हामी, बाँसबारी छाला जुत्ता कारखाना र माओ |
आज डिसेम्बर २६ माओ त्से तुड़्गको जन्मदिनपनि
रहेछ। त्यसैले उनि सम्बन्धि आफ्नो बाल्यकालको सम्झना आयो।
शायद २२ २३ सालको कुरा हुँदो हो। बाँसबारी छाला जुत्ता कारखाना चीनको सहयोगबाट भर्खर सॅचालनमा आएको थियो। यो कारखाना मेरो घरबाट पाँच मिनेटको दूरीमा थियो। कारखाना पुग्न त्यसको दक्षिणपट्टि रहेको चौर भएर जानु पर्थ्यो। त्यहि चौरको पश्चिमपट्टि भने पर्खाल लगाईएको थियो। त्यस पर्खालभित्र चीनबाट छाला कारखाना सॅचालनकोलागी सहयोगार्थ आएका चिनिया कर्मचारीहरु बस्थे।

यो जुत्ता कारखाना संचालनमा आएपछि हामी
बाँसबारीका वासिन्दामा भने दुर्गन्ध त्रासले वास गरेको थियो | विशेष गरि बेलुका
खान खान बस्दा कारखानाबाट आलो छालाहरू प्रशोधन गरिंदा त्यसबाट निस्किएको दुर्गन्ध घरघर
पसेर आतंक झैँ मच्चिन्थ्यो | त्यसकारण त्यस समय भन्दा अगाडी या पछाडी खाने पनि
गर्नु पर्थ्यो | तर जतिबेला खाएपनि दूर्गंधको प्रकोप भने रही नै रहन्थ्यो | अर्को कुरा
कारखानाको पछाडी त्यसै फालिएका कम नलाग्ने आलो छालाहरु भुस्याहा कुकुरहरुले घर घर
बोकेर आउँदा अर्को दूर्गंध आतंक फैलने गर्थ्यो | यो भयो हामी टोलवासीहरुले भोग्नु
परेको भोगाई |
कतिले त छाला गन्हाउने टोलमा घर? भनेर होच्याउने
या जिस्काउने गर्थे | तर यो बाँसबारी अहिले छुन नसकिने भएको छ जग्गाको हिसाबले |
यसका साथै यस कारखानाले जुत्ता संस्कारमा ल्याएको
परिवर्तन र आर्थिक देनपनि उत्तिकै छ | धनीमानीहरुले मात्र लगाउने या विदेशको विशेष
गरि बाटा जुत्ताको बजार रहेको शहरहरुमा विस्तारै बाँसबारी जुत्ताले प्रतिस्थापन
गर्न खोज्यो | त्यसैगरी जुत्ता नलगाउनेहरुकोलागि पनि किफायती या सस्तो भएकोले
लगाउने चलन बढ्दै जान सहयोग पुर्याएको थियो | यसले देशको आर्थिक ढुकुटीमा पक्कै
मद्दत गरेको थियो होला भने रोजगारीको समस्यापनि केहि हदसम्म कम नै गरेको थियो होला
| लौ, कुरा अन्तै तिर पो लाग्न थाल्यो | जे होस्, प्रसंगमा फर्कौं |
हामी भुराहरु त्यो चौरमा खेल्न जाँदा ति चिनिया कर्मचारीहरुले खानकोलागी पाउरोटिहरु दिने गरेर हामीलाई पल्काएका थिए| त्यसको साथै माओको सा...नो तक्मा देखि हत्केलाभन्दा ठुला तक्माहरुपनि दिने गर्थे। हामी ति तक्मा असाध्य रमाईलो मान्दै ओजपूर्ण लगाएर घर, स्कुल आउजाउ गर्थ्यौं। हामीलाई के र किन तक्मा लगायौं भन्ने विषयमा रत्तिपनि ज्ञान थिएन। अपितु त्यो एक बाल लहड या फैसनमात्र थियो।
थप तक्मा पाउने अर्को कारणपनि थियो। हाम्रो घरको उत्तरपूर्व पाँच मिनेटको दूरीमा रहेको पाखोमा एक विशाल बरको रुख थियो। यस रुखमा चील, गिद्ध, कागहरुको नियमित बास हुन्थ्यो। यहाँ आएर मेरो केहि साथी विशेष गरी विष्णु यि चील, गिद्ध या काग गुलेली हानी मार्ने या घाईते बनाएर ति चिनियाहरुलाई दिन लग्थे। पुरस्कार स्वरुप भनौँ जेसुकै वापत होस् ति तक्माहरु पाउॅथे। साथमा हामीलेपनि पाउँथ्यौं। अनि कसको तक्मा ठुलो या धेरै छ भन्ने एक प्रकारको प्रतिस्पर्धा हुन्थ्यो।
२४सालमा मैले काठमाण्डौ छोडें । अनि २८ सालमा फर्किॅदा यि तक्माहरु ईतिहास भैसकेका रहेछन्। कसैले घरमा लुकाएर राख्ने बाहेक कसैको छातिमा देखिएन। जनकपुर जाँदा छोडिएका ति मेरा तक्माहरु २८ सालमा फर्किॅदा खै गर्ने बुध्दि र स्मरण पक्कै थिएन । तर, अहिले सम्झॅदा शायद घरकाहरुले फालि दिएको हुनुपर्छ भन्ने मलाई लाग्छ।
र ति तक्मा त्यसरी फालिनु या ईतिहास हुनुको कारण अहिले सम्झिॅदा पक्कै सरकारले बन्देज लगाएको हुनुपर्छ । यसलाई अलि गहिरिएर अहिले बिचार गर्दा मलाई के लाग्छ भने चिनिया सरकारको सहयोगमा बनेको त्यो ऐतिहासिक जुत्ता कारखाना नेपाल सरकारको स्वामित्वमा नआएसम्म चिनिया कर्मचारीहरुले गरेको क्रियाकलापलाई नरोक्ने। तर, कारखाना नेपाल सरकारको स्वामित्वमा आएर चिनियाहरु फर्किने बित्तिकै ति तक्माहरुमा बन्देज लगाईने ध्येय थियो होला र सोहि मुताबिक गरिएको हुनुपर्छ भन्ने अनुमान गर्छु म ।
कारखाना ईतिहासको गर्भमा गएपनि कारखानाको त्यस भवनमा अहिले गड़ूगालाल अस्पतालले बास गरेको छ। चिनिया बस्ने ति क्वार्टरहरुमा अस्पतालका कर्मचारी बस्दा हुन्। चील गिद्ध बस्ने त्यो बुढो रुख अझै छ, तर ति विस्थापित भएर विचरा भएका छन्।

जे होस्, अहिल ति दिन सम्झिंदा चीनले माओको कति
प्रचार प्रसार गरेका रहेछन् भन्ने सानो उदाहरणको रुपमा यसलाई लिन सकिन्छ | हामीभन्दा
जेठाबाठाहरुले माओका रेड बुकहरु कति पढे हुन् | र कालान्तरमा आएर देश त माओकै
नाममा द्वन्दमा समेत पर्यो | भलै यो द्वन्द मेरो बाल्यकालको सम्झनासँग कुनै
तादात्म्य राख्दैन |
माओको जन्मदिन आजै परेकोले प्रसंगवस नोस्टाल्जिक भई
यो सानो संस्मरण बाँड्न चाहें |
No comments:
Post a Comment