https://twitter.com/Chirvir

Tweet me @chirvir







Sunday, December 26, 2010

गोविन्द वर्तमान पढे पछि

कोहि अर्काले सहनु भोग्नु परेको कारण बुझेर ति प्रति सहानुभूति या माया दर्शाउँछन् | कोहि त्यसप्रति पूर्णतया: वेवास्ता गरेर आफ्नै प्रकारको सोच बनाउँछन् | यस्तै आफ्नै एकलकांटे सोच बनाउनेमा मैले देखेको छुँ गोविन्द वर्तमान |
| मन नपराउने मात्र होइन विदेशिएकाहरुसंगको कुनै चासो नै राख्न उचित ठान्दैनन् | किनभने विदेशिएकाहरु गोविन्द वर्तमान जस्तो देशमा रही रहने हिम्मत गर्न सकेनन | ति विदेशिएकाहरू गोविन्द वर्तमानकोलागि नामर्द हुन्, लाछी हुन् अनि हुन् ढँटुवा स्याल हुन् जो आफ्नो सन्ततिको दुहाई दिएर विदेश भास्सिन्छन् | उनका आफ्नै भाइ विदेशिएका छन् | ति भाइले परदेशमा के कसो गरेर दिन विताएका छन् भन्ने कुरामापनि बेखवर रहन चाहन्छन् त्यसै गरि उनका मित्र राजव अमेरिका भास्सिए तर न त भाइले उनीसंग सोधेर विदेशिएका न त राजवले नै सोधेका थिए | सोध्न पनि किन सोध्ने ? आफ्नो जहान परिवारको लालन पालन, शिक्षा दीक्षा आदिकोलागि चाहिने दुमडीको पूर्ति गोविन्द वर्तमानले गर्दैनन | त्यस्तै देशको अराजकता, अशान्ति महंगीबाटपनि गोविन्द वर्तमानले त्राण दिन सक्दैन | किन भने स्वभावत: त्यो उनको चासोको विषय नै होइन भने आफ्नो सन्ततिको भविष्यको लागि, आफ्नो जीवनको उज्ज्वल बाटोकोलागि विदेशिन किन कसैलाई सोधी रहनु पर्यो र ? अनि उनीसंग नसोधी कसैले गरेको कामको प्रतिफलको चासो उनलाई किन हुन्थ्यो ? झन विदेशमा पाएका दुख, हण्डरको बारेमा त उनि झन सुन्नै चाहन्नन् | कसैले सुनाइ हाले उनि 'इरिटेट' हुन्छन् | त्यसैले नसुनाउनु आफुले पाएको भोगेको दुख र पीडा | को हुन् गोविन्द वर्तमान उनलाई सुनाउन | उनले "जा' भनेर गएको हो र सुनाउन ?
अहिले नेपालमा गोविन्द वर्तमान जस्ता धेरै थोरै छन् | देशभित्र बसें भन्दैमा आफु जस्तो राष्ट्रभक्त र राष्ट्र सेवक कोहि छैन भन्ने अहममा डुब्ने गोविन्द वर्तमान हिजो थुप्रै थिए तर अहिले गोविन्द वर्तमान जस्ता थोरै रहेका छन् | किन कि गोविन्द वर्तमानले जस्तो कुनै एकको सप्को समातेर या एउटा राजनैतिक दलको छेउ समातेर जिन्दगी चलाउन असक्षम गोविन्द वर्तमानका भाइहरु विदेशिएका छन् | सक्षम गोविन्द वर्तमान देशमा नै खोक्रो राष्ट्रवादको नारा लाएर मौका पाएसम्म कति बेला, कुन मुलुक, कसरि उड्ने हो भन्ने ध्याउन्नमा हुन्छन | उड्न नपाएसम्म राष्ट्रवादको नारा दिने अनि मौका पाए पछि विदेशिने गोविन्द वर्तमान धेरै छन् | तर आफु नउडुन्जेल उड्ने ति सब नामर्द नै हुन्  | किनभने तीनले कुनै दलको या कसैको सप्को समातेर त्राण पाउने हिम्मत गरेनन् | अनि जसले हिम्मत गर्दैनन् ति नामर्द ठहरिने नै भयो |
बेला बेलामा यस्ता गोविन्द वर्तमान किन विदेशिएकाहरुप्रति आफ्नो आक्रोश पोख्छन ? किन आफ्नै भाइ या सहृदयी मित्रहरुप्रति विष वमन गर्छन् ? कुरा प्रष्ट छ ति जाने हरुले आफुलाई नभनी विदेश जाने मौकाबाट आफुलाई वन्चित गरायो | अर्थात आफु मात्र गयो | सल्लाह गरेको भए त आफु पनि गइन्थ्यो होला नि ? तर त्यसरी आफुलाई सुशुचित नगरी जानेहरुको पछि लाग्ने लालसा देखाउन नचाहने तर भित्र-मनभित्र आफु विदेशिन चाहेको तर नपाएको रिस या आहारिस हो यो | इर्ष्या हो यो, जलन हो यो | तर यो इर्ष्या, जलन, आहारिसेपन जे भने पनि देखाउन नसकेर राष्ट्रवादको नाममा खोक्रो नाराको आधारमा वमन गरिने प्रयास हो यो |

No comments: