काठमाडौ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशक पदबाट बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले १ सय ८ दिनमा फागुन १८ गते राजीनामा दिएपछि कोइरालाका असहयोगी र भ्रष्ट कर्मचारी, डाक्टर, नर्स को को हुन? भन्ने खोजी सुरु भएको छ। डाक्टर कोइरालाले राजीनामा दिनुपर्ने १२ वटा कारणहरू अर्मूत रूपमा उल्लेख गरेका छन। सहिद गंगालाल हृदय रोग केन्द्र, बाँसबारीलाई दक्षिण एशियाकै नमुना मुटुरोग अस्पताल बनाएका डाक्टर कोइराला शिक्षण अस्पतालमा तीन महिना १८ दिनभन्दा बढी किन टिक्न सकेनन? भन्ने प्रश्न सर्वसाधारणले उठाएका छन। विगत १० बर्षदेखि निरन्तर घाटामा सञ्चालन भइरहेको शिक्षण अस्पतालमा करिब तीन महिनामा कार्यकारी निर्देशक कोइरालाले थुप्रै सुधारका काम गरेको कर्मचारीको दावी छ।
कमिशनतन्त्रमा रमाइरहेका त्रिवि केही उच्च पदाधिकारीदेखि अस्पतालका केही लोभीपापी कर्मचारी, डाक्टर, नर्स तथा प्राध्यापकहरूले नियुक्ति पाएकै दिनदेखि नै उनलाई गम्भीर असहयोग गर्न थालेको अस्पताल परिसरमा भेटिएका कर्मचारीको भनाइ छ। घाटामा गएको अस्पताललाई सुधार गर्ने तथा अस्पतालको गुम्दै गएको साख पुनर्जीवित गर्न सहयोग गर्ने भन्दै नेकपा एमाले र एमाओवादीनिकट कर्मचारी संगठनका नेताहरूले डाक्टर कोइराला नियुक्त भए लगत्तै अस्पतालमा कुनै प्रकारको आन्दोलन नगर्ने लिखित सहमति गरेका थिए। अस्पताल स्रोतका अनुसार, कोइराला नियुक्तिको महिना दिनपछि नै कर्मचारी युनियनका नेतादेखि प्राध्यापक संगठन र डाक्टर्स एशोसिएशनका डाक्टरहरू, प्राध्यापक संगठनका प्राध्यापकहरू कोइराललाई असफल बनाउने रणनीतिमा लाग्न सुरु गरे। कतिसम्म भने डाक्टर कोइरालाविरुद्धको गठबन्धनमा सन्त चिकित्सिक, असल शासनका पक्षपाती मानिएका अर्थोपेडिक विभागका डाक्टर गोविन्द केसी पनि लागेको आरोप लागेको छ। घाटामा गएको र साख गुमेको अस्पताल सुधारका लागि गैरराजनीतिक तथा स्वच्छ छविको व्यक्तिलाई कार्यकारी निर्देशक बनाउनुपर्ने माग राखी आमरण अनशन समेत बसेका केसी कोइरालाविरुद्ध किन लागे? यस भित्रको रहस्यको पनि खोजी हुन थालेका छ।
भगवानविरुद्ध लाग्नेहरू चिन्नुस्
निर्देशक कोइरालालाई राजीनामा गराउन बाध्य पार्ने केही कारण कोइराला स्वम्ले उल्लेख गरेका भएपनि त्यसरी बाध्य पार्नेहरू को को हुन भन्ने चाहिं खुलाएका छैनन्। अस्पतालका सिनियर डाक्टर, प्राध्यापक तथा कर्मचारीबाट उचित सहयोग नपाएको गुनासो डाक्टर कोइरालाले दुई महिना पहिलादेखि नै गर्न थालेका थिए। भगवानको राजीनामा फिर्ता गराउनुपर्ने माग राख्दै आन्दोलन तथा हस्ताक्षर अभियानमा लागेका अस्पतालका इमानदार, कर्तब्यनिष्ट कर्मचारी, नर्स, डाक्टरहरू पनि भगवानविरुद्ध लाग्नेको नाम भन्न चाहँदैनन। तर, अस्पताल स्रोतका अनुसार, कोइरालाले नियुक्ति पाएकै दिनदेखि विरोधमा उत्रिनेहरूको समूह भने ठूलो थियो। पूर्व कार्यकारी निर्देशक केपी सिंहको नेतृत्वमा सुरु भएको भगवान विरोधी