पर्यटनमन्त्री
श्री योगेश भट्टराईज्यू
सादर
नमस्कार
सबैभन्दा
पहिले त यो मेरो
खुल्ला पत्र तपाईँको सामू पुग्ला नपुग्ला शँकामा छु । तर
पनि कुनै न कुनै माध्यमबाट
तपाईँको कानमा भएपनि पर्ने छ भन्ने आशाले
यो खुल्ला पत्र लेख्दै छु ।
२४०
वर्षे राजतन्त्र समाप्तीका साथै देश सँघियतामा गएपछिको पहिलो जननिर्वाचित दुई तिहाई सरकारको दोश्रो पर्यटन मन्त्री हुने मौका पाउनुहुने तपाईलाई ढिलै भएपनि हार्दिक बधाई तथा शुभकामना ।
यहि
सरकारको पहिलो युवा तथा जोशीला मन्त्री रबिन्द्र अधिकारीको असामयिक दुखद निधनपछि रिक्त रहेको सो पदमा प्रधानमन्त्री
केपी शर्मा ओलीबाट तपाईलाई नेपाल सरकारले योजना तथा घोषणा गरेको भ्रमण वर्ष २०२० सफल बनाउन मनोनित गरिएको हो भन्ने सर्वविदितै
छ । यो योजना
सफल बनाउन स्व. रबिन्द्र अधिकारी के कसरी लागी
पर्नुभएको थियो त्यो पनि सर्वविदितै छ । र
के पनि सर्वविदित छ भने पर्यटनमन्त्री
पदमा नियुक्त भएपछि तपाईपनि यस योजनालाई सफल
बनाउन कम्मर कसेर लाग्नुभएको छ । यसमा
हामी सारा नेपालीको सद्भावना र साथ रहेको
र रहनेछ । फेरि पनि
शुभकामना ।
तर,
के साँच्चै भ्रमण वर्ष सफल होला? तपाईको कम्मरकसाई र हाम्रो सद्भावलेमात्र
यत्रो कार्यक्रम सफल होला? भन्ने अहम् प्रश्न बेलाबेलामा कमसेकम मेरो मनमा तेर्सिने गर्दछ । शायद तपाईको
मनमा पनि यि प्रश्नहरु आउँदा
हुन् र तिनका केकस्तो
उत्तर पाउनुहुन्छ तपाई नै जान्नोस् ।
तर मलाई भने केहि कुराका साक्षी तथा प्रत्यक्षदर्शी बनेको आधारमा भ्रमण वर्ष २०२० सफल हुने कुरामा किन किन शँका लाग्न थालेको छ । यस्तो
नकारात्मक सोचकोलागी म क्षमा माग्दछु
। तर, यस्ता विषयहरु तपाईसामू ल्याउने आँट गरेको छु । अन्यथा
लिनुहुने छैन । अपितु, समाधान
गर्नेतर्फ लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
१)
हाम्रो एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल
यति सानो र अव्यवस्थित छ
कि हामीले २०२० मा बीसलाख पर्यटक
कसरी धान्न सक्छौँ? गत हप्ता म
चढेको कतार एयरवेजको बिमान आधाघण्टा आकाशमा होल्ड भयो । विमान चालकले
एयर ट्रफिक कण्ट्रोलको भनाई उधृत गर्दै दुई पटक हामी होल्डमा छौँ भन्दै हामीसँग क्षमा मागे । विमान चालकले
हामी अवतरण गर्दै छौँ, आआफ्ना सिटमा पेटी कसेर बस्नुहोला भन्ने अनुरोध पाएका यात्रीहरु जहाज होल्डमा परेपछि सगबगाउन थाले । केहिले पेटी
फुकाली यताउता गर्नथाले । अरु त
अरु विमान परिचारिकाले हल्का पेय पदार्थ समेत बाँड्न थाले । यता विमान
काठमाण्डौँको आकाशमा उत्तर दक्षिण गर्दै फन्को मार्न थालेको थियो । यो देखेर
कैँयौ पटक विमान यात्रा गरि सकेको मेरो मन भित्रभित्र आत्तिन
थालेको थियो । यदि यसरी
घुम्दाघुम्दा विमानको ईन्धन सिद्यियो भने के होला? अथवा
अन्ततोगोत्वा जहाज डाईभर्ट भयो भने के होला? बाहिर
मलाई पर्खेर बस्नेका मनस्थिति के भयो होला?
