https://twitter.com/Chirvir
Tweet me @chirvir
Wednesday, December 21, 2011
मन्त्रीलाई राजदूतको धाप ?
Thursday, October 27, 2011
मैले लिएको पहिलो राजनैतिक अन्तर्वार्ता: रा. प्र. पार्टी नेपालका अध्यक्ष कमल थापासँगको कुराकानी |
http://www.youtube.com/watch?feature=player_embedded&v=L7zV7uDxhoQ
तपाइँको प्रतिक्रियाको प्रतिक्ष्यामा |
http://www.youtube.com/watch?feature=player_embedded&v=L7zV7uDxhoQ
तपाइँको प्रतिक्रियाको प्रतिक्ष्यामा |
Saturday, October 1, 2011
Sunday, September 4, 2011
बाबुराम र आशाहरु
पढाईमा सर्वदा पहिलो हुने बाबुराम भट्टराई गणतन्त्र नेपालको चार वर्षको अवधिमा चौथो तथा माओवादीको तर्फबाट दोश्रो प्रधानमन्त्री बनेका छन् । २०४६ को आन्दोलनपछि देशमा देखा परेका विकृति, असुरक्षा, महँगी, कानुनको मान मर्दन र भ्रष्टाचार माओवादी आन्दोलनले अझ पराकाष्टामा पुर्याएको थियो । जनतामा हाहाकार मच्चिएको र अविश्वासमा वृद्धि भएको समयमा देशले कुनै राजनैतिक पुर्वाग्रह विना एक स्वच्छ व्यक्तिको खोजी गरिरहेको थियो । गणतन्त्र नेपालको पहिलो अर्थमन्त्रीको रुपमा देखा परेका विव्दान डा. बाबुराम भट्टराईले क्षणिक रुपमा गरेका सुकर्मबाट जनता प्रभावित भएका थिए । र जनताका आँखाहरुले यिनै बाबुराम भट्टराईलाई पछ्याउँदै थियो । परिणामतः विभिन्न राजनैतिक खेल र गोटिचालपछि उनि देशका प्रधानमन्त्री भएका छन् । उनलाई सफलताको कामना ।
देशमा नै जडान गरिएको मोटरको प्रयोग गर्नु, सरकारी फजुल खर्च कटौति गर्नु, शान्ति र सुरक्षा तथा सेना समायोजनका विषयलाई तिब्रतर अगाडि बढाउनु एक सरकार प्रमुखको उत्तरदायित्व हो । यो हुनैपर्ने गुण हो । र यस्तै गुण सम्पुर्ण जनतामापनि हुनैपर्ने हो । तर बाबुरामले यहि गर्दा चर्चाको विषय बन्यो । बाबुराम मरुभूमिमा पानीको थोपा भईदिए । सबैका आशाका केन्द्र बने र बनेका छन् । तर बाबुरामले झेल्नुपर्ने समस्या या विकृतिको बारेमा भने कसैले चिन्ता लिएको देखिँदैन । उनको समस्या आफ्नै श्रीमति लगायत आफ्नै दलका नेताह्रु, मधेसी मोर्चा अनि काँग्रस तथा एमाले हुनसक्छन् । यिनिहरु बाबुरामकोलागी चुनौती भएर उभिन सक्छन् । एकातिर यो चुनौति छ भने अर्काेतिर जनताको आशाका केन्द्र बनेर जनता चुनौति बनेका छन् । तरबारको धारमा अडेका छन् । दुईमध्ये एकतर्फ चुके कि असफल प्रधानमन्त्रीको नाममा दरिन बेर लाग्दैन ।
त्यसो त नकारात्मक सोचाई राख्नेहरु तथा राजनैतिक पूर्वाग्रह राख्नेहरुले बाबुराम कार्यपद्धतिलाई स्वाँग रचेको या प्रचारमुखी भएको या ढ्वाँग फुकेको भन्दै उनको खुट्टा तान्ने प्रवृत्तिहरुपनि देखा नपरेको होईन र यो आश्चर्यजनकपनि होईन । तर यो प्रवृत्ति जतिसके छिटो अन्त्य भए राम्रो हुने थियो । झन् राजनैतिक पूर्वाग्रह राखेर अब हाम्रो देश कदापी चल्दैन । जुन देशमा एकशय भन्दा बढि दलहरु छन्, जुन देशमा कुन दल कतिबेला के कारणले फुट्छ या जुट्छ कुनै निश्चय छैन त्यस देशमा राजनैतिक पूर्वाग्रहले कदापी प्रश्रय पाउनु हुँदैन ।