रणनीतिमा अर्थोपेडिक विभागका डाक्टरहरू बढी सक्रिय रहेको बताइएको छ। अर्थोपेडिक विभागका डाक्टरहरू दीपक महरा, अर्जुन लामिछानेका अलवा डाक्टर सरोज ओझा, डाक्टर प्रतापकुमार, डाक्टर प्रदीप ज्ञवालीहरू बढी सक्रिय रहेको कुरा अस्पताल बचाउन चाहने कर्मचारीहरू बताउछन। त्यसलाई अप्रत्यक्ष साथ दिनेमा अर्थोपेडिक विभागकै प्राडा गोविन्द केसी पनि हुन्। डाक्टर करबीरनाथ योगी पनि यही टीममा जोडिएका थिए।
केपी सिंह आफ्नो पालामा भएका आर्थिक अनियमितता पर्दाफास हुने डरले त्रस्त थिए भने डाक्टर महरा र लामिछाने विरामी प्राइभेट अस्पतालमा रिफर गर्न नपाएको रिसमा छन। योगी, डाक्टर केसीको आडमा कार्यकारी निर्देशक बन्ने धुनमा थिए, तर डीन कार्यालयको दबाबमा त्रिवि कार्यकारी परिषदले डाक्टर कोइरालालाई नियुक्त गरेको थियो।
त्यसैगरी अस्पतालकै मेट्रोन धर्मलक्ष्मी श्रेष्ठ पनि कोइरालाको विपक्षीमा थिइन। श्रेष्ठलाई साथ दिनेमा पूर्वमेट्रोन जमुना सायमी पनि जोडिएकी थिइन। यता, डाक्टर कोइरालाको विपक्षमा पहिलादेखि नै उभिदै आएका थिए चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडीन प्राडा अरुण सायमी। कोइरालालाई राजीनामा गराउन बाध्य पार्ने यो टीमको नेतृत्वलाई अस्पतालको कर्मचारी प्रशासनको पूर्ण समर्थन थियो। कार्यकारी निर्देशक कोइरालालाई कर्मचारीले धेरै सूचना अपुरा तथा गलत दिने र कतिपय सूचना त ब्ल्याकआउट समेत गर्ने गरेको अस्पताल स्रोतको भनाइ छ।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका सबै पदाधिकारी डाक्टर कोइरालाको विपक्षमा छन्। पदाधिकारीले कमिशन नपाउने तथा डीन कार्यालयलाई पनि आफू अनुकूल चलाउन नसकेको रिस कोइरालामाथि पोख्न थालेका थिए। त्यही कारण एकैदिनमा स्वीकृत गर्नुपर्ने फाइल हप्तौसम्म अड्काउने गरेको कोइरालाले बताउने गरेका छन। कोइरालालाई बाध्यतामा नियुक्त गर्नु परेकोले त्रिवि पदाधिकारी कोइरालासहित चिकित्साशास्त्र अध्ययन संस्थानको डीन कार्यालयलाई नै असहयोग गर्दै आएका छन। अस्पतालका कार्यकारी निर्देशक कोइरालाले कारबाहीका लागि सिफारिस गरेका कर्मचारीलाई रजिस्टार चन्द्रमणि पौडेलले अस्वीकार गरेका थिए। अस्पतालका कार्यकारी निर्देशकलाई नायब सुव्बा सोसरहका कर्मचारीलाई मात्रै कारबाही गर्ने अधिकार छ। सो तहभन्दा माथिका कर्मचारीलाई कारबाही गर्नुपर्दा रजिस्टारको कार्यालयले स्वीकृत लिनु पर्छ। डाक्टर कोइरालाले २५ जना कर्मचारीले अस्पतालको हित विपरीत काम गरेको भन्दै कारबाही गर्न रजिस्टारको कार्यालयलाई सिफारिस गरेका थिए।
