https://twitter.com/Chirvir

Tweet me @chirvir







Monday, February 20, 2012

यो बाबुराम यस्तै गर्छ !

बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया

फेब्रुअरी १३ का दिन वासिँगटन स्थित नेपाली दुतावासबाट महामहिम राजदुत शँकर शर्माको तर्फबाट सदा झैँ निम्ताको एउटा ईमेल आयो । प्रसँग थियो ६२ औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राजदूत निवासमा हरेक वर्ष झैँ प्रजातन्त्र दिवस मनाउने । अघिपछि ईमेलसँगै फोनबाटपनि निम्ता आउँथ्यो आरएसभिपीकोलागी । सदा झैँ यसपाली पनि जाने मनसुवा बनाएको थिएँ । प्रजातन्त्र दिवसको निहुँमा महामहिम राजदुत, साथीभाई लगायत दुतावासका अन्य कर्मचारी मित्रहरुसँगपनि भेटघाट हुने यो राम्रो अवसर थियो । अन्य केहि मित्रहरुसँगपनि त्यतै भेटौँला भन्ने कुरा भएको थियो । सोमवार परेकोले अफिसको काम सकेर सरासर दुतावास जाने योजना मनमनै बनाएको थिएँ । प्रजातन्त्र दिवस मनाउने दिन चाहिँ फेब्रुअरी २० का दिन बेलुकी ६.३० देखि १०.०० सम्म भनिएको थियो ।

ईमेल आएको ठिक सातौँ दिन अर्को ईमेल आयो र भनिएको थियो पूर्व निर्धारित कार्यक्रम रद्ध गरिएको छ । साथै यसबाट पर्न गएको असुविधाप्रति क्षमा याचना पनि गरिएको छ । त्यस्तै फेब्रअरी १९ कादिन झण्डै एक बजे अपरान्ह पनि दुतावासका कर्मचारी मित्र उद्धवजीलेपनि कार्यक्रम रद्ध गरिएको बारे म्यासेज मेरो भ्वाईस मेलबक्समा छोड्नु भएको रहेछ । उद्धवजीलाई मौखिक रुपमा म्यासेजकोलागी धन्यवाद भन्न नपाएकोले यहाँ 'धन्यवाद' भन्न चाहन्छु ।

जे होस् अचानक मनमा केहि प्रश्नहरु उठे । के कारण परेछ त्यस्तो पूर्व निर्धारित कार्यक्रम रद्ध गरिनुपर्ने ? 'पक्कै महामहिमको अमेरिकी सरकारका पदाधिकारीहरुसँग कुनै महत्वपूर्ण बैठकको टुँगो लाग्यो होला' मनमनै सोचेँ । त्यसका अलावा स्थानिय सँस्थाका कार्यक्रमहरुमा आँखा घुमाउँदै जाँदा सोहि दिन बेलुका ल्यानहयाम मेरील्याण्ड स्थित नेपालीहरुको मन्दिरमा महाशिवरात्रीको अवसरमा पुजा आजाको कार्यक्रम राखिएको रहेछ । मेरो घैँटोमा छ्याँग घाम लाग्यो । ए...यो पो कारण रहेछ । मलाई दुतावासप्रति अपार थप श्रद्धा जाग्यो । महामहिमलाई मनमनै धन्यवाद दिएँ । स्थानिय समुदायसँग कत्रो प्रेम र अनुराग । महामहिमको समुदायमा हुने र भैरहेका विभिन्न सक्रिय सँलग्नतालाई यसले थप बल दियो भन्ने ठानेँ ।

Affiliate Program ”Get Money from your Website” तर यो भ्रम धेरै बेर टिकेन । कुरा अर्कै रहेछ । यो कार्यक्रम त नेपाल सरकारको निर्देशनमा पो रोकिएको रहेछ । ६१ वर्षदेखि निरन्तर मनाईँदै आएको प्रजातन्त्र दिवस हठात रोकिएको रहेछ । न कुनै योजना, न कुनै पूर्व सूचना । जब जब यसबारेमा थप समाचार पढ्न सुन्न पाईयो मनमा अनेक प्रश्नहरु उब्जिए स्वभावतः । यसैक्रममा प्रधानमन्त्रीले प्रतिपक्षी दलहरुलाई जवाफ समेत दिनुपरेको भन्ने समाचारपनि पढियो । प्रधानमन्त्रीले ति दलहरुलाई “कुन दिनलाई राष्ट्रिय दिवस मनाउने भन्ने बारे विवाद रहेको र त्यसको निर्क्यौल नभएसम्मकोलागी प्रजातन्त्र दिवस नमनाएको” भन्ने जवाफ दिए रे ।

