष्ट्र् मन्त्रालयले विगतका ईतिहासलाई सम्झिएर सजगताकासाथ पाईला चालेको भए यो अवस्था कदापी आउने थिएन होला । यस्तै विवादको आशँकाको कारणले हुनसक्छ तत्कालिन प्रधानमन्त्री सुशील कोईराला सरकारले मोदीको जनकपुर भ्रमण रद्ध गर्न बाध्य भएको थियो । त्यसबेला त अझ प्रदेश सरकारको गठन भएको थिएन तर मोदी भने दश हजार साईकल लिएर आउँदै थिए ।

प्रकाशित समाचार आदिहरुको आधारमा भन्ने हो भने मोदीको यस पटकको भ्रमणमा जहाँजहाँ मोदी पुगे त्यहाँत्यहाँ सुरक्षाकोलागी भारतीय सुरक्षा दस्ताको बाहुल्यता र प्रधानता रह्यो । यो देशकोलागी अति नै लज्जास्पद र सार्वभौकिताप्रतिको प्रश्न हो । किनभने मोदीको उपस्थिति रहेको विभिन्न स्थानहरुमा प्रेस पास पाएका नेपाली सँचारका पत्रकारहरुलाई निषेध गरिएको थियो भने भारतीय पत्रकार र क्यामेरामेनको भने निर्बाध प्रवेश र छायाँकनको सुविधा पाएका थिए । उदाहरणकोलागी काठमाण्डौँ महानगरपालिकाबाट गरिएको अभिनन्दन समारोहमा नेपाली प्रेस पास पाएका सँचारकर्मीहरुको प्रवेशमा रोक लगाईयो । प्रवेश पास दिने, तर प्रवेश नदिने सरकारको यो दोधारे निति बुझ्न कठिन छ । सरकारले प्रेक्षालयमा स्थानाभावको कारणले रोक लगाईएको भन्ने लँगडो र हाँसो उठ्दो कारण सार्वजनिक गरेको छ । तर प्रश्न के उठ्छ भने राष्ट्रिय सभा गृहको सो प्रेक्षालयमा कति मानिस अट्छन्, को कति कहाँ र कसरी बस्छन् भन्ने योजना नै गर्न सकेको थिएन? विदेशी पाहुनाको अभिनन्दन गर्न सक्नेले यति सामान्य योजना बनाउन नसक्नु लाजमर्दो विषय होईन? यदि योजना अनुसार भएको थियो भने बढि पास कसरी वितरण गरियो? दुबै दृष्टिबाट सरकार र अभिनन्दन समारोहका आयोजक चुकेका छन् ।

त्यसैगरि मुक्तिनाथ पुजाको भिडियो लाईभ रेकर्ड गर्ने अनुमति भारतीय क्यामराले कसरी पायो? के मुक्तिनाथको पुजाको खुल्ला तस्बिर या भिडियो कहिल्यै सार्वजनिक भएको थियो?

अर्को कुरा, नाकाबन्दीको घाउ अझै आलो छ भन्ने देखाउन विवेकशील दलको ललितपुरमा रहेको मुख्य कार्यालयमा एउटा कालो ब्यानर राखियो । मलाई जहाँसम्म लाग्छ यो ठाउँ मोदीको भ्रमणको बाटोमा पर्दै परेन । तर पनि माथिको आदेशमा भनेर प्रहरी आएर त्यो ब्यानर झिक्यो । यसले सरकारको उपस्थिति र सरकारको चनाखोपन त देखियो तर यो चनाखोपन प्रतिगामी, उल्टो र अनुत्पादक थियो । किनभने उता जनकपुरमा मोदीको अभिनन्दन समारोहमा भने फ्रि मधेसको दुईदुईवटा ब्यानर देखाईएको थियो । अर्कोतिर मोदी-ओली बसेका मञ्चमा राष्ट्रिय झण्डाको बिजोग थियो । तर ति ब्यानरधारीहरुलाई कारवाहि या नियन्त्रणमा लिन माथिको आदेश पटक्कै जाँदै गएन न त स्थानिय प्रशासन र प्रहरीले आफ्नोतर्फबाट कुनै सजगता या सक्रियता देखाए ।

अन्त्यमा, भ्रमणको कारण जे भनिए पनि मोदीले नाकाबन्दी ठिक थिएन भन्ने दुई शब्द बोल्ने हिम्मत गरेनन् र नेपालीको पुनः मन जित्ने मौका गुमाए । यता, ओली सरकारले पनि आफ्नै चीन भ्रमणमा बाधा पुर्याउने नियतले भारतले छ्वास्स पठाएको आईटिनरीमा ल्याप्चे हान्दै मोदीको धुमधामसँग स्वागत गरेर नेपालीहरुको ओलीप्रति रहेको सद्भाव कायम राख्ने मौका गुमाए । अब यस्तो नाबालकपनको अबस्था देशमा कहिल्यै नआओस् । छिमेकी पहिला भन्ने नारा लिएका मोदीको छिमेकी नितिबाट छिमेकी राष्ट्र्हरु कति प्रभावित छन् भन्ने कुरा भुटान बाहेक अन्य सबै सार्क राष्ट्र्लाई हेरे पुग्छ । त्यसकारण, मोदी शतप्रतिशत विश्वास गर्न लायकका होईनन् भन्ने देखिन्छ र नेपालले सोहि अनुसार सतर्कता र सजगताकासाथ पाईला चालोस् भन्ने कामना गर्नु अत्यूक्ति नहोला ।