आफ्नो क्षेत्राधिकारभित्र पर्नेमध्ये १२ जना कर्मचारीलाई दुई महिना अगाडि नै कोइरालाले कारबाही गरिसकेका थिए। तर, रजिस्टार पौडेलले २५ जना कर्मचारीको कारबाही प्रक्रिया नै अगाडि बढाएनन्। रजिस्टार पौडेललाई उपकुलपति हीराबहादुर महर्जन, रेक्टर गुणनिधि न्यौपानेले समेत दिएका छन। त्यसमा प्रधानमन्त्री बाबुराम भट्टराईपत्नी हिसिला यमीको नाम पनि मुछिएको छ। यमीलाई अस्पतालकै डाक्टरहरू केपी सिंह, अरुण सायमी, करबीरनाथ योगीलगायतले भेटेर कोइरालाविरुद्ध उचालेको आरोप छ। अरुण सायमीलाई पुनःडीन हुन नपाएको ठूलो रिस छ। त्रिविको कार्यकारी परिषद् सदस्य समेत रहेकी विज्ञान तथा प्रविधि अध्ययन संस्थानकी डिन चिरिकशोभा ताम्राकार पनि कोइरालाको विरुद्धमा रहेको चर्चा अस्पतालका कर्मचारीमा छ। डाक्टर केदारनरसिंह केसी पनि कोइरालाको राजीनामा स्वीकृत गराउने अभियानमा लागेको बताइन्छ। त्यसैगरी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज शिक्षक संघ समेत औपचारिक रूपमा भगवानको विरोध उत्रिएको छ। संघका अध्यक्ष रमेशप्रसाद आचार्य र का.ब.सचिव सुरेशप्रसाद आचार्यले विज्ञप्ति नै निकालेर अस्पतालको भविष्य बनाउन सुधार गर्न चाहने भगवानको विरोधमा उत्रिए।
भगवानको किन भयो विरोध
कार्यकारी निर्देशक डाक्टर कोइरालालाई असहयोग गर्नुपर्ने कारण के थियो? अस्पतालका सो अस्पतालका इमानदार कर्मचारीले दिएको जानकारी अनुसार, निजी अस्पतालमा काम गर्ने डाक्टरहरू बढी विरोधमा उत्रिए। त्यसमा साथ दिनेमा आर्थिक अनियमितता तथा कमिशनमा रमाउने केही भ्रष्ट कर्मचारीहरू थिए। ह्याम्स अस्पतालमा काम गर्ने दीपक महरा, ओम अस्पतालमा काम गर्ने अर्जुन लामिछाने र मेडिकेयरमा काम गर्ने केपी सिंह निर्देशक कोइरालाविरुद्ध बढी आक्रमक रूपमा उभिएका थिए। त्यसमा साथ दिनेमा हेल्पिङ ह्याण्डसमा काम गर्ने डाक्टर प्रदीप ज्ञवाली पनि रहेको बताइन्छ। उनीहरू शिक्षण अस्पतालमा आएका विरामीलाई आफूले काम गर्ने निजी अस्पतालमा रिफर गर्दथे।
अधिकांश डाक्टर अस्पतालको बेड खाली हँदाहुँदै बेड खाली नभएको भन्दै निजी अस्पतालमा जान सुझाव दिन्थे। यस्तो अनैतिक कार्य भगवान कोइरालाले रोकेका थिए। निजी अस्पतालका एम्बुलेन्स विरामी लिनकै लागि शिक्षण अस्पताल प्रागणमा ताँती लाग्ने गर्दथे। आकस्मिक कक्षकै कर्मचारीले कमिशन लिएर निजी अस्पतालमा विरामी पठाउने गरेको रंगेहात पक्राउ गरी कोइरालाले तत्कालै कारबाही गरेका थिए। सो कार्यमा संलग्न डाईभर र सुरक्षागार्डलाई महाराजगञ्ज प्रहरी बृत्तमा लगेर केही दिन हिरासतमा राखिएको थियो। त्यसरी विरामी लैजान नपाएपछि अधिकांश डाक्टर विदामा पनि बस्न थालेका थिए। त्यही क्रममा ह्याम्स अस्पतालमा काम गर्ने युरोलोजीस्ट डाक्टर उत्तम शर्मा लामो समय विदामा बस्ने मध्येका एक भएको कर्मचारीको भनाइ छ।
यसरी विस्तारै रुष्ट हुदै गएका केही मुठ्ठीभर लोभीपापी कर्मचारी र डाक्टरहरूलाई पूर्व कार्यकारी निर्देशक सिंहसहितको टोली आफ्ना पुराना आर्थिक अनियमितताको पर्दाफास हुने डरले कोइरालाविरुद्ध उकासेको आरोप छ। पूर्व कार्यकारी निर्देशक सिंहले गत बर्ष खरिद गरेको ३ करोड रूपैयाँ बराबरको अस्पतालको सामाग्री काण्ड पनि अहिले जोडिन आएको छ। सिंहले शिक्षण अस्पतालका नाममा सो मूल्य बराबरको सामाग्री खरिद गरेको भन्दै भुक्तानी गर्ने प्रक्रियामा रहेको थियो। तर, ती सामान अस्पतालमा नभेटिएपछि डाक्टर कोइरालाले सप्लायर्सको भुक्तानी रोकेका थिए।
