https://twitter.com/Chirvir

Tweet me @chirvir







Thursday, March 31, 2016

एसएलसी नोष्टाल्जिया

एसएलसी नोष्टाल्जिया

बासु श्रेष्ठ

आजदेखि शुरु भएको एसएलसी जाँचले २०३२ सालको माघमा ३१९९८ 'आर' सिम्बल लिएर जनकपुरको सरस्वती हाई स्कुल केन्द्रमा आफुले दिएको जाँचको सम्झना हरेक वर्ष झैँ यसपालीपनि गरायो | फरक, त्यो फलामे ढोका छिर्न जाँच दिएको यस पटक ४० वर्ष ३ महिना भएछ | तरपनि किन हो हिजोमात्र जाडोको कुहिरो छिचोल्दै त्यो जाँच दिन गए झैँ लाग्छ |

जनकपुर शहरको केहि किलोमिटरको दूरीमा तीन हाई स्कुल रहेका छन् | पहिलो, बाह्र बिघाको बाहिर मध्य-पश्चिममा रहेको जानकी हाई स्कुल, दोश्रो बाह्रबिघाको बाहिर उत्तर-पूर्वमा रहेको सरस्वती हाई स्कुल अनि यसै स्कुलको पूर्वपट्टी रहेको पोखरीको पारीपट्टी कन्या हाई स्कुल रहेका छन् | यति सानो परिधि भित्र तीनतीन हाई स्कुल शायदै अन्त कतै होला कि भन्ने लाग्छ | यि तीनै हाई स्कुलका बिच एकापसमा कुन स्कुलको हेड सर कडा छन् र कुन स्कुलबाट धेरै विध्यार्थी पास हुन्छन् भन्ने विषयमा अघोषित प्रतिस्पर्धा थियो | तर, यस विषयमा प्रायशः कन्या स्कुल नै कमजोर देखिन्थ्यो | शायद कन्या स्कुल अलि लिबरल भएकोले हो कि?

२०२८ सालमा लागु भएको नयाँ शिक्षा पद्धतिको हामी दोश्रो ब्याच थियौं | पहिलो ब्याच चितवन र भरतपुरपछि दोश्रो ब्याचको रुपमा धनुषा र महोत्तरी (शायद)मा लागु भएको थियो | धनुषा जिल्लाको पहिलो ब्याच चितवन र भरतपुरसँग आफ्नै प्रकारको अघोषित शैक्षिक प्रतिस्पर्धा थियो | त्यसैले यो ब्याचप्रति हाम्रा गुरुहरुको भरोसा र आश थियो |

मेरो स्कुल थियो जानकी हाई स्कुल र जानकी हाई स्कुलबाट म लगायत झण्डै ६५ जना एसएलसी जाँचमा सम्मिलित भएका थियौं | हाम्रो केन्द्र थियो सरस्वती हाई स्कुल | त्यस स्कुलका हेड सरपनि आफ्नो हेड सर उपेन्द्र झा झैँ सार्है कडा सरमा गनिन्थे | केन्द्रको सुपरिन्टेन्डेट उनै हुने हुनाले हामी अलि थर्कमान नै थियौं |

यो एसएलसीमा नयाँ शिक्षा र पुरानो शिक्षाका दुवै एकै पटक समावेश भएका थिए | परिक्षा हलमा एउटा बेन्चको एक छेउमा नयाँ शिक्षा, अर्को छेउमा पुरानो शिक्षा अनि तिनको ठिक अगाडी र पछाडी विपरित शिक्षा प्रणालीको विध्यार्थी पार्ने गरी सिट प्लान गरिएको थियो | तर मेरो एकजना साथीले मसँग उनको सिट पार्न अर्को ठाउँमा टाँसिएको आफ्नो सिट प्लान उप्काएर म बस्ने बेन्चमा ल्याएर अर्कोसँग साटासाट गरे | उनले पहिले नै मसँग बस्ने र मेरो सहयोग लिने भनेका थिए | ति साथीसँग अरु त अरु सुपरिन्टेन्डेटलेपनि केहि नबोली नदेखे झैँ गरे | म पनि साथीलाई सहयोग हुन्छ भने राम्रै हुन्छ भनेर खुशी नै मानेको थिएँ | फेरी कथम् चिट सार्नु परेको खण्डमा त्यस साथीको आड भरोस पनि हुने भएको थियो | जाँचमा उनले प्राय: सबै विषयको उत्तर मबाट हुबहु सारेको हुनाले या दुवै जना पास या दुवै जना फेल भन्ने मैले अठोट गरिसकेको थिएँ | तर त्यसो भएन |

