बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया
सन् १९९७ को कुरा हो महिना चै विर्सेँ । सन् १९९४ मै अमेरिका आईसकेको मैले सरोज खनालपनि टेक्ससको अमेरिका पसे रे भन्ने सुनेँ । सरोज खनाललाई व्यक्तिगतरुपमा नचिनेको, उनको एउटै चलचित्र नहेरेको भएपनि उनको बारेमा भने मैले सुने पढेको थिएँ । यस हिसाबले उनी नेपाली चलचित्र जगतमा र नाट्य क्षेत्रमा चर्चित र स्थापित व्यक्ति थिए । केहि महिनापछि उनी भर्जिनीया सरेको सुनेँ । त्यसैताका हाम्रो अपार्टमेण्टमा हरि शिवाकोटी न्यूयोर्कबाट आएर बसेका थिए । उनले सरोज खनाललाई भेट्न जान राईड मागे । मलाईपनि सरोज भेट्ने लालसा भएकोले हुन्छ भनेर राजेश चालिसेको अपार्टमेण्टमा गयाँै । नेपालको चर्चित कलाकार, मात्र पढेको भरमा बुझेका व्यक्ति र थुप्रैका फ्यान सरोज खनाल आफ्नो अगाडि पाउँदा हो र भने जस्तै भयो । चिनाजान, कुराकानी, खानपानको क्रममा जब उनी यतै बस्नेगरी आएको थाहा पाएँ मैले उनलाई सोधेको थिएँ यस्तो व्यक्ति किन यहाँ? उनले दिएको जवाफ अझै मेरो कानमा गुँजीरहेको छ र शायद गुँजिई रहने छ । मेरो प्रश्नको जवाफमा उनले भनेका थिए ‘म जति माथि पुग्नुपर्ने थिएँ त्यहाँ पुगेँ र त्यहाँबाट झर्न नपरोस् भनेर त्यसलाई छोडेर म यता आएको हुँ ।’
रहँदाबस्दा सरोजको घरमा आउने जाने लगायत व्यक्तिगत सम्बन्ध नै कायम हुनपुग्यो । सरोजसँगको सम्बन्धलाई मैले सदा गौरवकासाथ लिएको छुँ । समुदायका विभिन्न कार्यक्रम लगायत उनी आफैँ सामेल भएको युनाईटेड नेपालकोतर्फबाट गरिने कार्यक्रमहरुमा सहभागिताको कारण भेटघाट जारी नै रहन्थ्यो । यहि भेटघाटको क्रममा उनकी धर्मपत्नी सूर्यमाला शर्मासँगपनि स्वाभाविक रुपले चिनजान भएपछि उनीप्रति मेरो सम्बोधन सदा भाउजु नै रह्यो । र केपनि थाहा भयो भने अमेरिकाको बसाईमा भाउजुको रत्ती मन छैन । मात्र सरोजको करबलले अमेरिकी बसाई लम्बिएको रहेछ । अन्ततगोत्वा, सरोज नेपाल फर्किए र यसबारे थुपै समाचारहरु प्रकाशित भए र उनीसँग सम्बन्धित कुनैपनि समाचार बनि नै रहेको छ । र हालै कान्तिपुरमा प्रकाशित ‘सूर्यमालाका कारण पश्चाताप’ शिर्षकको एक समाचारमा सरोजले गरेका कुरा सत्य हुन् भन्ने मलाई लाग्छ ।
मलाई लाग्छ सरोजमा कलाकारिताको पुट भएकोले उनी कलाकारिता बिना आफु अधुरो ठान्छन् । उनी मौका पाउने वित्तिकै आफ्नो कला प्रदर्शन गर्न कदापी पछि हट्दैनन् । यहाँसम्म कि साहित्यकार वसन्त चौधरीको काव्य यात्रा कार्यक्रममा समेत कवितामा अभिनय गरेर दर्शकलाई मनोरँजन दिए भने आफ्नो चाहनाको तुष मेटे । तर त्यहाँपनि कान्तिपुरको समाचारमा झैँ भाउजु सूर्यमालाको उपस्थिति थिएन ।
१७ १८ वर्षको अमेरिकी बसाईपछि उनले स्थायी रुपले नेपाल फर्किने निर्णय गरे । तर त्यसको मतलब उनले अमेरिकालाई परित्याग गरे भनेर बुझ्नु गलत हुनेछ र नेपालका धेरै मिडियाले यसै अनुरुप बुझेर समाचार प्रसारण गरे । पाठकलेपनि स्वभाविकवश सोहि बुझेर केहि नमीठा, तीता तर भद्र विरोधको आवाजपनि उराले । उनी चाहे अमेरिकाको ग्रीनकार्ड होल्डर हुन् चाहे अमेरिकी नागरिक भईसकेका हुन्, नेपाल बस्ने या अमेरिका बस्ने उनको निजी विचार र अधिकार हो । हामीले त उनीबाट के लिने र के सिक्ने भन्नेमात्र कुरा हो ।