कर्मचारी स्रोतका अनुसार, कोइरालाले सो भुक्तानी गर्नु पहिला विगतको लेखा परीक्षणसमेत हेर्ने भन्न थालेपछि सिंहलगायतको टोली आक्रोशित भइरहेको थियो। सोही कारण सप्लायर्स पनि कोइरालाको विरोधमा जे गर्न पनि तयार थिए।
मंहगो शुल्कमा विरामीलाई औषधि बेच्ने गरेका भ्रष्ट पसललाई हटाएर अस्पताल आफैले औषधि पसल सञ्चालन गर्ने अभियानमा थिए कोइराला। यो काण्ड पनि त्यही प्रकरणमा जोडिएको छ। यता, कार्यकारी निर्देशक बन्ने दौडमा रहेका डाक्टर करबीरनाथ योगी र दीपक महरा आफ्नो सपना हावाले उडाएपछि कोइरालाविरुद्ध उभिए। हिजो अस्पतालको उन्नति―प्रगति लागि भनेर प्राडा.गोविन्द केसी आमरण अनशनमा समेत बसेका थिए। डा. केसीले चाहेकै सुब्यवस्था कायम गर्न भगवान कोइरालाले थालेको ब्यापक परिवर्तनको अभियानमा भने सुधारवादी भनिएका डा. केसील एक कन्चो सहयोग गरेनन्।
त्यसैगरी, कर्मचारीलेे एकसय रूपैयाँ शुल्कमा खरिद गरेको सामानको विल ४ सय रूपैयाँसम्म बनाउने गरेको भेटिएको थियो। फिजोयोथेरापी विभागमा यस्तै घटना भएको चर्चा पनि अस्पतालमा छ। त्यसैगरी ६० हजार रूपैयाँमा खरिद गरिएको अस्पतालको समाग्रीलाई एक लाख २० हजार रूपैयाँमा खरिद गरेको विल पेश भएको पनि पाइएको छ। उक्त विल अस्वभाविक लागेपछि कोइराला आफैले सप्लायर्सलाई बोलाएर सोद्धा ६० हजार रूपैयाँमा खरिद गरेको पुष्टि भएको थियो। तर, अहिलेसम्म कुन सामान खरिदमा यस्तो भएको हो भन्ने चाहिं सार्वजनिक गरिएको छैन।
के के गरेका थिए कोइरालाले? अस्पतालमा आर्थिक चुहावटका प्वालहरू पत्ता लगाएर त्यसलाई रोक्ने र अनावश्यक खर्च कटौती गर्ने क्रमको शुभ सुरुवात कोइरालाले गरेका थिए। सोही कारण दुई महिनामै अस्पतालको आम्दानी एक करोडको हाराहारीमा बढेको कर्मचारीको भनाई छ। १० वर्षदेखि घाटामा रहेको शिक्षण अस्पताल तीन महिनामै आन्तरिक खर्च धान्ने अवस्थामा पुग्यो। सेवाको स्तर र चिकित्सक उपलब्ध हुने क्रम बढेर बिरामी रिफर गर्ने काममा कमी भयो। यसबाट निजी अस्पतालतिर तान्ने दलालहरू बिच्किए। कमिसनको लोभमा इमर्जेन्सीबाटै जथाभावी बिरामी फर्काउने र रेफर गर्ने प्रवृत्ति रोक्ने कडा नीति लिएका कोइरालाले रेफर गर्नुपरे विशेषज्ञले त्यसको कारण खुलाउनुपर्ने नियम लगाए। रेफर गरे पनि पहिला अन्य सरकारी अस्पतालमा मात्र गर्नुपर्ने व्यवस्था बनाए। कहाँ रेफर गरियो, किन गरियो भन्ने अभिलेख नै राख्न लगाइयो। त्यसैगरी कामै नगरी सबै कर्मचारीले ओभरटाइम वापत पाउने थप भत्ता पनि रोकिदिए। अत्यावश्यक देखिएको अवस्थामा बाहेक उक्त रकम नदिने नीति लगाएर कोइरालाले अस्पताल समयमै काम गरेर ओभरटाइमका नाममा वर्षको झण्डै ७० लाख रूपैयाँ भार कम गराउने अवस्था सिर्जना भयो। हाजिर गरेर टाप ठोक्ने हाटालाई नियन्त्रण गर्न फिङ्गर फ्रिन्टसहितको आएको समय र गएको समयको हाजिर गर्ने व्यवस्था गरियो। हाजिर गरेर निजी अस्पताल र क्लिनिकतिर दौडिने भ्रष्ट डाक्टर, नर्स र कर्मचारीहरूलाई अफठ्यारो सिर्जना भयो। जसले गर्दा उनीहरू कोइरालको सुब्यवस्था कायम अभियान विरुद्ध उभिए।