मेरो स्कुलबाट जम्मा ४ जना मात्र उत्तीर्ण भए | त्यस चारजनामा आफुपनि परेकोमा खुशी नहुनुपर्ने कारण नै थिएन | टेष्टको जाँचमा उत्तीर्ण नम्बरको आधारमा पहिलो, दोश्रो, तेश्रो र चौथो भएकामात्र एसएलसीमा पास भएछन् | त्यसमध्ये एक म परेको थिएँ | मुकुन्द घिमिरे, शत्रुघ्न यादव, अखिलेश सिंहपनि सँगै पास भएका थिए | यसरी टेष्टमा पहिलो र दोश्रो भएका दोश्रो श्रेणी र तेश्रो र चौथो भएका तेश्रो श्रेणीमा पास भयौं | देशभरी कूल विध्यार्थीको ३१.०९% मात्र पास हुनेमा आफु पर्नु भाग्यमानी नै ठान्नु परेको थियो |

तर अर्को वर्ष एसएलसी उत्तीर्ण गर्ने मेरा कतिपय साथीहरु अहिले कोहि अध्यापनमा छन् या कोहि न्यायाधिस भएका छन् त कोहि सम्पादक तथा अन्य सम्मानजनक पेशामा पुगेका छन् | त्यसैले ति साथीहरुको प्रगतिप्रति मलाई गौरवको अनुभूति हुन्छ |

तर दूर्भाग्य, मैले यो जाँच पास गरेको खुशियाली यि साथीहरुसँग मनाउने मौका मिलेन | किनभने जाँचको लगत्तै र रिजल्ट आउनु पहिले नै बुवाको जागीरले गौरतिर हिँड्नु परिसकेको थियो |

एसएलसीको रीजल्ट मैले गौरमा पुगेको केहि महिनापछि असार या साउनतिर थाहा पाएँ | गोरखापत्र आउन दुईहप्ता लाग्ने | त्यसबेला संचारको छरितो एकमात्र माध्यम आवा (आकाशवाणी) महँगो थियो | त्यसकारण गोरखापत्र कुर्नै पर्ने भयो | स्थानीय पुस्तकालयमा संधै जाने गरेकोले एकदिन गोरखापत्र आइपुगेको थाहा भयो | गोरखापत्र हातमा लिएपछि पो सारा शरीर सुस्त, मुटुको चाल तिब्र अनि आँखा रसाएर शरीर कामेजस्तो अनुभव हुन थाल्यो | जाँचमा राम्रै गरेकोले माथिल्लो श्रेणीबाट आफ्नो नम्बर खोज्न शुरु गरेँ | यो क्रममा पहिलो, दोश्रोमा नभेटेपछि आश मार्दै अन्तिममा हेर्दा आफ्नो नम्बर टकरक्क देखें | विश्वास भएन | फेरी हेरेँ | आफ्नै नम्बर हो | फेरी हेरेँ | हो म पास भएछु | अब यसपटक चाहि खुशीले मुटु बाहिर आउला झैं भयो | तुरुन्त पुस्तकालयबाट निस्किएर दौडेर घर गएँ अनि आमालाई यो खबर सुनाएँ | खुशी नहुने कुरै थिएन | आमा सगुनको तयारी गर्न थाल्नु भयो | म भने फेरी एक पटक पुस्तकालय गएर हो कि होइन निर्क्यौल गर्न गएँ | घरबाट दश मिनेटको दूरीमा रहेको त्यो पुस्तकालय र घरको ओहोरदोहोर मैले त्यो दिन कम्तीमा तीनचार पटक गरेँ हुँला |

यस पछि मैले देखेका सपना के कसरी पुरा भए भएनन् कुनै अर्को प्रसँगमा उल्लेख गरुँला | तर आज देखि शुरु भएको एसएलसीले मलाई प्रत्येक वर्ष झैँ माथिका सम्झना ताजा गरिदिएको छ | तपाईकोपनि केहि सम्झना बाँड्ने कि?