उनिहरुले निश्चित समयकोलागी ल्याएको भाडाको गाडी के भयो होला?
जहाजको अतिरिक्त ईन्धन खर्च भएको क्षतिपूर्ति कसले ब्यहोर्छ होला? अवतरण गर्न ढिलो भएपछि उडानमा पनि असर पर्छ र ति उडान
भर्ने यात्रुका अन्य कनेक्टिँग फ्लाईटहरु छुटे भने कसले जिम्मा लिन्छ होला ? जस्ता प्रश्नहरु मेरो मनमा बग्रेल्ती आईरहे । तर त्यसको
उत्तर भने पाईनँ । अपितु, त्यसको
सामान्य र सरल निदान
भने मेरा मनमा आईरह्यो । त्यो के
भने फ्लाईटहरुको चाप कम गरिदिने । बरु फ्लाइट
सँख्या नै घटाईदिए उडान
र अवतरणमा सहज हुनेछ । एउटा विमानको
अवतरण या उडानमा ढिला
हुँदा त्यसबाट पर्नसक्ने असरहरु रिपल ईफेक्टमा पनि ध्यान दिईनुपर्छ भन्ने मलाई लाग्छ ।
नानीभन्दा
आची ठुलो भने झैँ (यस उखानकोलागी माफ
गर्नुहोला) यति सानो विमानस्थलमा अवतरण तथा उडानका चाप धान्न नसकिने अवस्था हुँदाहुँदै किन
अन्य थप फ्लाईटहरुको स्विकृती
प्रदान गरिन्छ? बरु चाप कम गर्न फ्लाईटहरुमा
कटौती गरि अवतरण र उडानमा सहज
गर्नु पो उत्तम हुन्छ
। अझ मैले आन्तरिक
उडानको त उल्लेख नै
गरेको छैन । यि सबैलाई
ध्यान दिने हो भने हाम्रो
विमानस्थलको अवस्था भयावह नै देखिन्छ ।
२)
१०.१५ बिहान अवतरण
हुनुपर्ने बिमान बल्ल आधा घण्टापछि अवतरण भयो । अध्यागमनको डेस्कमा
पुग्न लाईनमा बसियो । मेरो अगाडि
रहेका चारपाँच विदेशीहरुमध्ये केहिले अध्यागमन प्रक्रिया पुरा गरे । यसैबिच कुनै
एक एयरलाईन्सका करिब ९ जना क्रूहरुलाई
लाईन मिचेर तिनका प्रक्रिया पुरा गरियो । त्यसमा एकजना
नेपाली राहदानीवाहकले पनि सँगै घुसपैठ गरे । मेरा अगाडिका
विदेशीहरु अचम्म मान्दै खासखासखुसखुस गर्नथालेको मैले सुनेपनि चुप लाग्नुको विकल्प थिएन । मपनि आफैँमा
खासखासखुसखुस गरिरहेको थिएँ । ति क्रुहरुको
पालोपछि मेरा अगाडि रहेको एक विदेशीको पालो
के सिद्धिएको थियो, फेरि अर्काथरि क्रुहरु बेलाईनबाट अध्यागमन प्रक्रिया पुरा गर्न थाले । अब भने
मेरो धैर्यको बाँध फुट्यो । तर पनि
सँयम हुँदै मैले 'के हामी चाहिँ
यसैगरि बसिरहनु पर्ने हो?' भन्ने प्रश्न गरेँ । अध्यागमन डेस्कका
कर्मचारी जुरुक्क उठेर क्रोधित मुद्रामा 'यो उहाँहरुको लाईन
हो' भने । मैले, 'यदि
उहाँहरुको लाईन हो भने सोहि
अनुसार किन साईन नराखेको त? हामी यस
डेस्कमा लाईन नै लाग्दैन थियाँ'
भनेँ । तर, एकछिनको पर्खाईपछि मेरो समेत पालो आयो । ति अध्यागमनका
कर्मचारीले मलाई कर्के नजर लाउँदै प्रक्रिया पुरा गरे । कुरा यत्ति
हो । अब, हामीले
बीसलाख पर्यटक भित्र्याउने सपना बोकेका छौँ । यस्तो सामान्य
