बासु
श्रेष्ठ
उडब्रिज,
भर्जिनीया
अमेरिका
मैले
कतै पढेको या सुनेको थिएँ । त्यो के भने, हिरोशिमा र नागाशाकिमा अमेरिकाले विध्वँसकारी
दुई बम खसालेपछि तहसनहस भएको जापानलाई अमेरिकाले केकस्तो सहयोग चाहिन्छ भनेर
सोधेको जवाफमा हामीलाई प्रविधि देउ, त्यसैको भरमा हामी उठछौँ भनेको थियो रे । कुरो
कत्तिको सत्य हो ईतिहास खोतले थाहा भईहाल्छ । तर कुरोको चुरो भने सान्दर्भिक छ
हाम्रो देश नेपालको सन्दर्भमा ।
नेपालमा
गएको दुई विध्वँसकारी भूकम्पले जेजति हानी नोक्सानी गर्यो त्यो सबैको सामू छ । यो
नोक्सानको मौद्रिक रुपमा राष्ट्र्यि योजना आयोगले खर्ब रुपैयामा परिणत गरेको छ ।
राष्ट्र निर्माण गर्न लम्केका हातहरु पुननिर्माण, पुनस्र्थापनामा लाग्नु पर्ने भएको छ ।
त्यसकोलागी सरकारले सारा शक्ति राष्ट्र्हरुको सामू हात फैलाएको छ । टोपी खोलेर
विश्वसामू थापेको छ । जसरी भूकम्प लगत्तै पिडितहरु सरकार या अन्य सहयोगको मुख
ताकेर बसेका थिए त्यसैगरी अहिले नेपाल विश्वसामू मुख ताकेर बसेको छ ।
दैवी
प्रकोपले ध्वस्त भएको देशलाई बाह्य सहयोग अपरिहार्य हुन्छ । त्यसमाथि नेपालजस्तो
विश्वको गरीब राष्ट्र्हरुको नेतालाई त झन् चाहिने नै हुन्छ । तर यस्तो सहयोग
कतिसम्मकालागी या कुन कुन क्षेत्रकालागी भन्ने प्रश्न चाहिँ अहम् ठहरिन्छ । तर
बुझ्नुपर्ने के हो भने सहयोग भनेको सदाकालागी होईन । यसको समय र सीमा हुन्छन् ।
दिनेले दिई रहन सक्दैन । त्यस्तै माग्नेलेपनि मागीरह्यो भने उ पिडित नभई माग्ने
ठहरिन्छ । कतै हामी माग्नेतर्फ उन्मुख त भएका छैनौँ?
यसै
मेसोमा भर्खर सम्पन्न भएको 'नेपालको पुनर्निर्माणकालागी अन्तर्राष्ट्रिय
सम्मेलन २०७२' मार्फत नेपालले झण्डै चारशय अर्ब रुपैँयाको सहयोगको वचन पायो ।
हामी दँग छौ सहयोग ओईरिएकोमा । तर यो सहयोगको उपयोग कसरी हुन्छ भन्ने कुरामा हामी
अर्थात योजनाकारहरु कत्तिको सचेत र सजग छन् उनै जानुन् । शुन्य भ्रष्टाचारको
आधारमा जनता तथा सहयोगी राष्ट्र्हरुको मन जितेर प्राप्त सहयोग शतप्रतिशत योजनामा
कार्यान्वयन हुन्छ कि हुँदैन । उनै जानुन् । तर जनताकोमाझ भने शँकाको अवस्था सँधै
नै रहिरहनेछ । भ्रष्टाचारको शिखर चढ्दै गरेको र विश्वसनियता गुमाउँदै गएका अस्थिर
सरकार तथा कर्मचारीतन्त्रले मन, वचन र कर्मले काम गरेर ति दागहरुको सफाई गर्ने
मौका भने यहि हो ।
तर,
मलाईचाहिँ
सबैभन्दा वेश के लाग्थ्यो भने माथि जापानले भनेको प्रसँग नेपालले विश्वकासामू उठाएको
भए कति राम्रो हुन्थ्यो? नगदको सट्टा प्रविधि मागिनुपथ्र्याे भन्ने मलाई
लागेको छ । यसरी पाएको प्रविधिले देश आत्मनिर्भर हुन धेरै समय लाग्दैनथ्यो । पाएको
सोहि प्रविधिका उत्पादनहरु सहयोग दिने तिनै राष्ट्र या अन्य राष्ट्र्हरुमा निर्यात
गर्न सकिन्थ्यो । उनिहरुका प्रविधि, उनिहरुकै देशमा आयात गरेर नेपालजस्तो देशलाई
सहयोग गर्न पाउँदा पक्कै खुशी नै हुने थिए होलान् । केहि वर्षपछि नेपाल आत्मनिर्भर
भएको देखेपछि उनिहरुका आत्मालेपनि शान्ति पाउँदा हुन्, आफुले गरेको सहयोगप्रति गौरव गर्दा
हुन् ।
तर,
हामीले यो सबै
मौका गुमायौँ । र फगत टोपीमा परेको सहयोगमा हामी आत्मनिर्भरको विपरित
परनिर्भरोन्मुख भईरहेका छौँ । यसरी पैँचो मागेको खुट्टाले हामी कति दिन हिँड्न
सक्छौँ कुन्नी ।
(हिमालखवर २०-२६ असार, २०७२ मा प्रकाशित)
(हिमालखवर २०-२६ असार, २०७२ मा प्रकाशित)
No comments:
Post a Comment