हालको एसएलसीको प्रारूप केहि फेरिएको भएपनि यसको महत्व र चर्चा उत्तिकै छ | त्यसैले आजदेखि यो जाँचमा संग्लग्न हुने बहिनी भाईहरु लगायत सबैलाई उज्ज्वल भविष्यकोलागी मेरो शुभकामना |

Friday, March 25, 2016

बिमा भुईचालो

बासु श्रेष्ठ
उडब्रिज, भर्जिनीया


मानिसले कुनैपनि क्रय विक्रय या अन्य कारोबार सबैभन्दा पहिले आफ्नै समुह या समुदायबाट आरम्भ गर्छ । त्यसपछि वस्तु या सेवाको प्रकार र प्रभावले समुदाय या समुह बाहिरपनि त्यस्तो कारोबार हुनपुग्छ । यसको मूल कारण हो भाषा र सम्बन्ध । किनभने कुनै व्यक्तिले केहि वस्तु या सेवा बेचविखन गर्न स्वाभाविकरुपले आफ्नै चिनेजानेका या उसको मार्फत प्रचार प्रसार आरम्भ गर्छ । र यसो गर्दा अन्य भाषाको प्रयोगपनि गर्नुपर्दैन र कारोबार सहज हुन्छ । लिनेदिने दुबैले वस्तुको प्रकार तथा आवश्यकताको आधारमा कारोबार गर्छन् ।


यसरी गरिने कारोबारका वस्तुहरु असल र राम्रापनि हुन सक्छन् भने नराम्रा र नक्कलीपनि हुनसक्छन् । वस्तु या सेवा जेजस्तो भएपनि चिनजानका मार्फत आफु सामु आएपछि नाता या सम्बन्धअनि विश्वसनियताको आधारमा कारोबार हुन्छ । कसैले लोभ लालचमा परेर कारोबार गर्लान् या कसैले राम्रो अध्ययन र अनुसन्धान गरेर निर्णय गर्लान् र सोहि अनुसार वस्तु या सेवाको चर्चा परिचर्चा हुन्छ भई कारोबारमा बृद्धि हुने या खुम्चिने गर्छ ।


प्रसँग हो अहिले अमेरिकी नेपाली समाजमा चर्चामा रहेको जिवन बिमा । अधिकाँश बिमितहरु नेपालीबाट नै ठगिएको अनुभव गर्दै आफ्नो तीतो सामाजिक सँजाल लगायत केहि अनलाईन सँचारका सतहमा पोख्दै आएका छन् । आर्थिक दृष्टिले आज गाहारो भएपनि भविष्य सुनिश्चित हुन्छ भनेर हिजोसम्म ढुक्क हुनेहरु रातारात अनिश्चितताको खाल्डोमा जाकिएको अनुभव गर्दैछन् ।


जिवन बिमालाई लगानी ठानेर त्यसको प्रतिफलको आशा गर्नु नै तिनको अपराध हो भन्दा अतिशयोक्ति नहोला । बिमा र लगानी दुई अलग शब्द, दुई अलग अर्थ लाग्ने र दुई अलग क्षेत्रसँग सम्बन्धन राख्दछ । बिमितहरुले बिमा एजेण्टसँग अधिकाधिक प्रश्न गरेर, यथेष्ट अध्ययन तथा शोध गरेर आफ्नो धनको सुरक्षाको सम्भाव्यता आदिको बारेमा बुझेको भए आज आएर आत्तिनु पर्ने अवस्था आउने थिएन होला । तर माथि नै भनिए झैँ एकै भाषा बोलिने, एकै देशको र एक समुदायको र अझ नजिक या आफन्त व्यक्तिको अनुरोधमा र विश्वासकै आधारमा वस्तु या सेवाको कारोबार गरेकोले यो अवस्था आएको हो । त्यसो भन्दैमा वस्तु या सेवा खराब नै छ भन्नपनि सकिन्न । तर, मानिसहरुमा देखिएको कौतुहलता हेर्दा भने अधिकाँशहरु राम्रोसँग अध्ययन नगरी कारोबार गरेका रहेछन् भन्ने स्पष्ट हुन्छ ।


