https://twitter.com/Chirvir

Tweet me @chirvir







Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Thursday, November 18, 2010

गीत

वेदना बोकि, तिमिलाई छोडी, गएँ म विदेश
धैर्यले बस्नु, घर सम्हाली राख्नु, आउनेछु फर्केर

तनमात्र उता, मन सँधै यता हुनेछ बुझ्नु है
सम्झना मेरो सताए तिम्लाई तस्विर हेर्नु है
वियोग सदा टिक्दैन भनि जानेर राख्नु  नि
यै अर्ति सम्झी मनमा गुनी हाँसेर बस्नु  नि

परको देशमा म कामकाजी लेखुँला चिठ्ठि है
बरोबर चिठ्ठि आएन भने धैर्यले बसे है
बाबा र आमा छोरा र छोरी छन् तिम्रै सहारा
म भने हुन्छु पराई देशमा सम्झना सहारा

धनको खेती गर्नेछु त्यहाँ साह्रै नै मन दिई
स्वदेशमै गर्ने ईक्षा त थियो कर्मैले नदिई
जाँदैछु उता बाध्यतावश केहि दिनलाई भनेर
नपुगीकनै बस्नेछु आउने दिन सँधै गनेर

वेदना बोकि तिमिलाई छोडि गएँ म विदेश
धैर्यले बस्नुघर सम्हाली राख्नु आउनेछु फर्केर