एक असल अगुवा पाएको खण्डमा पिछुवाहरुलेपनि सोहि अनुरुप र अनुकुल अनुसरण गर्नुपर्दछ । तर यो कठिन चाहिँ अवश्य छ । असम्भव भने होईन । हाम्रो जस्तो नातावाद र फरियावादले गाँजेको सँस्कृतिमा हुर्केका हामीले राष्ट्र्को अभिष्ट पुरा गर्न आआफ्नो ठाउँबाटपनि उत्तिकै योगदान दिन सक्नुपर्छ बाबुराम भट्टराई बनेर । यदि उनकै श्रीमतिले उनलाई सहयोग गरिनन् भने, यदि उनकै दलका नेताहरुले उनलाई सहयोग गरेनन् भने, यदि उनकै नातेदारहरुले मेरो यो मान्छे या त्यो मान्छेलाई यसो गरिदिनु पर्याे या त्यसो गरिदिनु पर्याे भन्न छोडेनन् भने, यदि हामीले बाबुराम भट्टराईका निति निर्देशनको अक्षरशः पालना गरेनौँ भने, कर्मचारीतन्त्रहरुले अनुसरण गरेनन् भने, सुरक्षाकर्मी तथा तिनका मन्त्रीहरुले तिनलाई अगुवा मानेर राष्ट्र् निर्माणमा निस्वार्थ अगाडि बढेनन् भने बाबुराम भित्ते प्रधानमन्त्री मात्र बन्न कुनै बेर छैन ।
माथी नै भने झैँ राष्ट्र् निर्माणकोलागी जसरी एक निष्ठावान र स्वच्छ व्यक्तिको हामीले चाहना गरेको छौँ त्यस्तै छवि हामी आम नेपाली र उनको सहयोगीहरुमापनि हुनैपर्छ । नत्र हामी निष्ठावान र स्वच्छ व्यक्तिको चाहना चाहिँ गर्ने तर त्यस्तो प्रवृत्ति आफैँमा छैन भने आफ्नो दोहोरो चरित्र भएको भेउ नपाउने ठालु र स्वार्थी ठहरिने छौँ ।
भारतले खुल्ला अर्थतन्त्र निति अँगाल्नुभन्दा पहिले जब जब म भारत पुग्थेँ मलाई एक प्रकारले आनन्द लाग्थ्यो । भारत मेरो देश नभएपनि भारतको त्यस नितिको मनमनै सह्राहना गर्दथेँ । र मनमा नेपालमापनि यस्तै भई दिए हुन्थ्यो जस्तो लाग्थ्यो । किनभने त्यसबेला भारतमा भारतीय उत्पादन बाहेक विदेशी सामानहरु केहिपनि नपाईने । पाईए पनि कालोबजारमा अबैध र अति महँगोमा । साईकल, रिक्सा, एम्बेसडर कार, ट्र्क, साबुन, स्याम्पु, औषधि, लुगा कपडा, फलाम छड, सिमेण्ट । भनौँ प्रयोगमा आउने जेजति पनि भारतमा नै उत्पादित । अहिलेको खुल्ला अर्थतन्त्रमा पाईला हाल्न भारतकोलागी त्यो एक पूर्वाधार थियो । आफु भित्रभित्र दह्रो भईसकेपछिमात्र खुला अर्थतन्त्रको बाटो अबलम्बन गर्याे । हो यस विदेशी उत्पादनमा प्रतिवन्धको कारणले जनतामा भने एक प्रकारको वैदेशिक उत्पादनप्रतिको मोह बढाएको थियो । यो स्वाभाविक पनि हो । चाईनिज सामानहरु किन्न सीमा पार गरि नेपाल आउँथे । अबैध तरिकाले भारत लैजान्थे । हामी नेपाली भने जापानीज घडी या विदेशी पहिरनकासाथ भारतको कुनैपनि हिस्सामा पुग्दा हाम्रो पहिरनमा लोभी नजरले हेर्थे या किन्न लालायित हुन्थे । तर तिनकालागी अब त्यो दिन रहेन । हिजो तिनिहरुले गरेको योगदानको फलस्वरुप आज भारत विश्वको एक सबल आर्थिक राष्ट्र्को रुपमा खडा भएको छ । विश्वमा भारतले कस्तो छवि बनाएको छ भनेर सबैलाई थाहा नै छ । यो त्यसबेलाको सरकारको कडा निति, नितिलाई अबलम्बन गराउने कडा कानुन, र कानुन र निति दुबैलाई अबलम्बन गर्ने जनता, तथा दलका नेताको योगदानले सम्भव भएको हो ।