अर्कातिर, वस्तु या सेवाको बारेमा त्यसरी प्राविधिक प्रश्न गर्ने, जटिलताबारे बुझ्ने, शँका उपशँका निवारण गर्ने भनेको तत्सम्बन्धी ज्ञान भएकाहरुलेमात्र गर्छन् । सामान्य प्रकारका मानिसहरु विक्रेताले जे भन्यो त्यसैको आधारमा कारोबार गर्छन् । त्यसैले विक्रेतामा नैतिक आचरण भएन भने मानिसहरु ठगिन सक्छन् ।


भनिन्छ, पैसाको मुख कालो हुन्छ । त्यसैले पैसाको कारोबार गर्दा यथेष्ट विचार पुर्याउनु पर्ने हुन्छ । एक या दुईपटकको कारोबारको कुरा नभई महिनै पिच्छे अनवरत रुपमा पैसा बुझाई रहनु चानचुने कुरा होईन । त्यसमाथि आफ्नो आम्दानीको ठुलो हिस्सा बुझाउँदै जानु भनेको आफ्नो गाँसबासबाट कटौती गर्नु हो । नेपाली रुपैँयाको दाँजोमा क्रय शक्ति बलियो रहेको एक एक डलरको महत्व बढि हुनेगर्छ । तरपनि भोलीको सुरक्षा या प्रतिफलकोलागी कसैले महिनाको १४०० डलरसम्म तिर्ने गरेको मैले थाहा पाएँ । पछि तिर्न नसक्ने भएपछि केहि रकम घटाईएको भएपनि अब त्यो मासिक रकम त्यस व्यक्तिलाई समस्या हुँदै गएको थाहा पाएको छु । अहिले सबैभन्दा बढि विरोधको स्वर सुनिएको बिमाको मासिक शुल्क कम्तीमा दुईशय पर्ने मैले थाहा पाएको छु । मलाई मेरै नजिकको मित्रले बिमा खरिद गर्न पटक पटक गरेको अनुरोध मैले नकार्दे आएको कारण हो म प्रत्येक महिना त्यति रकम बुझाउन असमर्थ छु भन्ने कुरामा स्पष्ट थिएँ र छु | त्यसैगरी म भविष्यको प्रतिफलतर्फ लालायित भईन र यसलाई मैले लगानीको रुपमापनि कहिल्यै हेरिनँ । साथै म अरुलाई आफ्नो प्रोडक्ट बेच्न सक्ने क्षमता नभएको अर्थात् अरुलाई कन्भिन्स गर्न नसक्ने तथा ठान्दै यसलाई पन्छाउँदै आएँ ।


तर, मैले गरेको सोच या सावधानी तथा सजगता नगर्नेहरु आज अन्यौलको भूमरीमा परेका छन् र काननुी उपचार खोजीरहेका छन् । तर, कानुनको देशमा बसेर आफुले दस्तखत गरेको कागज आफैले राखेर मैले कुरा नबुझी मलाई फलानोले झुक्यायो भन्ने आरोप अपराध प्रमाणित हुन्छ हुँदैन त्यो भविष्यकै कुरा हो । अर्कोतर्फ आफन्त या नजिकको व्यक्ति भएको नाताले करकापमा परेर महिनाको ४-५ शय तिर्ने सम्झौता गरेपनि केहि महिनापछि त्यस सम्झौतालाई रद्ध गरेको भन्नेपनि सुनेको छु । केहि महिना तिरेको पैसा फिर्ता पाए पाएनन् त्यो भने थाहा हुन सकेन । त्यसैगरी, कम्तीमा १२५ डलर खेर गयो भन्नेपनि थुप्रै भेटेको छु ।