यातायातमा इन्धन र माइलेज बढी देखाएर खाएको देखेपछि अनुगमन कडा बनाई बिना स्वीकृति सवारी सञ्चालन गर्न पनि रोकेको बताइएको छ। अस्पतालका सर्जिकल उपकरण सुटुक्क निजी अस्पतालमा लैजाने गरेको आरोप पहिलादेखि नै लाग्दै आएको थियो, सो क्रम नरोकिएपछि कोइरालाले सामान लैजान नपाउने कडा व्यवस्था लागू गरे। जुनसुकै वार्डमा पनि बेड खाली भएसम्म भर्ना लिने नीति बनाएका कोइरालाले ल्याबका लागि जथाभावी केमिकल किन्ने प्रवृत्तिमा पनि रोक लगाएका थिए। अस्पतालभित्र र बाहिरको औषधि पसललाई मर्ज गरेर २४ सै घन्टा अस्पताल फार्मेसी खुला राख्ने व्यवस्था पनि गरियो। टिफिन टाइम भन्दै एक घण्टा ल्याबलगायत सेवा बन्द गरिने व्यवस्था खारेज गरी पालो मिलाएर खाजाका लागि जाने तर सेवा बन्द नहुने सुव्यवस्था गरिएको पनि अस्पतालका कर्मचारीले बताए।
सामानहरू किन्दा कीर्ते बिल बनाएर अनियमितता गर्ने काममा कडाइ गरे। साथै दल र ट्रेड युनियनको दबाबमा आफ्ना मान्छेलाई निःशुल्क उपचार गराउने अनियमित कार्यमा समेत नियन्त्रण प्रयास गरेका थिए। डाक्टर, नर्सलाई विहान ९ बजेदेखि साँझ ५ बजेसम्म अनिवार्य अस्पतालमा काम गर्नुपर्ने बताएका थिए। हाटा गर्ने कर्मचारीलाई नियन्त्रण गर्न यस्तो निर्देशन दिए। अस्पतालका प्रशासकीय प्रमुख चन्द्रकुमार राई भने सो कुरामा कोइरालालाई साथ दिइरहेका थिए। त्यसो त, कोइरालालाई जिम्मेवारी दिइने समयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नै अस्पतालको पुरानो ऋण तिर्न केही अनुदान दिने वाचा गरेका थिए। अस्पतालको झन्डै ६६ करोड ऋण तिर्न सघाउने र विश्वविद्ययालयले पनि कर्मचारी बराबरको तलब अनुदान दिने बाचा गरेको थियो। तर, यो दुवै काम हुन सकेन। अस्पतालका कर्मचारीका अनुसार, अस्पतालको आन्तरिक आम्दानी वार्षिक करिब ३० करोड रूपैयाँ बराबर हुने तर खर्च भने ६१ करोड रूपैयाँभन्दा बढी रहेको बताईएको छ। प्रशासन सूत्रका अनुसार, अस्पतालमा कार्यरत स्थायी कर्मचारीका लागि तलब खुवाउन पुग्ने बराबर रकमसमेत त्रिविले दिँदैन। तलबमा ४२ करोड रूपैयाँ हाराहारी खर्च हुन्छ। सोही कारण कोइरालाले पहिलो चरणमा कम्तीमा १० करोड अनुदान सरकारसँग मागेका थिए।
झन्डै एक हजार ५ सय बिरामीले सेवा लिन आउने यस अस्पतालका सबै सेवामा गरी १ हजार ५ सय कर्मचारी कार्यरत छन । तीमध्ये ८ सयको हाराहारी स्थायी कर्मचारीलाई तलब खुवाउन ठूलो रकम आवश्यक पर्छ। त्यसैगरी, कोइरालाले डिनको कार्यालयको सहायताले पुराना करको बक्यौता, नागरिक लगानी कोषमा रकम तिर्न सुरु भएको थियो। उनले कडा अनुगमन र सर्जिकल सामाग्रीको अभिलेख राख्नाले अपरेटिङ रुम र वार्डको खर्च झण्डै २० प्रतिशतले घटेको पनि कर्मचारीको भनाइ छ।
-- योगेश ढकाल
(विक्लीनेपाल डट कमबाट साभार)

No comments:
Post a Comment