बेथितिले पर्यटकका मनमा कस्तो छाप पर्ला? के कस्तो सन्देश
लिएर फर्किएलान् । ति पर्यटक
फेरिफेरि नेपाल आउलान् नआउलान् । यि प्रश्न
गम्भीर छन् र यिनका स्थायी
ठोस उत्तर खोजिनु र समाधान गरिनुपर्छ
।
३)
अध्यागमन पार गरेपछि भँसारको प्रक्रिया पार गर्न तल जानुपर्ने रहेछ
। ओहो...त्यो लाईन अनि अव्यवस्थित लाईन ! एकै नजरमा पर्यटकहरुमा कस्तो छाप पर्दो हो र के सन्देश
लिँदा दिँदा हुन् भन्ने मेरो मनमा फेरि प्रश्न खेल्न थाले । घच्चम्घच्चा अनि
भेँडाबाख्राका बथान जस्तो भिड छिचोल्दै आफ्नो ब्यागेज लिन सुरक्षाको ढोका भएर जानुपर्ने रहेछ । भर्खर जहाजबाट
ओर्लिएर आफ्नो ब्यागेज लिन किन सुरक्षाको खुड्किलो पार गर्नुपर्ने हो मैले कुरा
बुझिनँ । यो अत्यन्त
अनावश्यक प्रक्रिया लाग्यो । वारी आफ्ना
फोन पेटी, घडि, ल्यापटपजस्ता व्यक्तिगत सामानहरु बास्केटमा हाल्दै, एक्सरे मेसिनमा हाल्दै मेटल डिटेक्टर ढोकाबाट छिर्दै थिए । कतिबाट मेटल
डिटेक्टरबाट आवाज आएपनि तिनलाई अलग राखेर मानवीय जाँच गरिएको देखिएन । यसो गर्ने
हो भने यो प्रक्रियाको के
अर्थ रह्यो र के प्रयोजन
रह्यो भन्ने मेरा मश्तिष्कमा प्रश्न आईरहे । प्रक्रिया त
पुरा गर्नै पर्यो ।
त्यसपछि ब्यागेज क्लेम गर्ने ठाउँमा पनि उत्तिकै भिडभाड र अब्यबस्थित देखेर
अर्को बैराग लाग्यो । यो बैराग
मेरोलागी थिएन । यो बैराग
भ्रमणवर्ष २०२० का पर्यटकहरुकोलागी थियो ।
तिनले के भन्दा हुन्?
के सन्देश लिँदा हुन्? भन्ने प्रश्नले बराबार हुत्ती खेलिरहे । झण्डै ४५
मिनेटपछि मेरा दुबै लगेजहरु आईपुगे र बाहिर निस्कँदा
मध्यान्हको १२.४५ भएको
थियो । मलाई लिन
बाहिर पर्खेर बसेका मेरा आफन्तजनहरु काकाकूल भैसकेका थिए जुन स्वाभाविक नै हो ।
यसैगरि मसँगै विमानमा हुने सबै यात्रुका आफन्तपनि त्यस्तै पिरलोमा परे । तर कसले
कसलाई के भन्ने भन्ने
प्रश्नको उत्तर कसैसँग छैन । कम्तीमा मैले
पाईनँ र त्यहिँ यो
खुल्ला पत्र लेख्छु भन्ने निर्णय गरेको थिएँ । त्यहाँ अरु
कुनै उपाय थिएन । कुनै कर्मचारीको
बदमासी या ठगठाग या
घुस खाएको देखिएन । यो त
एउटा व्यवस्थाको दोष थियो । जाबो सामान्य
प्रक्रिया पुरा गरेर बाहिर निस्कन दुईघण्टा लाग्यो । के यो
अति होईन र?
यहाँ
कुनै अधिकृत या तपाईको जवाफ
एकैपटक फ्लाईट जुधेर त्यसो भएको हो भन्ने आउन
सक्छ । तर, यस्तो
अवस्थाले निरन्तरता पाएको कति भयो? अनि निरन्तर थपिँदै गएका नयाँ विमान सेवाका उडानहरुले झन् यस्ता समस्यामा बृद्धि नहोला?