तर त्यसो भनेर बिमा कारोबार पटक्कै खराब होईन । बिमाबाट लाभान्वित हुनेहरु थुप्रै छन् । सबैलाई थाहा भएकै कुरा हो बिमा भनेको आफुलाई आईलाग्न सक्ने सम्भावित आपतकालिन आर्थिक सँकटबाट बच्ने उपाय हो । थोरैथोरै तिरेर आफ्नो आर्थिक अवस्थालाई सहयोगी हुनु पक्कै राम्रो कुरा हो । अमेरिकामा कतिपय बिमा अनिवार्य हुन्छन् जस्तै हालै अमेरिकी सरकारले लागु गरेको स्वास्थ्य बिमा जसलाई ओबामा केयरपनि भनिन्छ लगायत गाडि बिमा तथा घर बिमा । तर जिवन बिमा चाहिँ ऐच्छिक हो । तर लगानी भने पक्कै होईन । खराब के हो भने यसकोलागी तिरिने चर्को मासिक प्रिमियम र यसको बारेमा विस्तृत जानकारीको अभाव र अज्ञानता । यसको प्राविधिकता, यसको विशालता र जटिलताबारे पूर्ण ज्ञानको अभावमा बिमा एक समस्या नै हुनसक्छ जसरी अहिले धेरै नेपालीहरुलाई अनुभव भई रहेको छ । तर यो भन्दापनि जटिलता मासिक प्रिमियमले उत्पन्न गरेको हो ।


पिरामिड व्यवस्था अन्तर्गत चर्को मासिक प्रिमियमले एजेण्टलाई बढि फाईदा पुग्ने भएकोले स्वभावतः एजेण्टले ग्राहकलाई पिरामिड व्यवस्थामा चर्कै प्रिमियममा सदस्य बनाउँछ । यो उसको धर्म हो । पेशा हो । नियत हो । बिमा सम्बन्धि पूर्णतया जानकारी नलिई एजेण्टबाट देखाईएको प्रतिफलको प्रलोभनमा पर्नु ग्राहककै कमजोरी हो भन्न सकिन्छ ।


यहि अज्ञानता र अन्यौलका कारण यो विषय दिन पर दिन जनचासोको विषय बन्नाको मूल कारण हो सम्बद्ध व्यक्ति वा सँस्थाबाट हालसम्म कुनै स्पष्टोक्ति सार्वजनिक नहुनु ।


त्यसकारण, यदि बिमा बिक्रेताहरुले समयमा नै उचित ढँगले सम्बोधन गरेको खण्डमा अहिले बिमितहरुमा देखिएको व्यापक जनचासो अनावश्यक ठहरिन पनि सक्छ । हुनसक्छ कतिपयले लहैलहैको भरमा नै 'म ठगिएँ' भन्ने सोचेका होलान् । त्यसकारण, यथाशिघ्र यो अन्यौल निर्मूल गर्ने जिम्मा बिमा बिक्रेताहरुको नै हो ।

विशेष गरि नेपाली समुदायमा पिएफएको ज्यादा चर्चा भएको अहिलेको यो सन्दर्भमा पिएफए र यिनका एजेण्टहरुको दायित्व हुन आउँछ । मैले यो सँस्थासँग आबद्ध केहि मेरा मित्रहरुसँग यसबारे चासो राख्दा अहिलेसम्म कारोबार गरिएका कुनैपनि बिमाहरु शतप्रतिशत ठिक छन् र कसैलाई झुक्याईने काम गरिएको छैन भन्ने जवाफ पाएँ । 'त्यसो भए समाजमा भएका अन्यौलको बारेमा किन मौन रहेको त
?' भन्ने पश्नको उत्तरमा 'आफुलाई यस बारे बोल्ने अख्तियार नभएको' भन्ने जवाफ यस लेखकले पायो ।