Affiliate Program ”Get Money from your Website” विवादित कतिपय कुरालाई स्थगन गरिनु पर्छ भन्ने सोच रहेको मेरो मस्तिष्कले समेत यस कुरामा सकारात्मक बन्न सकेन । त्यो के भने यो प्रजातन्त्र हिजो या पोहोर या परारमात्र मनाउन थालिएको होईन । यो त विगत ६१ वर्षदेखि निरन्तर चल्दै आएको परम्परा हो । राष्ट्रिय दिवसको बारेमा विवाद छ- हो । प्रजातन्त्र दिवस र यसभन्दा निकै कान्छो लोकतन्त्र तथा गणतन्त्र दिवसका विच कुनलाई राष्ट्रिय दिवस मान्ने भन्ने कुरामा निर्क्यौल भएको छैन । तर विवाद छ भन्दैमा यति लामो परम्परालाई ठुनुक्कै पार्नुहुँदैन थियो भन्ने यो मेरो सानो मगजमा खेलिरह्यो । 'यो बाबुराम यस्तै गर्छ' भन्दै यिनि अर्थमन्त्री रहँदाको सँस्कृति र चाल चलनप्रतिको व्यवहार सम्झन पुगेँ । तर तिनि त्यतिखेर असफल भएका थिए । ति निर्णयहरु फिर्ता लिइएको थियो । तर यसपटक त्यस्तो केहि हुन पाएन । प्रजातन्त्र दिवस नमनाउने आकस्मिक निर्णय गरियो, प्रतिपक्षीहरुले विरोध गरे । खत्तम । त्यसो भए के अब प्रजातन्त्र दिवसको अवसान भएकै हो त ? आउँदो वर्ष के हुन्छ? तर यसो नगरी पूर्व नियोजित ढँगबाट र सर्व सम्मत ढंगबाट रोकिएको भए बाबुराम भट्टराईले विरोध खप्नु पर्ने थिएन कि ? यसैगरी विदेशमा रहेका सम्पूर्ण दुतावासहरुले गरेका निम्ताह रद्ध गर्दै निम्तालुहरुसँग परेको असुविधाप्रति क्षमा याचना गर्नु पर्ने थिएन कि ? अनि मन मनै भनें " यो बाबुराम यस्तै गर्छ |"

Saturday, January 21, 2012

तपाइंलाई पनि आयो ?

"तपाईलाई अमेरिकी सरकारले तपाईको मूल देश, तपाईले गर्नुभएको कामको प्रकृति तथा आयलाई ध्यानमा राखेर दश हजार डलर दिने निर्णय गरेको छ । यो रकम कसरी लिन चाहनुहुन्छ ? चेक पठाउने या र्बैकमा जम्मा गर्ने ? तपाईको वर्तमान ठेगाना यो यो हो?” भन्ने भनाईकासाथ आज मेरी श्रीमतिलाई कसैले फोन गर्यो । उनलाई शँका लागेको हुनाले फोन मलाई दिईन् र मैले फोन गर्ने त्यस व्यक्तिलाई सोधेको थिएँ मैले त यस बारेमा कुनै समाचार आदि थाहा पाएको छैन न त सुनेको छुँ । उसले यस्तो कुरा गोप्य राखी २०१० को जनगणनामा उपलब्ध गराईएको आधारमा छानिएको हो । तपाईले मैले दिएको फोन नम्बरमा यथाशक्य छिटो सम्पर्क गर्नु होला । तपाईले ४१२ डलर तिरेपछि उसले तपाईलाई चेक नम्बर तथा कुरियरको ट्र्याकिँग नम्बर पनि दिनेछभन्दै तपाईलाई अरु केहि प्रश्नहरु छन् भनेर सोधेको प्रश्नमा मैले छैन भनेपछि 'तपाईको दिन शुभ होस्' भन्दै फोन विच्छेद भयो । उसका भनाईहरु असाध्य लोभ लाग्दो र आफु साँच्चै नै भाग्यमानी भएको आभास मिल्दथ्यो ।