थुप्रै अरुजस्तै सरोजपनि अमेरिका पसे । किनभने यो देश नै यस्तै छ । क्यानाडा लगायत अन्य देशका थुप्रै गायक तथा कलाकारहरु हलीउडमा जमेका छन् । धेरैले ग्रीनकार्ड लिएका छन् । युवा गायक जस्टिन विवर समेत क्यानाडाका हुन् र अमेरिकी ग्रीनकार्ड होल्डर हुन् । त्यसैगरी हलिउडका थुप्रै कलाकारहरु जस्तै आर्नाेल्ड, चार्लिज थेरोन, ब्रुस विलिस, सिल्भस्टर स्टालन लगायत विख्यात गायक कार्लाेस् सान्तना, ग्लोरिया स्टेफन, जन लेनन अनि बब मार्लेहरु समेत अमेरिकामा सरेका छन् । त्यसकारण कलाकारले जहाँ जसरी आफुलाई प्रदर्शन गर्ने मौका पाउँछ त्यहाँ त्यसैगरी रमाउन दिनुपर्छ ।
सरोजका छोरा बुहारी यतै छन्, भविष्यमा सन्तान वृद्धि पक्कै होलान र तिनलाई भेट्न या अमेरिकी सरकारको तर्फबाट पाउने सुविधा उपभोग गर्न पनि अवश्यै समय समयमा आई नै हाल्छन् । १६ १७ वर्ष अमेरिकाको सेवा गरे वापतको कानुनतः पाउने सुविधा लिनु सरोजको अधिकारको कुरा हो । फरक कति भने उनको अधिकाँश समय अब नेपालमा वित्ने भयो । अर्थात १७ १८ वर्षको अवधिमा उनी छोटो समय नेपाल जान्थे भने अब छोटो समयकोलागी अमेरिका आउँछन् होला । उनले अमेरिका छोड्ने अघिल्लो दिन मसँग फोनमापनि भनेका भनेका थिए ‘यो वर्षको अन्तिममा आउने छु ।’
देश प्रेम देशको सिमानाभित्र बसेरमात्र हुन्न । देश छोड्नेले देशको माया गर्न पाउने अधिकार हुन्न भन्नु परिवारको माया लाग्यो भन्दैमा तिनलाई छोडेर कहिल्यै कतै नजा भन्नु हो । जुन कदापी सम्भव छैन । परिवारको माया लाग्दैमा लालनपालन भरणपोषणको समस्या समाधान हुँदैन । माया लाग्यो भनेर घर नछोड्न सम्पन्न हुनुपर्याे, होईन भने जागीर या व्यवशाय गर्न घरबाट निस्कनु पर्याे । त्यसको व्यवस्था गर्न घरको धुरी छोड्नै पर्छ । सामान्य चराचुरुँगी या जनावरहरु त परिवारको पेट भर्नकोलागी गुँडगुफा छोडेर निस्कन्छन् भने हामी त मानिस हौँ । त्यसैले देश छोड्नु अलि ठुलो परिवेश हो भने गुँडगुफा या घर छोड्नु सानो परिवेश हो । तर कुरा एकै हो ।
अमेरिकामा लामो बसाई गरेर नेपाल फर्कने थुपै्र छन् । कतिपय अमेरिकामा राम्रो पदमा राम्रो तलब भएपनि नेपाल फर्किएका छन् । तिनको चर्चा कहिल्यै भएन । किनभने उनिहरु सर्वसाधारण हुन् । चर्चा त चर्चित व्यक्तिको नै हुन्छ । जसरी सरोजको भएको छ । तर एउटा कुरा निर्धक्क के पनि भन्न सकिन्छ भने ति सबै फर्किनेहरु नेपालमा आफ्नोलागी कुनै न कुनै अवसर देखेर या पाएरै गएका हुन् । देशभक्तिकोमात्र कारण भने पक्कै होईन । यो तीतो स्तयपनि हो । त्यति हुँदाहुँदै अमेरिकाको तुलनामा नेपालमा भोग्नु पर्ने असुविधाहरुलाई बेवास्ता गर्नुपनि एक प्रकारको आँट नै हो भन्ने मलाई लाग्छ ।
अमेरिकाको स्थायी बासिन्दा भएपछि दुबै देशमा पालोपालो आउने जाने गर्ने थुप्रै नेपालीहरु छन् । त्यसकारण सरोजलेपनि त्यसो गरे भन्दैमा कसैले अन्यथा लिनु पर्दैन । बरु सरोजको कलाकारिता हेर्न पाईयो भनेर खुशी मनाए हुन्छ भने हामी अमेरिकावासीहरु उनको सँगत र कलाकारिताबाट बँचित भयौँ भन्छौ । तर समय समयमा भेट भईहाल्छ भनेरपनि ढुक्क छौँ । सरोज र सूर्यमाला दुबैको कलाकारितामा अभिवृद्धि होस् भन्ने कामना ।

No comments:
Post a Comment