मैले व्यक्तिगत तवरले अनुभव गरेको एउटा प्रसँग केपनि हो भने पिएफएको वेबसाईट तथा यिनका एजेण्टहरुको फेसबुक या वेबसाईटमा अध्ययन गर्दा कुन बिमित व्यक्तिले कहिले कति बिमाको फाईदा कसरी पायो भन्ने जानकारी भन्दापनि कसरी बढिभन्दा बढि आय आर्जन गर्ने भन्ने नै बढि प्रचार प्रसार गरिएको पाईएको छ । जसको सोझो अर्थ हुन्छ, तपाई पैसाको श्रोत खोज्नुस् र धनी बन्नुस् ।

Saturday, October 10, 2015

भारतके प्रधानमन्त्री मोदिजीको खुला पत्र

भारतके प्रधानमन्त्री मोदिजीको खुला पत्र

मोदिजी
नमस्कार

पिछले साल जब आप नेपाल आए थे तो हम नेपालियोँके लिए ऐसा लगा था कि वरषोँके बाद कोई अपना मेहमान अपना घर आया हो । क्युँकि भारतकी तरफ से लगभग १८ सालके बाद नेपालके भ्रमण करनेवाले आप पहले थे । हमलोगोँको ऐसा लग रहाथा कि भारत ऐसा देश है जो हमेँ छोडकर कहिँ दूर चलागया हो । लेकिन आपके आनेसे बहार सि आ गयी थी । हमलोग महिनोँतक आपकि भुरीभुरी प्रशँसा करते रहे । हमलोग बोले 'नेता हो तो ऐसा हो । अब देखना भारतकी विकास किस तरह से होता है और साथसाथ नेपालकी भि विकास उसी तरह होगी ।' सब एसे मीठे सपनेमेँ खोने लगे ।

लेकिन २०१५ कि अप्रिल महिनेकि महाभूकम्प ने नेपालको ऐसा हिला दिया कि थोडीसि चल रही देश जहाँकी तहाँ बैठ गयी । बहुतसे लोग मारे गए । बहुतसे लोग घायल हुए । बहुतसे लोग अपाँग हुए । नेपालकी पुरानी सम्पदा और धरोहर नष्ट हुआ । लेकिन ईस आपातकालिन समयमेँ भारतने ऐसा हात थामा ज्यूँ कोई हमसफर ने गिरते हुए दुसरा हमसफरका हात थामता हो । भारतकि सहृदयता और सहयोग लगायत विश्वकि अन्य देशोँकी मदतसे नेपाल थोडि सी चलमला उठी ।
ईसी प्रसँगमे नेपालको सहायत करने के लिए बहुराष्ट्र्यि सहयोग सम्मेलन दिल्लीमे करने सुझाव नेपालको मिली । परन्तु नेपालने ईसे सावधानी से मना करदिया । मना करना जायज था । क्योँकि बात नेपालकी थि । दिल्लीकि नहिँ थी । शायद यह बात आपको चुभ गयी । खैर आपने कुछ नहिँ बोला । शुक्रिया ।

दुसरी बार जब आप सार्क सम्मेलनमे भाग लेने हेतु नेपाल आरहेथे तब आप ने नेपालकी तराई होकर आनेकि बात कि । वह चाहना भि नेपालने हौले से मना करदिया । क्योँ कि ईसमे नेपाल सरकारको कुछ बदबु सा महसुश हुआ होगा । परन्तु आप कुछ नहिँ बोले । सार्क सम्मलेनमे बहुत अच्छे से भाषण दिए । सबका मन फिर जीतलिया । नेपाललियोँको डर था कहिँ आपकी नाराजगी बाहर न आए । लेकिन आप ऐसे दूरदर्शी निकले कि ईसबात कि जिकर तक नहिँ कि । फिर एकबार शुक्रिया ।

मगर ईस दुसरी भ्रमणके समयमेँ आपने जरुर कुछ ऐसा कहा जो नेपालीयोँके लिए कुछ सोचने कि बात थि । आपने कहा नेपालमेँ आरहे सँविधान सबकि सहमति से बनेगी । यह कुछ बात थि जो नेपालीयोँ ने अपनी भौँ खडे किया था । पर आपकि शालिनता और पहलेवाला भ्रमणका असर समझकर कोई नेपाली ने कुछ नहि कहा । अपितु ईसे आपकी सदाशयता समझ चुप बैठा ।