म सोच्न थालेँ अमेरिकी सरकार आफैँ अर्थको अभावमा रहेको अवस्थामा र चार वर्षदेखी काम नगरी बसेको व्यक्तिलाई के को आधारमा र किन र कसरी दश हजार डलर दिने निर्णय गर्यो ? के यो सम्भव छ ? २० डलर आय करमा कटौती गर्दा त बेस्कन ढ्वाँग फुक्ने अमेरिकी सरकारले दश दश हजार डलर घर बसी बसी कर नतिर्नेलाई दिने निर्णय उदेक लाग्दो र अपत्यारिलो थियो । र यो अरु केहि नभई देखा नपरी सोझाहरुलाई ठग्ने चाल थियो । एक घरबाट ४१२ डलरको हिसाबले दिनको दश घरमात्र ठगियो भने अमेरिकाभरिका घरहरुलाई वर्षभरिको ठगाईको रकम डरलाग्दो देखिन्छ । यस्तो ठगमेल, ठग ईमेल त खुबै आउँथ्यो अब फोनपनि आउन थालेछ । म आफु त सजग भएँ भएँ तर के मजस्तै सबै जना सजग होलान् र ? अन्यथा यो अदृश्य ठगले सोझा साझाहरुलाई ठग्नु ठग्ने छन् । त्यसकारण यो लेखले केहिलाई भएपनि सजग गराउन सफल होला भन्ने ठानेको छुँ ।

यो लेख लेख्नुभन्दा पहिले मैले केन्द्रिय सरकारको एफटिसीमा कम्प्लेन गरी सकेको छुँ । फोन गर्ने व्यक्तिको नाम पिटर ब्राउन थियो भने उसले दिएको फोन नम्बर २०२ ४३६-९६०१ वासिँगटन डिसीको थियो । त्यसकारण तपाईलाईपनि यस्तो फोन आउन थाल्यो भने आफ्नो वैयक्तिक विवरण पटक्कै नदिनु होला बरु उसको सम्पर्क नम्बर, नाम, ठेगाना आदि बटुलेर एफटिसीको नम्बरमा कम्प्लेन गर्नुहोला । यसबाट तपाई आफु ठगीबाट जोगीनुकासाथै अरुपनि जोगिन मद्धत गर्नेछ ।

यसै गरि यसभन्दा अगाडि क्यालिफोर्निया केन्द्रिय अदालतमा हालिएको मुद्धाको प्रतिलिपी हुलाकमार्फत आएको थियो । जसमा बैक अफ अमेरिकाको विरुद्ध कुनै एक तथाकथित वकिलले मुद्धा हालेको थियो । त्यस पत्रको आशय थियो बैक अफ अमेरिकाले आवेदकहरुलाई रिण दिन पक्षपाती गरेको हुनाले सो बैँक बिरुद्ध तपाईको नामपनि सँलग्न गरिनेछ । त्यसकोलागी दुईहजार पाँचशय डलर दस्तुर तिर्नुपर्ने हुन्छ । बैक विरुद्ध अदालतले फैसला गरेपछि तपाई लाखौँ डलरको भागी हुनुहुनेछ । मैले त्यो चिठ्ठि तुरुन्तै च्यातेर फालिदिएँ ।

यसरी कहिले ईमेलबाट, कहिले हुलाकबाट त कहिले फोनबाट लौ तपाईलाई यति यति रकमको चिठ्ठा पर्याे या यसो गर्नुभयो भने तपाईलाई यति ठुलो रकम पाउनुहुनेछ भनेर बिस्तारै जालमा पारेर त्यसकोलागी दस्तुरको रुपमा तपाईसँग पैसा असुल्ने काम भईरहेको छ । यस्तो फोन, ईमेल या हुलाक पाउनुभयो भने तुरुन्त दुत्कारीदिनु होला । हेक्का राख्नुहोस् Nothing is free in Aamerica । यस्तो जान्दा जान्दै अदृश्य ठगले तपाईलाई माथीकोजस्तो लोभमा पार्न सफल भयो भने यो दोष तपाईकै हुनेछ ।

Thursday, October 27, 2011

मैले लिएको पहिलो राजनैतिक अन्तर्वार्ता: रा. प्र. पार्टी नेपालका अध्यक्ष कमल थापासँगको कुराकानी |
http://www.youtube.com/watch?feature=player_embedded&v=L7zV7uDxhoQ

तपाइँको प्रतिक्रियाको प्रतिक्ष्यामा |