अहिले नेपालमा सबैको आशाका केन्द्र बनेका बाबुराम भट्टराई प्रधानमन्त्री बनेका छन् । उनले बोले गरेका सबै कुरा तथा नितिहरुले हेडलाईन बनोस् भन्ने चाहना छ । शान्ति, सुरक्षा, सेना समायोजन, आर्थिक विकास, महँगी नियन्त्रणका समस्याहरु सबै रातारात समाधान होस् भन्ने चाहना राखेका छन् । तर यसकोलागी हामी सबैले आआफ्नो क्षेत्रबाट समान रुपमा योगदान पुर्याउनपनि जान्नुपर्छ । विकासकोलागी केहि दुःख तथा सकस सहनुपर्छ भने त्यसकोलागी तयार हुनुपर्छ । त्यसैगरि मधेसी मोर्चा जसको काँध चढेर माओवादीको तर्फबाट बाबुराम प्रधानमन्त्री बनेका छन् तिनलेपनि सहर्ष र सौहार्द्रताकासाथ सहयोग गर्नुपर्छ । बाबुराम भट्टराई एक निमित्त या प्रतिनिधिमात्र हुन् । बाबुरामको ठाउँमा अन्य कुनै राम भएपनि देश विकासकोलागी अग्रसर र तत्पर व्यक्ति छन् या आउँछन् भने हामी सबैले सहयोग गरेनौँ भने जो आएपनि भित्ते प्रधानमन्त्रीको रुपमा ईतिहासमा नाम लेखाएर जानेछन् जुन राष्ट्र्कोलागी अति दुर्भाग्यको विषय हुनेछ । यो कदापी नहोस् ।
Sunday, August 21, 2011
हरितालिका (तीज)
आउँदो शुक्रबार अर्थात अगस्त ३१ तारिख तदनुसार भाद्र १४, २०६८ का दिन हरितालिका तीज पर्व हो । यस पर्वको महत्व र कारण बारेमा प्रकाश पार्नु यस लेखको आशय होइन किनभने यस चाडको बारेमा पाठकहरु आँफै जानिफकार हुनुहुन्छ । अपितु यस लेखको आशय तीजको आलोचनात्मक विवेचना गर्नु हो।
श्रीमतिलाई आफ्नो अर्धाङ्गिनी मान्ने हामी कतिले आउँदो तीजमा आफ्नो पाउको पानी ख्वाउन तयार भएका छौ? श्रीमतिलेमात्र श्रीमानको सुस्वास्थ्य र दिर्घायुको कामना कहिले सम्म गर्ने? श्रीमान र श्रीमति एकै सिक्काको दुईपाटो या एकै रथका चार पांग्रा भएपछि के श्रीमानले श्रीमतिकोपनि सुस्वास्थ्य र दिर्घायुको कामना गर्नुपर्दैन? के त्यस्तो भएको कतै उदाहरण छ ? होईन भने ऋषि पंचमी झैँ पुरुषहरुलेपनि राम्रो र असल श्रीमति पाउन अथवा श्रीमतिको सुस्वास्थ्य र दिर्घायुको कामना गर्न कुनै षष्ठि या सप्तमीको साईत जुराउने हो कि ?
Friday, August 12, 2011
सँस्था बोक्ने कि चढ्ने?
कुनै पनि सामुहिक कार्य सफलता पुर्वक सम्पन्न या सँचालन गर्न सँस्थाको स्थापना गर्न जरुरी हुन्छ र यसै प्रयोजनको लागी हामीले कतिपय सँस्थाहरु स्थापना भएको देखेका छौ । कुनै सँस्था दिर्घकालीन हुन्छ त कुनै अल्पकालीन । सँस्थाको अवधि जति भएपनि उद्देश्य एउटै हो सामाजिक स्वार्थकोलागी सामुहिक रुपमा काम गर्नु र सम्पन्न गर्नु । सामान्यतयाः नितिगत कुरा गर्दा सँस्था स्थापनाको कारण माथि भने झै भएपनि व्यक्तिगत स्वार्थ या आफ्नो व्यक्तिगत अभिष्ट पुरा गर्न पनि सँस्थाको स्थापना गरिएको पनि पाईन्छ ।
सँस्था मार्फत सामाजिक कामहरु गर्दै जाँदा कामगर्ने व्यक्ति र सँस्था दुबै चर्चित हुँदैजान्छ र समाजले सँस्था या व्यक्तिलाई कुनै न कुनै दिन पुरस्कृत गर्छ । यसमा समय भने अवश्य लाग्न सक्छ तर निस्वार्थ भावनाले प्रेरित भएर गरेको कामको मूल्याङ्कन कुनै न कुनै दिन अवश्य हुन्छ । र यस मूल्याङ्कन र पुरस्कारको लोभ काम गर्ने व्पक्तिमा पटक्कै हुनुहुँदैन । यदि भयो भने त्यसलाई निस्वार्थपरक समाज सेवा भन्न मिल्दैन । कर्म गर्नु फलको आशा नगर्नु भन्ने गीताको सारलाई मनन गर्ने हो भने यो भनाई यस लेखको आशयमा लागु हुन्छ । अर्थात परिणाम या पुरस्कारको मोहमा गरिएको काम दुखदायी हुन्छ । किनभने कसैले फलको आशा गरेको छ र यदि त्यस्तो आशातीत फल प्राप्त नभएमा त्यस व्यक्तिमा निराशा बढ्छ निराशा बढेपछि त्यसको कारणहरु खुट्याउन तिर लाग्छ अनि अनुमानको आधारमा फलानो या ढिस्कानोले गर्दा यसो भएको हो भन्ने तर्क चल्न सक्छ र फलानो र ढिस्कानो सँगको दूरी बढ्न सक्छ । फलत उ एक्लिएको महशुस गर्न थाल्छ या एक्लो पर्न थाल्छ । परिणाम फलको आशामा गरेको कामले फल नदिएपछि या नपाए पछि विभिन्न समस्या र दुःखहरु आईपर्न सक्छ ।
माथि नै भने झैं निस्वार्थपरक कार्यको एक न एकदिन मूल्याङ्कन हुन्छ र त्यस्तो समाजसेवी एक न एकदिन पुरस्कृत हुन्छ र हुनुपनि पर्छ ।
तर समाजमा यस्ता मानिस या समुह पनि देखिन्छ जो सँस्थाको नाममा आफ्नो मात्र स्वार्थ हेर्ने गर्छन । आफ्नो स्वार्थ वा प्रयोजनकोलागी सँस्थाको नाम अगाडि बढाएर स्वार्थसिद्ध गर्न खोज्छन् । त्यसै सँस्था मार्फत आफुलाई समाजमा अगाडि ल्याउने या आउने धृष्टता गर्छन् र यो साह्रै निकृष्ट कार्य हो भन्नुमा अत्युक्ति नहोला । चाडै नाम कमाउने या चाँडै प्रसिद्ध हुन चाहनेले सँस्था काँधमा बोक्ने काम नगरी सँस्थाको काँध चढेर लोकपियता कमाउन खोज्छन् । र यस्तो लोकपि्रयता क्षणिक हो भन्ने कुरामा यस्ता व्यक्तिहरु अन्धा हुन्छन् ।
यसै प्रसङ्गमा मैले सुनेको कुरा यहाँ उल्लेख नगरी रहन सकिएन । कुरा कत्तिको सत्य हो त्यो त मलाई थाहा भएन तर हावा नचली पात हल्लिदैन भन्ने उखान सम्झेर भन्न लागेको हुँ ।
आफुले आफुलाई नै पुरस्कृत गराएर चर्चामा आउनकोलागी अहिले काठमाण्डौमा बतासे सँस्थाको सहारा लिने प्रवृत्ति चलेको छ भन्ने मैले सुनेको छुँ । तपाई त्यस सँस्थासँग सम्पर्क गरेर आफैलाई पुरस्कृत गराउने मनशाय भन्नहोस् र त्यस सँस्थाले मागेको भनेको जति खर्च दिनुहोस् । अनि त्यस सँस्थाले एक समारोहको आयोजना गरि कुनै मन्त्री या चर्चित व्यक्तिबाट तपाईलाई सम्मानित या पुरस्कृत गरिदिन्छ र तपाई रातारात चर्चित व्यक्ति बन्नुहुन्छ । अर्थात कोहि कोहि व्यक्ति नामको यति भोका हुन्छन् कि खोक्रो मानपदवी आफैंले आफलाई दिएर चर्चामा आउन चाहन्छन् ।
भनाईको तात्पर्य सँस्था स्थापनाको मुलभूत उद्देश्य सामाजिक कार्य भएपनि यस उद्देश्यमा विकृति आएको पाईन्छ । व्यक्तिगत स्वार्थ र व्यक्तिगत चर्चाको मोहमा सँस्थाको आड लिएर आफ्नॊ अभिष्ट पुरा गर्ने प्रवृत्ति बढेको पाईन्छ । एकथरि निस्वार्थ भावनाले सँस्थालाई काँधमा बोकेर सामाजिक कार्य गर्छन् भने अर्काेथरि सँस्थाको काँध चढेर रातारात चर्चित बन्ने मोहमा डुबेका हुन्छन् ।
यस लेखले कसलाई निर्दिष्ट गरेको होला भन्ने तपाईलाई खसखस लागेको छ भने आफ्ना मित्रहरुसँग खासखुस गर्नुहोला खसखस मेटिन सक्छ ।

Subscribe to:
Posts (Atom)