विमानमा
मसँग रहेका अमेरिकी डाक्टर जो नशा तथा
मुटु विशेषज्ञहरुको सम्मेलनमा सहभागी हुन आएका थिए उनले मलाई बडो नैराश्यजनक स्वरमा भने 'यु क्यान नट
डु एनिथिँग । जष्ट गो
विथ फ्लो ।' एक नेपाली
हुनाको नाताले यि शब्द मेरालागी
लाजमर्दो थियो । तपाईलाई कस्तो
लाग्छ कुन्नी । यि डाक्टर
बर्षमा दुई पटक काठमाण्डौँ आउँदा रहेछन् र होल्डमा पनि
आए पिच्छे परेका रहेछन् । त्यसकारण, यो
होल्डिँग, भँसार अनि अध्यागमनका प्रक्रियाहरु उनकोलागी नौलो रहेनछ । यि डाक्टर
आफ्नो पेशा सम्बन्धि कार्यले पो नेपाल आईरहेका
छन् । तर के
कुनै पर्यटक यसरी फेरिफेरि आईरहलान् र? तर जुन
छाप यि डाक्टरका मनमा
परेको छ त्यो चाहिँ
हामी नेपालीकोलागी लाजमर्दो विषय हो भन्ने हामीले
बुझ्नु पर्छ भन्ने मलाई लागेको छ ।
अस्वभाविकहरु
स्वाभाविक हुनथाले भने त्यो दूर्भाग्य हो । माथि
उल्लेखित अनुभवहरु बारम्बार आई रहने यात्रुकालागी
यस्ता अस्वाभाविकहरु स्वभाविक भएको छ । यो
साह्रै दुखद र लज्जास्पद कुरा
हो ।
पर्यटकीय
दृष्टिले विश्वमा थुप्रै गन्तव्य भएका मुलुकहरु छन् । ति मुलुकहरुसँग
हामीले स्वच्छ र उच्च प्रतिस्पर्धा
गर्नु परेको छ । त्यसकोलागी
हामीले उच्चस्तरको सेवा र सुविधाहरुको व्यवस्था
गर्नुपर्छ । मात्र हिमाल
पहाडका दृश्य या कुनै झाँकिका
फोटोहरु देखाएर यो हेर्न हाम्रो
मुलुक आउ भन्नु यथेष्ट
हुँदैन । मात्र अन्तराष्ट्र्रिय
उडानहरु थप गरेर हुँदैन
। मात्र सामाजिक सञ्जाल या सँचारमाध्यमहरुमा फुकेर हुँदैन
। त्यसभन्दा पहिले हामीसँग यथेष्ट पूर्वाधारहरु, उच्चस्तरका सेवासुविधाहरु तर सस्तो र
सुलभस्तरमा उपलब्ध हुनुपर्दछ । कुनै प्रकारले
आकर्षित भएर एक पटक आएका
पर्यटक हाम्रालागी अपूर्ण हुन्छ । हाम्रालागी त
ति फेरिफेरि आउन्, आईरहुन् हुनुपर्छ । उल्लेखित मैले
गरेको अनुभवको आधारमा मलाई कुनै तयारीबिना पाहुनालाई बिहेको निम्तो बाँडेको जस्तो लाग्यो ।
भ्रमण
बर्ष २०२० आरम्भ हुन लगभग एक महिना बाँकि
छ । यो अवधिमा
तपाईले केहि गर्नसक्नुहुन्न । किनभने यो
रातारात गर्न सकिने काम होईन । तर, केहि
गर्नकोलागी, यथेष्ट सुधार गर्नकोलागी तपाईसँग थुप्रै थप समय भने
पक्कै छ । तपाईका
सुधारका कार्यहरुले सँसारमा कति व्यक्ति या समुह प्रभावित
हुन्छन् भनिरहन पर्दैन । बरु कृपया
नयाँ बन्ने विमानस्थलको नाम लिएर यसो उसो गर्दैछौँ पनि नभन्नुहोला । निर्माण सम्पन्न
भएपछि तिनका कुरा बेग्लै हुनेछन् । वर्तमानमा हामीसँग
जे छ त्यसको उपयोग,
सदुपयोग तथा सुधार के गर्ने हो
त्यो मूल विषयको कुरा हो ।
शुभकामना
सहित ।
@chirvir
No comments:
Post a Comment