बहुत से लोग मारे जाने के बाद
, बहुत से उँचनिचके बाद, बहुत से राजनैतिक उतारचढावके बाद, अरबोँ रुपये बहानेके बाद, करिब आठसालके बाद नेपालके सँविधान सभाने बहुमतकेसाथ पारित किया हुआ सँविधान सितम्बर २० मेँ जारी किया गया । कहाजाता है कि यह सँविधान विश्वमे एक कहलानावाला सँविधान है । क्युँकि ईसमे समावेशी, महिलामैत्री, दलित आदि सबका उल्लेख कर अधिकार सुनिश्चित किया गया है । ईस सँविधानने बैठे हुए नेपालको चलनेमे मदत करेगा, ऐसी नेपालीयोँकि राय है । विना सँविधानके देशमेँ रहते सब नेपाली उगता चुके थे । क्योँकि ईसकि अनुपस्थितिमेँ बहुत से भ्रष्टाचार, हिँसा और असुरक्षा महशुस होता जा रहा था ।
परन्तु हमेँ यह सुनकर बहुत आश्चर्य हुआ कि यस सँविधानकेपति आपका सहमति नहिँ रहा । आपने यहाँ तककि अपनी विदेश सचिवको भेजकर सँविधान जारी करनेका दिन रोकनेको कहा । सँविधान सभासे पारित हो चुका सँविधानको बदलना कैसे मुमकिन था । यह कोई उपन्यास तो था नहिँ जो प्रकाशकको पसन्द नआनेपर कुछ बदलियाँ किया जाए । यह सँविधान तो एक बहुत पुरानी और सार्वभौम और स्वतन्त्र राष्ट्र् नेपालका अपनी कमाई थी, अपनी लिखाई थी । ईसमे कोई और दुसरोँको हस्तक्षेप करने क्या अधिकार है? क्या भारतकि आन्तरिक मामलेमेँ कोई बोले, यह भारतको पसन्द आएगी? ऐसेहि बात लागु होती है नेपालकेप्रति भि ।

चलिए मान लिया आपने सँविधानप्रति अपनी सहमति नहिँ दिखाई । बश । बात आई बात गई होती । क्योँकि यह सँविधान नेपालमेँ लागु हो रहिथी । भारतमे नहिँ । सो आपकि नाराजगी आपके साथ । मगर
, बात तो तब बिगडती नजर आई जब नेपाल आनेवाली सारा सामान जिसमे खाद्य पदार्थ, ईन्धन, दवा, उद्योगका कच्चा पदार्थ सब बोर्डरमे रोक दिया गया । यह कहाँका सलुक है? किसने दिया आपको यह अधिकार? रुका हुआ सामानमे नेपालकी पसीनेकी कमाई पडी है । आज १८ दिन हो चुके है नेपाल काकाकुलमेँ पडे हुए । बोर्डरमेँ रुके हुए वह सामान जो हरदिन बिगडति जारही है उसका जिम्मेवार कौन होगा? बेचारा नेपालका व्यापारी या आप?

आप जानते हँै नेपाल भारतपर कितना आश्रित है
? युँ कहिए कि नेपाल भारतसे दैनिक उपभोगकेलिए सारि वस्तुएँ खरिदती है । यहाँतक कि घरमेँ पोतनेवाली चुना भी आपकि भारतसे मगाते हैँ नेपालीलोग । चावल, दाल, नमक, तेल, पेट्रेल, गैस, दवा, मेकअपकि वस्तुएँ । ऐसा समझिए नेपाल न हो तो भारतकि उत्पादनकि २५ प्रतिशत उत्पादनमेँ किडे पर जाएँ । पर भारतकि उद्योगमे नेपालका ईस तरहका योगदानको आप क्यो नहिँ समझ रहे हैँ । कहा जाता है कि आश्रितोँको और सहायता करनी पडती है । लेकिन आप है कि उल्टे हि दबोचते जा रहे हैँ ।

क्या नेपालने हमेशा भारतका कहा मानना पडेगा
? क्या नेपालको आपलोग एक स्वतन्त्र राष्ट्र् जो दुनियाकी किसीसेभी कोईभी किसिमका सम्बन्ध या समझदारी कर सकनेवाली नहिँ लगता? आखिर नेपालसे आपलोगोँको किस बातका डर है । क्या कभी नेपालने आपके विरुद्ध कोई हतियार या आवाज उठाई है? नहिँ । फिर आपलोग नेपालको अपनी पकडमे रखना क्योँ चाहते हैँ? पकड हि नहिँ आपलोग नेपालको दबोचना चाहते हैँ ।

कभीकभी तो मुझे ऐसा भि लगता है कि नेपाल भारतकी ऐसी विवी है जो कमरेमे कैद करके रखा हुआ है । पतिको जब मर्जी आई कमरेमे घुस गया
, उससे सम्भोग किया । न उसे कहिँ बाहर जानेकि ईजाजत है, न उसे किसीसे बोलने कि ईजाजत है । क्या आप नेपालको ईसी तरह समझते हँै? अगर समझते हँै तो कृपया ऐसा समझना छोड देँ तो अच्छा है ।
भाषणोँमे तो आप बहुत अच्छे बोल लेते हैँ । मार्क जुगरबर्गकेसाथ आप जिसदिन सामाजिक सँजाल और अपनी माँके बारेमा बडेबडे और गहन बात कररहेथे उस समय नेपाल ईन्धन, राशन और दवाके विना छटपटा रहि थि । यह आपको ऐहसास नहिँ हुआ मोदीजी? मानलिया आप देशसे बाहर थे । आपको पता नहिँ चला । लेकिन अब तो आप स्वदेश लौट चुके हैँ। फिरभी आपकी चुप्पी क्युँ है । किधर गया आपकी वह बोली जब नेपालमेँ दर्द होगा तो हमेँभी दर्द होगा? क्या वह सब मिथ्या बोली थि?

हमेँ विश्वास करना मुश्किल हो रहा है कि आप वहि मोदि हो जिसने नेपालमेँ भूचाल आनेकि कुछ हि घण्टेमेँ सहायता भेज दिया था । हमेँ विश्वास नहिँ होता आप वहि मोदि हो जिसने नेपालके पहले सँविधान सभामेँ ऐसी मैत्रीपूर्ण भाषण दिया था कि सब नेपाललियोँ के मनम आप धर गए । मगर यह अचानक बदलाव क्योँ । ईसलिए कि नेपालने आपका कहा हुआ जैसी सँविधान नहिँ बनाया
? आपका कहा हुआ जैसा सँविधान किस देशमा है कृपा करके बतादेँगेँ? दूर क्योँ जाएँ । भारतमे हि नहिँ है आपका कहा हुआ जैसा सँविधान । अगर हुआ होता तो सोनिया गाँधी नहिँ होती प्रधानमन्त्री? आपको और भारतीयोँको मालुम है दुनियामेँ ऐसा कहिँ नहिँ होता है । फिर नेपालमेँ क्यो हो?

मोदिजी
, तराई मधेशमे हो रहि आन्दोलनको हम सम्हालेँगे । यह हमारा अपनी समस्याएँ है । हमलोग यहाँ भितर एक आपसमे लड भि सकते हँै और मिल भि सकते हैँ । ईसमे कोई भी तिसरी पक्ष आना स्वाभाविक नहिँ हैँ और बेहतर भि यही है । भारतमेँ ऐसी जातिय समस्याएँ बहुत है । क्या नेपालने कभी कुछ बोला है? क्योँ कि नेपाल अपनी पडोसीको समझती है । आदर करती है । वरना दार्जिलिँगमे हुए गोर्खाल्याण्ड आन्दोलनको नेपालकी सहायता न होती? लेकिन आपलोग नेपालके तराई मधेशके मुद्धेमे खुदको घसिट रहे हैँ । यह कैसी रवैया है?

सो भारतके प्रधानमन्त्रीजी
, आपको हमारा विशेष अनुरोध है कि नेपालके मामलेसे कृपा करके सदाके लिए अपना हाथ उठा लिजिए । हम ईधरके नेताओँको सम्हाल लेँगे ।
धन्यवाद ।