https://twitter.com/Chirvir
Tweet me @chirvir
Wednesday, September 18, 2013
Monday, September 16, 2013
अमेरिकी राजनितिमा नेपाली?
बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया
प्रसँग हो सेप्टेम्बर १५ कादिन स्थानिय एक रेष्टुराँमा भर्जिनीया राज्यको वर्तमान महान्याधिवक्ता तथा रिपब्लिकन पार्टीतर्फका भर्जिनीयाको गभर्नर पदका प्रत्यासी केन कुचिनेली तथा नेपाली समुदायको भेटघाट । अमेरिकामा नेपालीहरुको बसोबासमा उल्लेखनीय वृद्धि भएसँगै माथि भनिएजस्तै आकाँक्षाहरुलाई सम्बोधन गर्ने क्रममा भएको यो भेटघाट उल्लेखनीय तथा महत्वपूर्ण रहेको यस पँक्तिकारले अनुभव गरेको छ ।
श्रीधर कँडेलको सक्रियतामा रिपब्लिकन पार्टीका केन कुचिनेलीलाई नेपाली समुदायको विच परिचय गराउने तथा उनको चुनावको प्रचार प्रसारकोलागी ल्याउने काम भयो । यो असाध्य महत्वपूर्ण कार्य हो । गभर्नर पद राज्यकोलागी एक प्रमुख पद हो भने महान्यायधिवक्ता पदपनि उत्तिकै शक्तिशाली तथा महत्वपूर्ण हुन्छ । त्यसकारण यस्तो महत्वपूर्ण पदमा रहेका तथा त्यसभन्दा माथिको पद गवर्नर पदका प्रत्यासी केन कुचिनेली अल्पसँख्यक नेपाली समुदायमा आउनु दुबैकोलागी 'विन विन' अवस्था हो भन्दा अतिशयोक्ति नहोला ।
माथि नै भनिए झैँ दिनदिनै बृद्धि हुँदै गएको नेपालीको सँख्याले अब अमेरिकाको राजनितिमा आफ्नो स्थान खोज्ने अवस्था आईसकेकको छ पनि । अब कुनै न कुनै राजनैतिक दलहरुसँग सम्बन्ध राखेर आफ्नो अस्तित्वको जगेर्ना र पहिचान जमाउने बेला आईसकेको छ । अर्थात नेपालीहरुलेपनि अमेरिकी राजनितिमा आफुलाई एक्स्पोज गर्ने बेला आईसकेको छ । त्यसै अनुरुप रिपब्लिकन दलसँग आबद्धता जनाई त्यस दलका केन कुचनेलीलाई नेपाली समुदाय माझ ल्याइएको हो । कसैले यहाँ यो दल र त्यो दल भनेर नाक खुम्च्याउनु पर्ने या फुलाउनु पर्नेपनि म देख्दिन । मूलतः आफ्नो सामुदायिक स्वार्थलाई अगाडि बढाउन सके त्यो नै फलदायी ठहरिन्छ । चाहे त्यो अमेरिकाको जुनसुकै दल होस् ।
त्यसो त दलप्रतिको आस्था व्यक्ति व्यक्तिमा भरपर्छ । तरपनि मलाई के लाग्छ भने केहि औंलामा गन्न सकिने बाहेकका नेपालीहरु स्विँग भोटर हुन् र तिनलाई यसैका रुपमा मैले हेर्ने गरेको छुँ । त्यसकारण कुनै विशेष दलको सदस्यता नलिई जुन दलको एजेण्डा राम्रो र भरपर्दो छ र विश्वासिलो छ उसैलाई भोट दिनेमा नेपालीहरु पर्छन् भन्ने मैले अनुमान गरेँ भने मैले गल्ति गरेको छुँ भन्ने बोध नहोला । त्यसैगरी डेमोक्र्याटिक पार्टीको सदस्यता लिएर या नलिएरपनि त्यस दलकोलागी स्वयँसेवक कार्य गर्ने नेपालीपनि यस भेग लगायत अन्य राज्यमापनि नदेखिएका होईनन् । यसै परिप्रेक्ष्यमा अमेरिकी राजनीतिमा होमिएका नेपाली मूलका दर्शन रौनियार एक ज्वलन्त उदाहरण हुन् |
आजको यस कार्यक्रममा केन कुचिनेलीले नेपाली समुदायप्रति देखाएको सद्भाव र उनले भोटकोलागी गरेको आशा नेपाली समुदाय अमेरिकी राजनितिमा परिचित बन्दै गएको लक्षण हो । यो हाम्रोलागी खुशीको कुरा हो । त्यसो त हालसालै डेमोक्र्याटिक दलका केहि उम्मेदवारहरुपनि नेपाली समुदायमा आएर केहि कार्यक्रम गरेको फेसबुकका केहि पेजमा नदेखिएको होईन । तर सार्वजनिक पदमा बहाल रहेका र गवर्नर पदकै प्रत्यासी नेपाली समुदायमा आउनु मैले कोशे ढुँगाको रुपमा लिएको छुँ । यो कोशेढुँगा पार गर्दा अबका हाम्रा सन्ततीहरुकोलागी आफ्नो परिचय सहित यहाँको मूल धारमा प्रवेश गर्न सजिलो भएको छ या भविष्यको बाटो सुगम हुनेछ भन्ने आशा गर्न सकिन्छ ।
भेटघाट कार्यक्रममा आफ्ना मन्तव्यपछि भर्जिनीयालाई आईटि क्षेत्रमा कसरी अगाडी बढाउने सम्बन्धमा, कडा बन्दुक कानुन तथा भर्जिनीया सरकारले नेपाली जस्तो अल्पसँख्यक समुदायलाई रोजगारी तथा व्यवशायकोलागी कसरी सहयोग गर्नेछ भन्ने सम्बन्धमा, शिक्षा सम्बन्धमा, नेपालको राजनितिमा उनको हुनसक्ने भूमिकाका सम्बन्धमा, यातायात सम्बन्धमा, अबैध आप्रवासीहरुलाई प्रदान गरिने भनिएको एम्नेष्टिका सम्बन्धमा लगायतका प्रश्नका जवाफ दिएका थिए ।
गोविन्द गिरी, बासु श्रेष्ठ, रामप्रसाद बस्याल, मेदिनी अधिकारी लगायत अन्यहरुबाट सोधिएका प्रश्नको जवाफ दिएका थिए । यसैगरी केन कुचिनेलीको चुनावी कार्यक्रमलाई केहि व्यक्तिले आर्थिक सहयोगपनि गरेका थिए ।
Subscribe to:
Posts (Atom)